श्याम कुमार श्रेष्ठ । नेपाली काँग्रेस धरान उपमहानगरपालिका वडा नं. १४ का जुझारु र पुराना कायकर्ता हुनुहुन्छ । वि.सं. २०२५ सालदेखि नेपाली काँग्रेसमा सक्रिय रहँदै आउनु भएका श्रेष्ठ २० बर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा पार्टीले मुल्यांकन गर्न नसकेपछि आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा स्वतन्त्र उमेद्वारी दिँदै हुनुहुन्छ ।
वि.सं. २०२५ साल मंसिरमा जेलबाट छुटेपछि बीपी कोइराला धरान आउनु भएको थियो । त्यसबेला कक्षा ८ मा अध्ययनरत श्याकुमार श्रेष्ठ अन्य साथी र अग्रजसँगै बीपीलाई लिन धरानको तीनकुनेसम्म पुग्नुभयो । त्यसबेला आजको जस्तो यातायातको सुगमता थिएन । पैदलै बीपीलाई हिँडएर उहाँहरुले नाच्दै,गाउँदै धरान वडा नं. २ स्थित धरान होटलमा ल्याउनु भएको थियो ।
पहिलो सम्पर्कबाटै बीपीबाट औधी प्रभावित हुनु भएका श्रेष्ठले बीपीसँग धेरै जिज्ञासा समेत राख्नु भएको थियो । बीपीबाट प्रभावित भएर जीवनभरि नेपाली काँगेसका लागि योगदान दिनुभएका श्रेष्ठ वि.सं. २०२७ सालमा पहिलो पटक गिरिराज आचार्यको संयोजकत्वमा गठित नेपाल विद्यार्थी संघको कार्यसमिति सदस्य हुनुभयो । त्यसबेला नेपाली काँग्रेसमा आवद्ध हुन ठूलो हिम्मत लिनुपथ्र्यो । त्याग र बलिदान गर्नुपथ्र्यो । वि.सं. २०२८ सालमा धरानमा अर्का सक्रिय नेपाली काँग्रेसका कार्यकर्ता सत्रुघन अन्सारीसँग मिलेर फारविसगञ्जबाट ल्याएको तत्कालीन व्यवस्था र सरकारका विरुद्धको छाताचौक, भानुचौक, पुरानो बजारमा पम्प्लेट छर्दा उहाँहरुलाई राजकाजको मुद्दा लगाइयो । श्यामकुमार श्रेष्ठ भागेर भारततिर जानुभयो भने अन्सारीलाई प्रक्राउ गरी चरम यातना दिइयो । २०३५ सालमा पाकिस्तानमा भुट्टोलाई फाँसी दिँदा त्यसको विरोधमा पाकिस्तानी दुतावासमा विद्यार्थीहरुले ज्ञापनपत्र मात्र बुझाएनन् मुलुकभरि प्रदर्शन भयो । धरानमा भएको प्रदर्शनको नेतृत्व श्यामकुमार श्रेष्ठले लिनुभएको थियो । जसको फलस्स्वरुप २०३६ सालमा जनमत संग्रहको घोषणा भयो । उहाँले धरान १४ स्थित आफनो घरमा पहिलो पटक नेपाली काँग्रेसको झण्डा गाडनुभयो त्यसबेला घरमा नेपाली काँगेसको झण्डा गाड्ने पहिलो व्यक्ति उहाँ नै हुनुहुन्थ्यो । वि.सं. २०३७ साल वैसाख २० गते जनमत संग्रह हुँदा धरान वडा न १४ बाट बहुदलतको पक्षमा प्रचार प्रसार गर्नेमा अग्रपंक्तिमा श्यामुकमार श्रेष्ठ, जगदिश नेपाली, भवानी श्रेष्ठ, लेखनाथ भट्टराई, सकुन्तला श्रेष्ठ, खगेश्वर श्रेष्ठ, बालकृष्ण दाहाल, लवन कोइराला मात्र हुनुहुन्थ्यो । वि.सं. २०४५ सालको महाभुकम्पले क्षति पु¥याएका स्थानीयलाई नेपाली काँग्रेस केन्द्रीय कार्यालयले उपलब्ध गराइएको जस्तापाता बाड्ने जिम्मा पार्टीले उहाँलाई नै दिएको थियो । तर प्रहरीले ती जस्तापाता बाँड्न दिएन र खोसेर लग्यो ।
