प्रदेश नं. १ मा २६७४५५७ मतदाता

धरान÷आगामी असार १४ गते हुने स्थानीय तह अन्तर्गतको निर्वाचनमा प्रदेश नं. १ का १४ जिल्लाका २६ लाख ७४ हजार ५ सय ५७ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त तथ्यांकका आधारमा सुनसरीका दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकाका ४ लाख २१ हजार १ सय ५६, मोरङ्गका १ महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकाको ५ लाख ६३ हजार ८ सय ७० जनाले आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन् ।
प्रदेश नं. १ मा १ सय ३७ स्थानीय तहको निर्वाचन हुने भएको हो । यसैगरी भापामा ८ नगरपालिका, ७ गाउँपालिकाका ५ लाख १० हजार २ सय १६, इलामका ४ नगरपालिका र ६ गाउँपालिकाका १ लाख ८९ हजार २ सय ७४, पाँथरको १ नगरपालिका र ७ गाउँपालिकाका १ लाख १६ हजार ६ सय २६, ताप्लेजुङ्गको १ नगरपालिका, ८ गाउँपालिकाका ७० हजार ७ सय ७८, धनकुटाका ३ नगरपालिका, ४ गाउँ पालिकाका ९५ हजार ३ सय ७, तेह्रथुमको दुई नगरपालिका, ४ गाउ पालिकाका ६० हजार ७ सय ४, भोजपुरको दुई नगरपालिका, ७ गाउँ पालिकाका १ लाख ५ हजार ५ सय ५३, खोटाङ्गका २ नगरपालिका, ८ गाउँ पालिकाका १ लाख १५ हजार ६ सय ४४, ओखलढुंगाका १ नगरपालिका, ७ गाउँपालिकाका ६१ हजार ७ सय ४६, उदयपुरका ४ नगरपालिका र ६ गाउँपालिकका १ लाख ७५ हजार ४ सय ६१ र खोटाङ्गका २ नगरपालिका ८ गाउँ पालिकाका १ लाख १५ हजार ६ सय ४४ जनाले आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया