गीता श्रेष्ठ । इटहरीका स्थानीय बासिन्दाले बडो आदरपूर्वक लिइने नाम हो गीता श्रेष्ठ । झण्डै तीन दशकदेखि सामािजक अभियानसँगै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहनु भएकाी श्रेष्ठ आसन्न स्थानीय तहको निर्वाचन अन्तर्गत इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट उपमेयर प्रत्यासीका लागि सम्भावित सशक्त उमेद्वार हुनुहुन्छ ।
यद्यपि, नेपाली काँग्रेसले सुनसरीका दुई उपमहानगरपालिका, चार नगरपालिकाहरुमा प्रमुख र उपप्रमुखको उमेद्वार नामावली सार्वजनिक गरिसकेके छैन । तर पनि वडा नगर, क्षेत्र, जिल्ला हुँदै नेपाली काँग्रेसको केन्द्रीय कार्यालयसम्म सर्वसम्मत रुपले श्रेष्ठको नाम सिफारिस भएकोले इटहरीका सम्पूर्ण काँग्रेसहरु श्रेष्ठ नै उपमेयरको उमेद्वार बन्ने कुरामा ढुक्क छन् ।
वि.सं. २०१८ सालमा तेह्रथुममा जन्मनु भएकी पूर्व शिक्षिका श्रेष्ठ विवाहपश्चात वि.सं. २०३५ सालदेखि इटहरीमा स्थायी रुपमा बसोबास गर्दै आउनु भएको छ । पुख्यौली थलो ओखलुंगा रहेकोले पछि उहाँ ओखलढुंगा पुग्नुभयो । ओखलढुंगाको सगरमाथा पब्लिक माविबाट एसएलसी उत्तीर्ण गरे पनि त्यसबेलाको परिस्थिति छोरी पढाउने चलन नभएकैले उहाँको अध्ययन त्यतिमै सीमित रहयो । ओखलढुंगा शुरुवातदेखि नै नेपाली काँग्रेसको प्रभाव जिल्ला थियो । वि.सं. २०१५ सालको निर्वाचनमा उहाँका दाजु नेपाली काँग्रेसको तर्फबाट उमेद्वार बन्नुभएको थियो । ६ बर्ष जेलसम्म बस्नु भएका मेघबहादुर श्रेष्ठको जिल्लामा राम्रो प्रभाव थियो
इटहरीमा आएको केही बर्षसम्म उहाँ बाहिरी गतिविधिमा त्यति सक्रिय नरहे पनि पछि विस्तारै सामाजिक संघ संस्थामा उहाँको सक्रियता बढ्न थाल्यो । सन् १९९१ मा इटहरी जेसिसमा आवद्ध हुनुभयो । पछि इटहरी जेसिसको अध्यक्ष, राष्ट्रिय उपाध्यक्ष सम्म बन्नुभयो । रेडक्रस, खानेपानीमा समेत उहाँ सक्रिय हुनुभयो । त्यसबेला महिलाहरु सामाजिक संघ संस्थामा हिड्ने चलन थिएन । खानेपानी संचालक समितिको सदस्य, कोषाध्यक्ष भएर काम गर्नुभयो । वि.