वि.सं. २०४८ सालको संसदीय निर्वाचनमा नेपाली काँग्रेसका उमेद्वारलाई जिताउन श्यामकुमार श्रेष्ठले अहम् भूमिका निर्वाह गर्नुभएको थियो । आफ्नै खर्चमा उहाँले रमला कसजु, विमला कसजु, कमला श्रेष्ठको सहयोग लिएर हजारौ झण्डाहरु तयार गरेर स्थानीयको घर र छतमा राख्नुभएको थियो । वि.सं. २०५१ सालको मध्यावधि निर्वाचनमा नेपाली काँग्रेसका युवा नेता विनोदकुमार राई प्रत्यासी हुँदा समेत उहाँले आफ्नै खर्चमा चुनावी गतिविधिलाई अगाडि बढाउनु भएको थियो । पार्टीलाई जिताउन आफ्नै खर्चमा चुनावी गतिविधि गर्नु भएका श्रेष्ठले २०५६ सालको निर्वाचन, २०६४ र २०६२÷०६३ को आन्दोलनमा समेत मुख्य भूमिका निर्वाह गर्नुभयो । एकातिर श्याकुमार श्रेष्ठले नेपाली काँग्रेसलाई निरन्तर सहयोग पु¥याइरहनु भएको थियोे भने अर्कातिर विभिन्न संघ संस्थालाई समेत सहयोग पु¥याइरहनु भयो । उहाँले वि.सं. २०२७–२८ सम्म साझा प्रकाशन, २०२८देखि ३० सम्म सरकारी वकिलको कार्यालय, २०३० देखि ०३२ सम्म कोशी अञ्चल अदालत, २०३२ देखि ०५३ सम्म नेपाल बैंक लिमिटेडमा काम गर्नुभयो । यसैगरी २०५४ सालमाददेखि ६० सम्म अरुण फाइनान्सस एण्ड सेभिइङ्गस लि., २०६० देखि ०६६ सम्म दन्तकाली बचत तथा ऋण सहकारी संस्था, २०६६ देखि ०७० सम्म भविष्य बचत तथा ऋण सहकारी संस्थामा काम गर्नुभयो । कौशिकी क्याम्पस सञ्चालक समितिको पूर्व उपाध्यक्ष, नेवार एकता समाज धरान १४ का अध्यक्ष, शुभलक्ष्मी बचत तथा ऋा सहकारी संस्थाको सल्लाहकार, नेपाल रेडक्रस सोसाइटी भोजपुको आजीवन सदस्य, नेपाल अर्वुद रोग निवारण संस्था सुनसरीका आजीवन सदस्य, सरस्वती बाल अनाथाश्रमका आजीवन सदस्य, झिँगु समाजका आजीवन सदस्य, विजयपुर अध्यात्मिक मञ्चका आजीवन सदस्य, ओम कृष्ण मन्दिरका आजीवन सदस्य, सुनसरी उद्योग वाणिज्य संघका सदस्य, सिद्धी नेवाः परिषदको सदस्य, विजयपुर विकास कोषको सदस्य, गणेश मन्दिर गुठीको सदस्य, गुवाजु कुल पूजा समितिको सदस्य, दन्तकाली मावि, शारदा बालिका मावि, ओम कृष्ण मन्दिर, गणेश मन्दिर, मुगादेवी मन्दिर आदिमा अक्षय कोष स्थापनाका लागि आर्थिक सहयोग, मुगादेवी मन्दिर, वडा समिति निर्माणमा आर्थिक सहयोग, पथीभरा मन्दिर, पञ्चकन्या मन्दिर, धरान १० स्थित सिंहवाहिनी मन्दिर, पानमारास्थित शिव मन्दिरलाई आर्थिक सहयोग, बूढसुब्बा मन्दिरदेखि दायाँ नयाँ टोल जाने बाटोलाई जग्गा प्रदान गर्नुभएका श्रेष्ठलाई पार्टीले वडा अध्यक्षको टिकटबाट समेत बञ्चित गरेपछि वडा नं. १४ मा यतिबेला अनेकौ टिकाटिप्पणी सुनिने गरेको छ । यसपटक हामीले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेद्वारका प्रत्यासी श्यामकुमार श्रेष्ठसँग वार्ता गरेका छौं । प्रस्तुत छन् वार्ताका
सारसंक्षेप ः
तिपाईले नेपाली काँग्रेसमा त्यत्रो योगदान दिनुभयो, समाजको हरेक गतिविधिमा तपाई अगुवाको रुपमा हुनुहुन्छ । तर अहिले आएर तपाईले स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिका वडा ंन. १४ बाट वडा अध्क्षमा स्वतन्त्र उमेद्वारी दिने निर्णय गर्नुभएको छ किन होला ?
