राजधानी÷नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता ७० बर्षीय शेरबहादुर देउवा गणतन्त्र स्थापनाको १० औं बर्षमा मुलुकको १० औं प्रधानमन्त्री बन्नु भएको छ ।
यसभन्दा अगाडि अर्थात १२ बर्ष पहिला प्रधानमन्त्री बन्नु भएका देउवाको यो चौथो प्रधानमन्त्री काल हो । उहाँ हिजो मंगलबार संसदबाट दुई तिहाई भन्दा बढी मतले प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले भरतपुर महानगरपालिकाको निर्वाचनलाई लिएर लगातार संसद अवरुद्ध गर्नाले देउवा दुई दिन पछि प्रधानमन्त्री बन्नु भएको हो । सोमबार नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रबीचमा भएको वार्तापश्चत एमालेले संसद अवरुद्ध नगर्ने सहमति जनाएसँगै देउवा मंगलबार प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको हो । नेपाली काँग्रेस माओवादी गठबन्धनबाट प्रधानमन्त्री बन्नु भएका देउवालाई
राप्रपा, फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र साना दलहरुको सर्मन रहेको छ ।