सं. २०४६ सालपश्चात उहाँकोे नेपाली काँग्रेसका हरेक गतिविधिमा सक्रिय भूमिका रहेको श्रेष्ठ नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य हुनुहुन्छ । खानेपानीमा कोषाध्यक्ष छँदा उहाँले त्यहाँ एमालेले गरेको अनियमतितालाई रोक्ने साहसी काम गर्नुभएको थियो । त्यसपछि उहाँले सहकारीमा हात हाल्नुभयो । महिला बचत तथा ऋण सहकारी संस्थाको सदस्य हुँदै अध्यक्ष सम्म बन्नुभयो । तीन बर्षमा उहाँले १४ बर्षमा ७ करोड निक्षेप रहेको उक्त सहकारीमा २० करोड पु¥याउनु भएको थियो । इटहरी नगर महिला संघको सभापति समेत रहनु भएकी श्रेष्ठलाइ संघको सभापति बन्न उत्साह नभए पनि सबैको आग्रहमा उहाँले जिम्मेबारी लिनुभयो । १३ औं महाधिवेशनमा उहाँ महाधिवेिशन प्रतिनिधि समेत बन्नुभयो । महाधिवेशन प्रतिनिधि भएपछि संघको सभापतिको जिम्बेबारी उपाध्यक्षलाई दिनुभयो ,। आधा दर्जन भन्दा बढी सामाजिक संघ सस्थामा जिम्मेबारी सम्हाल्नु भएकी गीता श्रेष्ठसँग यसपटक हामीले उहाँको सम्भावित उमेद्वारी, नेपाली काँग्रेसको संगठन, पूर्वाञ्चलकै व्यवसायिक केन्द्रं मानिने र भविष्यमा प्रदेश राजधानी समेत रहने सम्भावना भएको इटहरीका समस्या, समाधान आदिका विषयमा यसपटक वार्ता गरेका छौं । प्रस्तुत छन् श्रेष्ठसँग गरिएका वार्ताका सारसंक्षेप ः
द्दआगामी असार १४ गते स्थानीय तह अन्तर्गत इटहरी उपमहानगरपालिकाको नेपाली काँग्रेसका तर्फबाट तपाईलाई उपमेयरको प्रत्यासी बनाउने प्रवल सम्भावना देखिएको छ । यहाँका मतदाताहरुले पनि तपाईलाई अलि बढी नै रुचाएको देखियो । यसको प्रमुख कारण के होला ?
–मैले धेरै संघ संस्थामा काम गर्दा सबैसँग राम्रो सम्बन्ध भयो । अझ महिला बचत तथा ऋण सहकारी संस्थामा काम गर्दा निम्न सतरको आय भएका महिलाहरु पनि सदस्य बनेका थिए । उनीहरुलाई खुशी पारेर मैले काम गर्न सकेछु । उनीहरु आउँदा कर्मचारीहरुबाट छिटो छरितो ढंगले काम गराइदिने, बैंकको भन्दा सस्तो व्याजमा ऋण दिने, लाभांश २४ प्रतिशतसम्म बाँड्ने काम गरिदिएँ । भत्ता सात सय सम्म उपलब्ध गराई दिएँ । निम्न भन्दा निम्न आय भएका महिलाहरुलाई त्यो सात सय धेरै हुँदो
रहेछ । त्यस क्रममा म निम्न भन्दा निम्न आय भएका महिलाहरुको घर घरमा पुगेँ । सबैसँग भिजेर मैले कम गरेँ । कसैसँग बोल्न, हास्न मलाई धक लाग्दैन साथीहरु मलाई भन्नुहुन्छ , सबैसँग तपाई एकनाशले मिल्नुहुन्छ । सानो ठूलो केही भन्नुहुन्न भन्छन् । मैले आफ्नो बयान आफै गरेको होइन । त्यसैले पनि हुन सक्छ मलाइ यहाँका आम मतदाता वा सर्वसाधारले रुचाइदिनु भएको हो ।
द्दपार्टीले यदि तपाईलाई इटहरी उपमहानगरपालिकाको उपमेयरको प्रत्यासी बनायो भने विकास निर्माण सम्बन्धी के के गन योजना बनाउनु भएको छ ?
