इटहरी÷प्रदेश नं. १ को नेपाल उद्योग वाणिज्य महासंघको सोमबार विराटनगरमा भएको निर्वाचनमा इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष लिलम बस्नेत एसोसिएट्सका तर्फबाट उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
आगामी तीन बर्षे कार्यकालका लागि भएको साधारण सभाले बस्नेतलाई निर्विरोध निर्वाचित गरेको हो । एघार जना कार्यसमिति रहने साधारण सभाले अध्यक्षमा झापाका नरेन्द्रकुमार खड्कालाई निर्वाचित गरेको छ ।
पूर्वाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष रहनु भएका टंक दुलालले खड्कालाई समर्थन गरेपछि सर्वसम्मतको बाटो सहज भएको थियो । संघीय ढाँचा अनुसार पूर्वाञ्चल उद्योग वाणिज्य महासंघका अध्यक्ष स्वतः केन्दं्रीय सदस्य बन्ने व्यवस्था रहेको छ । यसैगरी साधारणसभाले जिल्ला नगर उपाध्यक्षमा राजेन्द्र राउत, कोषाध्यक्षमा रमेश राठी निर्वाचित गरेकोे छ । जिल्ला नगर तर्फबाट कार्यसमिति सदस्यमा अनन्तकुमार गौली, कुमारमणि पोखे्रल, चन्द्रबहादुर भट्टराई, कैलास पञ्चरिया र पशुपति बराल समेत निर्वाचित हुनुभएको छ । यस्तै एसोसिएट्सका तर्फबाट सदस्यमा श्रवणकुमार अग्रवाल र नविनकुमार दाहाल निर्वाचित हुनुभएको छ ।

