माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई जिताउन भरतपुर महानगरपालिकामा राज्य सत्ता र निर्वाचन आयोगको गठ जोडले जुन ताण्डव नृत्य देखायो त्यसले मुलुकमा गलत नजिर बस्ने चिन्तामात्र बढाएको छैन कानुनी राज्यको समेत उपहास गरेको छ ।
एउटा व्यक्तिलाई जनभावना र जनताको अभिमतको बर्खिलाफ हुने राज्य सत्ताको जुन दुरुपयोग भएको छ , त्यसले मुलुलुक
अराजकताताको भिषण द्वन्द्वमा फस्ने देखिन थालेको छ । जेष्ठ १४ गते मत गणना स्थलमै मतपत्र च्यात्ने माओवादीका दुई कार्यकर्ताले जब प्रचण्ड पुत्री दाहाले हार्ने अवस्था देखे तब मतपत्र च्यात्ने हर्कत गरेको प्रष्ट हुन्छ ।
उनीहरुले च्यातेका ९० वटा मतपत्र पक्कै पनि माओवादी केन्द्रका थिएनन् । आफ्नै उमेद्वारको मतपत्र कसैले पनि च्यात्दैन र च्यात्छन् भनेर कसैले सोच्न सक्दैन । यति हुँदाहुँदै पनि प्रधिष्पर्धी दल एमालले च्यातिएका ९० मतलाई बदर गरी बाँकी मत गन्न सरकार, निर्वाचन आयोगसँग आग्रह गरिरहयो । मत पत्र च्यात्र्ने ु कार्यकर्ता दोषी पाइएपछि अदालतले उनीहरुलाई १÷१ लाख रुपैयाँ धरौटी लिएर रिहा गरिसकेको छ ।
कुनै जनाधारै नभएको भरतपुरमा माओवादी केन्द्रकी उमेद्वारलाई राज्य सत्ताको चरम दुरुपयोग गरेर, आफ्ना कार्यकर्ताको राजनैतिक आवसान गराएर जुन रुपमा नेपाली काँग्रेसले काँध थाप्ने काम ग¥यो त्यसले आम नेपाली काँग्रेसका कार्यकर्तामा वितृष्णा पैदा भएको छ । अझ अहिले आएर राज्यसत्ता र शक्तिको दुरुपयोग
गरी निर्वाचन आयोगलाई समेत प्रभावमा पारेर पुनः मतदानको जुन निर्णय गराइयो । त्यसले अब बाँकी हुने स्थानीय तहको निर्वाचनलाई पछाडि धकल्ने काम गरेको छ । यही असार १४ गते घोषित प्रदेश नं.. १, २, ५ र ७ को निर्वााचन सम्पन्न भएर मत परिणाम आउन बर्षौ लाग्न सक्छ । प्रथमतः अब दोस्रो चरणको निर्वाचन घोषित मितिमै नहुन सक्छ । यदि भइहाल्यो भने मत गणनाका क्रममा हार्ने उमेद्वारका प्रतिनिधिले भरतपुर काण्ड दोहो¥याइरहन्छन् । मतपत्र च्यातिना साथ पुनः निर्वाचन गराउनै पर्ने बाध्यता हुन्छ । च्यातिएका मत बदर गरेर गणना गर्ने सम्भावना नै रहँदैन । यसले दोस्रो चरणको निर्वाचनबाट मत परिणाम आउन बर्षौ लाग्न सक्छ । त्यस दौरानमा धेरैवटा सरकारहरु फेरिन सक्छन् ।
भरतपुर महानगरपालिकामा पुनः मतदान होइन मतगणना गराउनेतर्फ राजनैतिक दलहरुले पहल गरिदिएको भए मुलुकको
राजनैतिक अन्यौल मत्थर भएर जाने थियो । आज आम नेपालीलाई थाहा छ भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्रीलाई जिताउन
राज्य पक्ष साम,दाम, दण्ड, भेदको नीति अगाडि बढेको छ । त्यहाँ जनताको अभिमतको घोर अपमान गर्ने काम भएको छ एक दिन नेपाली जनतामा गणतन्त्रप्रति नै घोर अनास्था जाग्न सक्छ । मतदाताको मतको सम्मान नभए लोकतन्त्र र गणतन्त्रको औचित्य पनि रहँदैन । जसरी पनि जित्नुपर्छ भन्ने मान्यता तानाशाही प्रवृत्ति हो । यो प्रवृत्तिले विनासबाहेक अरु केही निम्त्याउँदैन । अझ पनि समय छ राजनीतिक सहमति गरेर बाँकी रहेका मत गणना गरेर टुंग्यउनु नै बुद्धिमता हुनेछ ।