–विकास निर्माण भन्ने कुरा त्यसबेला प्राथमिताका आधारमा गर्नुपर्छ । अहिल्यै म यसो गर्छु र उसो गर्छु भन्नुभन्दा पनि प्राथमिकता हेर्नुपर्छ । इटहरी उपमहानगरपालिकाको कुन वडामा के कस्ता समस्या छन् पहिला त्यो पहिचान हुनुपर्छ । तर मेरो सबैभनदा ठूलो लक्ष्य भनेको इहरीलाई प्रदेशको राजधानी बनाउने तर्फ सबैभन्दा ठूलो पहल रहने छ । इटहरीलाई प्रदेशको राजधानी बनाउन सकियो भने बजेट समेत यहाँ बढी आउन सक्छ । त्यसपछि निर्माण कार्यले तिबं्रता पाउँछ । इटहरीमा एउटा अस्पतालको असाध्ययै ठूलो आवश्यकता छ । पूर्वाञ्चलको केन्द्र भएपनि इटहरीमा एउटा पनि अस्पताल छैन । इटहरीबासीले उपचारका लागि धरान,
विराटनगर वा भारतको सिलगुडी पुग्नैपर्छ । २ सय शैयासम्मको हस्पिटल यहाँ अत्यावश्यक भइसकेको छ । यत्रो ठूलो जनघनत्व भएको, हरेक कुराको सम्भावना बोकेको इटहरी जस्तो उपमहानगरपालिकामा एउटा सामुदायिक अस्पताल छ । सामुदायिकमा विरामी लिएर जाँदा सक्ने भए सक्छ नत्र धरान विराटनगर, सिल्लीगुढी पु¥याउनै पर्छ । त्यसपछि यहाँ टे«गा खोलाको पुलको अवस्था त्यस्तै छ । धेरै अगाडि यस क्षेत्रका सांसद रेवती भण्डारीले शिलान्यास पनि गर्नुभयो । निर्वाचनको मुखमा आएर पुलको पिल्लर सम्म उठाउने काम गरेर देखाएका छन् । तर पुल बन्ने कुरामा अझै आशंका छ । टेंग्रा खोलाको पुलको कारण इटहरीबासीले धेरै ठूलो समस्या भोग्नुपरेको छ । अर्को कुरा इटहरीको हालको मुख्य समस्या भनेको ढलको हो । समुचित ढलको व्यवस्था नभएकोले इटहरी जस्तो बजार पानी पर्दा डुबानमा पर्छ । पानी पर्नासाथ यहाँका बासिन्दामा चिन्ता थपिने गर्छ । सबैका घरमा पानी पस्छ । यसैगरी इटहरीमा एउटा सिटी हल,
रंगशालाको पनि आवश्यक भइसकेको छ । यहाँका युवा युवतीहरुलाई रोजगारी सिर्जना गर्ने, सडक बालबालिकाको व्यवस्थापन, वृद्ध वृद्धाहरुका लागि वृद्धाश्रम लगायतका धेरै कामहरु यहाँ गर्नुपर्ने देखिएको छ । नगर पालिकामा जनताका काम चुस्त ढंगले गराउने, उठाएको करलाई सही सदुपयोग गर्ने । पार्टीले भेलिका दिनमा मलाई प्रत्यासी बनायो र मैले निर्वाचन जिते भने प्राथमिकतामा यिनै कुरा रहन्छ ।
द्दतपाईलाई भेलिका दिनमा पार्टीले प्रत्यासी बनाएको खण्डमा तपाई आफ्नो विजयप्रति कत्तिको सुनिश्चत हुनुहुन्छ ?
–यो कुरा अहिल्यै भन्न नमिल्ला । भोट माग्न सर्वसाधारणको घरमा पुग्दा सबैले दिने नै भन्नुहुन्छ । जित्ने नजित्ने कुरा मत परिणामपछि थाहा हुन्छ ।
द्दमतदाताहरुको आसय, तपाईप्रतिको लगाव कस्तो पाउनु भएको छ ?
–त्यो एकदम सकारात्मक छ । सबैले मलाई सहयोग गर्ने, यसपटक हामीले पनि परिवर्तन चाहेका छौं भन्नुहुन्छ । के सम्म भन्नुहुन्छ भने एमालेले यस भन्दा अगाडि जित्यो, जितायौ तर केही गरेन त्यसैले यसपटक हामी काँग्रेसलाई जिताउँछौं भन्नुहुन्छ ।
द्दपार्टीभित्र अर्थात इटहरीमा उमेद्वारीको कुरालाई लिएर कुनै विवाद छ कि छैन ?