–समय आएपछि सबैले लगानीको उचित मुल्यांकन होस् भन्ने चाहन्छन् । मैले ठूलो आकांक्षा पनि राखेको थिइनँ । सामान्य एउटा वडा अध्यक्षको चाहना मात्र गरेको थिएँ । टिकट वितरण हुनु एकदिन अगडिसम्म टिकटको सिफारिस गर्नेहरुले तपाई नै वडा अधयक्षको उमेद्वार भने । मैले लेखेर दिएको थिएँ जसलाई टिकट दिएपनि सहयोग गर्छु भनेर । यसो गर्दा गर्दा गर्दैै पनि जिल्लाका केही साथीहरुले श्यामकुमार श्रेष्ठको जनाधार छैन, उसले हार्छ भनेर लिखित पेश गरेको मैले थाहा पाएँ । त्यतिमात्र हैन हाम्रा महाधिवेशन प्रतिनिधि सन्तोष सापकोटाले के भन्नुभयो भने काकाले टिकट पाएमा यहाँ अन्तरघात हुन्छ मलाई समस्या हुने भयो मैले बजारमा यस्तै बुझ्दैछु भने । जबकि मैले बारम्बर भनेको थिए जसलाई दिएपनि सहयोग गर्छु भनेर । मैले के सहयोग गरेको थिइन पार्र्टीलाई ? अब पनि सहयोग गर्र्छु भनेको थिए । यति हुँदाहुँदै पनि मेरो जनाधार छैन भनेर जुन आरोप लगाए त्यसपछि मलाई डाहा भयो । मेरो केही छैन भनेर तुच्छ बनाउने काम भयो । म उठ्दा मैले जित्ने हैन पार्टीले जिताउने हो । तर श्याम श्रेष्ठको जनाधार छैन भनेर कसरी भन्न सके ? त्यसपछि वास्तवमा मलाई पार्टी प्रति नै विस्तृणा भयो । आज ५० बर्षको इतिहासमा मैले केवल झोलामात्र बोकेर हिडे । पार्टीको जोसुकै आउँदा पनि मेरै घरमा बस्ने खाने गर्नुहुन्थ्यो । कति सम्म गरे भने यस भन्दा अगाडि पार्टी अफिस मेरै घरमा थियो । अहिले सारेका छन् । यहाँ राख्दा गोप्य सूचना चुहुन्छ रे ।
तिपाईसँग यत्रो पूर्वाग्रह राख्नुपर्ने कारण के होला ?
–मै मैले बुझ्न सकेको छैन । बाहिर सुन्नमा आए अनुसार आर्थिक चलखेल भयो । सुनेको कुरा वास्तविकता के हो लिने दिनेले नै जानुन । त्यही खालको हल्ला छ । त्यही भएर पनि साथीहरुले मलाई नपत्याएको हो कि ? मलाई नपत्याएर होला भनेर आफनो जनधार देखाउन म उठेको हुँ ।
जिनधार भनेका पार्टीबाट उमेद्वारी भइसकेपछि पार्टीले सहयोग गरेर जनाधार बन्ने हो, व्यक्तिको जनाधार चाहिने हो भने सबै स्वतन्त्र उठे भइगयो नि । किन पार्टी चाहियो हैन र ?
–यो यो स्थानीय चुनाव हो । यहाँ पार्टी हेरिदैन । यहाँ त को सक्षम छन् कसले काम गर्न सक्छ भनेर हेर्छन् । पार्टीको केही प्रतिशत हुन्छ होला । यो चुनावले वडा बनाउने हो ।
पिार्टीमा तपाइले यत्रो लगानी गनुृभएको छ । मुल्याकन सही नगरिदिँदा तपाईलाइ कस्तो लागेको छ ?
–मेरो आत्मा धेरै रुयो । पार्टीले म प्रति घोर अन्याय गरेकै हो । पार्टीले वास्तवमा नेपालभरि किन हार्दैछ भनेर अहिले म बुझ्दै छु । बीपीको समयमा काँग्रेसको
हरियो रुख थियो अहिले देउवाको पालामा रुख सुकिसकेको अनुभव भयो । म लोकतन्त्रवादी हुँ लोकतन्त्र छोडेर अन्यत्र म जान सक्दिनँ । मैले यत्रो लगानी गरे लोकतन्त्रकै लागि लडें ।
धिरान वडा नं. १४ का मानिसले स्थानीय बासिन्दाले तपाईप्रति न्याय गर्लान् त ?