–इटहरमिा त्यस्तो छैन । उपमेयरमा हामी दुईजना आकांक्षी देखिएका छौं । मेयरकोपनि दुईजना हुनुहुन्छ । जसले पाएपनि पार्टीलाई जिताउनुपर्छ भन्ने मान्यता हामीमा छ । हामी सबै घरदैलो गर्दा, कार्यक्रम गर्दा सँगै जान्छौं । उमेद्वारी त पार्टीले मुल्यांकन गरेर दिने कुरा हो । कुन उमेदवारलाई दिँदा निर्वाचन जितिन्छ भन्ने कुरा पार्टीले मुल्यांक गरिसकेको छ । फेरि स्थानीय तहको निर्वाचन भनेको अलिकति व्यक्तिको प्रभावमा पनि भर पर्छ । म भन्दा पहिला देखि राजनैति गर्दै आउनु भएका बहिनीहले पनि गीता दिदी तपाईलाई नै हामी सहयोग गर्छौ भन्नुभएको छ । पार्टीले मलाई अगाडि बढन भनेकोले म अगाडि बढेको हुँ । पार्टीले मुल्यांकन गर्ला पार्टीले पनि स्थानीय तहको निर्वाचन भएकोले पुरालाई मात्र हेरेर हुँदैन लोकप्रिय पनि हुनुपर्छ भनेको छ । हाम्रो मान्छे होइन राम्रो मान्छे हुनुपर्छ भनेको छ ।
द्दनेपाली काँग्रेसको इटहरी नेतृत्वले अहिले तपाईलई कस्तो सहयोग
गरिरहेको छ ?
–असाध्यै राम्रो सहयोग गरिरहनु भएको छ ।
द्दपार्टीको यहाको धारणा के छ ?
–सबै साथीभाई, यहाँको पार्टी नेतृत्वले तपाई नै उपमेयरमा प्रत्यासी
भनिरहनु भएको छ ।
द्दकरिब करिब तपाईको उमेद्वारी पक्का जस्तै छ । अब यस भन्दा अगाडि सम्म यहाँबाट एमालेहरुले नै आफ्नो वर्चस्व कायम गर्दै आएका थिए । एक प्रकारले यो उनीहरुको लालकिल्ला नै हो । अब यो लाल किल्ला तोड्न तपाईले कत्तिको सहज देख्नु भएको छ ?
–त्यति सहज नदेखिए पनि अब यहाँ एमालेको वर्चश्व कायम होला जस्तो मलाई लाग्दैन । धेरै घरहरु अहिले काँग्रेस भइसकेका छन् । २० बर्ष अगाडिको इटहरी अब होइन । धेरै घर दैलो गर्दा १० बर्र्षेे जनयुद्धको बेला माओवादीले विस्थापित गराएका, मधेश आन्दोलनका क्रममा विस्थापित भएकाहरु इटहरीलाई सुक्षित स्थल बनाइ बसाई सरेर आएका ज्यादा छन यहाँ । त्यसबेला विस्थापित हुनेहरु प्रायः नेपाली काँग्रेसहरु नै थिए । हामी भोट माग्न जाँदा यस पटक त काँग्रेसलाई जिताउनुपर्छ भन्नुहुन्छ । पार्टीको झण्डा मागी मागी उहाँहरुले आफ््नो घरमा राख्नु भएको छ ।
द्दतपाईको भोलिको प्रतिष्पर्धी को होला ?
–त्यो त एमाले नै हो । अरु पार्टीहरुसँग प्रतिष्पर्धा नै हुँदैन । अरुले केही भोट काट्ने मात्र हुन । हार जित एमाले र काँग्रेसबीचमै हुन्छ ।
द्दतपाई अनुमान गर्न सक्नु हुन्छ दुई दलबीचमा कति जति मतको फरक पर्ला ?
–खासै धेरै मतको परक पर्दैन जस्तो लाग्छ मलाई । पहिला पहिला एमालेहरु हामीले यहाँ लठ्ठी उठाउँदा पनि जित्छौ भन्नुहुन्थ्यो अहिले उहाँहरु त्यसो भन्न सक्ने अवस्थमा हुनुहुन्न ।
द्दनिर्वाचनमा नेपाली काँग्रेसले जित्न अरु के के सुधारका कामहरु गर्नुपर्ला ?
–अलिकति रिमोट एरियामा मेहत गर्नुपर्छ । पहिला इटहरीका ४, ५ वडामा नेपाली काँग्रेसले कार्यक्रम नै गर्न सक्दैनथ्यो । अहिले ती वडा बलिया भइसकेका छन् । नेपाली काग्रेसको राम्रो उमेद्वर भएमा यस पटक एमालेले पनि भोट हाल्छन् जस्तो देखिएको छ ।
द्दकाँग्रेस जब चुनाव आउँछ अनि उठ्छ अरु बेला सुतेर बस्छ भन्छन नि, तपाईलाई के लाग्छ ?
–हा…हा…हा.. । वास्तवमा यस्तै देखिएको छ । चुनाव आउँछ जुर्मुराएर उठ्छन् अरु बेला केही गर्दैनन् ।
द्दयो प्रवृत्ति सुधार्न के गर्नु पर्ला ?
–अब नेपाली काँग्रेसलाई जागरुक बनाउनै पर्छ । अरुबेला पनि वडाबासीको समस्यामा घर–घर पुग्नैपर्छ ।
द्दतपाई पनि त एउटा उमेद्वार मान्छे हुनुहुन्छ । तपाईले पनि जागरुक गराउनु पर्छ नि हैन र ?
–अब पहिला जस्तो हुँदैन मैले विगत केही बर्षदेखि कार्यक्रमहरु दिएर एक्टिव गराउने काम गरिरहेको छु । त्यसैले पनि आज इटहरी काँग्रेस बलियो भएको हुनुपर्छ ।
द्दतपाईले निर्वाचन पश्चात के के गर्नुपर्ला भन्ने सवालमा अलिकति बजारलाई मात्र फोकस गरे जस्तो लाग्यो नि ?
–त्यसो हैन आवश्यकता अनुसार गर्नुपर्छ । उपमहानगरपालिका भनेर मात्र हुँदैन केही वडाहरु असाध्यै विकट छन् । गाउँतिरका सडकहरुको स्तरोन्नति गर्नुपर्छ । खोपनी लगायका कुराहरु पनि त्यहाँ पु¥याउनुपर्छ ।
द्दइटहरीमा सबैभनदा पिछष्एिका वडाहरु कुन कुन हुन त ?
–इटहरी वडा ं. ८, २, एकम्ब आदि छन् ।
द्दयहाँका पिछाडिएका समुदाय धेरै छन् । न उनीहरुसँग रोजगार छ, न पैतृक सम्पत्ति । उनीहरुको आर्थिक स्तर उकास्न के गर्नुपर्ला ?
–राजेगारको सिर्जना गर्नुपर्छ, विभिन्न सीपमुलुक कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
द्दइटहरीमा ७६ हजार मतदाता छन् । तपाई आफ्ना मतदातालाई के भन्न चाहनुहुन्छ ?
–म सबैमा नेपाली काँग्रेसलाई आगमी दिनमा मत दिएर विजयी गराउन आग्रह गर्छु । मलाई आशा छ इहरीबासी परिवर्तनका पक्षमा छन् । काँग्रेसले नगरबासीकै सल्लाह सुझाव अनुसार काम गर्छ । म त्यसै गर्छु । पार्टीले मलाई उमेद्वारी दिएमा मलाई निर्वाचित गराउनु भयो भने सेवकको रुपमा काम गर्छु ।