–धरान १४ का बासिन्दा जसले मलाई बुझेका छन्, पार्टीप्रतिको मेरो बफादारिता देखेका छन् हरेक सामाजिक कामको मेरो मुल्यांकन गरका छन् भन्ने विश्वास मलाइ छ । मैले कहीँ कतै अनियमिता गरेको छुइन, भ्रष्टाचार गरेको छैन । सबैसँग
मेरो सौहाद्र्धपूर्ण सम्बन्ध छ । म सबैको घरमा छिर्न सक्छु । म जुन घरमा जान्छु त्यहाँ मलाई एककप चिया नखाइ विदा गर्नुहुन्न । मेरो अन्य दलसँग पनि त्यतिकै राम्रो सम्बन्ध छ । बुवा, बृद्ध, बालबालिका सबैसँग मेरो आÏनै प्रकारको सम्बन्ध छ । दलितसँग, जनजातिसँग पनि मेरो त्यतिकै राम्रो सम्बन्ध छ । सबैले मलाई भन्ने गर्नुहुन्छ तपाईमाथि अन्याय भयो । हामी तपाईलाई सहयोग गर्छौै भन्नुभएको छ । म यही आधारमा स्वतन्त्र रुपमा वडा नं. १४ को वडा अध्यक्षमा उमेद्वार बन्दैछु ।
उिहाँहरुको यस्तो आश्वासन तपाईलाई प्राप्त भएको छ । अब तपाईलाई के लाग्छ म चुनाव जित्छु जस्तो लागेको छ ?
–कुनैपनि मानिस चुनावमा उठ्दा चुनाव हार्छु भनेर उठदैन । जित्छु भनेरै उठ्छ । मैले जित्छु भन्ने लागेको छ । मेरो आत्माले मलाई यही भनिरहेको छ । यो वडाका सबैले मलाई असाध्यै माया गर्नुहुन्छ । मलाई दोष लगाउँछन म काँगेस हराउन उठेको रे । जनाधार भएकाले डराउनुपर्नेै जरुरी छैन । म स्वतन्त्र भएर उठने नैसंर्गिक अधिकार छ । म चुनाव जित्न उठेको हुँ कसैलाई हराउन हैन ।
किसैले अब श्याम श्रेष्ठले उठेर पार्टी नै हार्ने भयो भन्छन् । उनीहरु त्यसरी डराउनु किन प¥यो र ?
–जनमानसमा मेरो राम्रो पकड छ, सबैले मलाई मायाँ गर्नुहुन्छ । मेरो जनाधार देखेर तर्सेका होलान् । मैले कसैलाई अन्तरघात गर्नै होइन । म खुल्ला रुपमा स्वतन्त्र उठेको हुँ । अब अन्तरघातको सवालै हुँदैन । यो कुरामा मलाई अचम्म लागिरहेको छ । श्याम उठ्दा केही हुँदैन भन्नेहरु आज थर्कमान हुँदैछन् किन डराउनु ? मैले पार्टीभित्रै बसेर सहयोग नगर्दा अन्तरघात हुन्छ । उनीहको मनोबल गिरेको मैले बुझेको छु ।
तिपाई त स्वतन्त्र उठ्नु भएको छ । कसैलाई तपाईले कसरी हराउनु होला र ?
–जनताले उनीहरुलाई हराउँछन् । म एउटा व्यक्ति स्वतन्त्र भएर उठेको न हुँ । अहिलेको स्थितिमा वडामा कस्ले कम गर्न सक्छ, कस्ले गाह«ो अप्ठेरोमा साथ दिन्छन् त्यसलाई हेर्छन् ।
भिावानात्मक रुपमा तपाई यहाँका जनतालाई के भन्न चाहनुहुन्छ ?
–म भन्छु तपाईहरुको हरेक दुःख,सुखमा साथ दिन सक्छु, सक्षम छु, म उहाँहरुभन्दा पढेलेखेको छु । उहाँहरु भन्दा मैलै पार्टीमा धेरै दुःख गरेको छु, धेरै संघ संस्थामा बसेर सामाजिक काम गरेको छु, उमेरमा पनि म उहाँहरुभन्दा पाको छु । मलाई धेरै अनुभव छ भनेर स्थानीयहरुलाई भन्ने गरेको छु र सबैले यो बुझेकन छन् ।
तिपाईले भोलि जित्नुभयो भने विजयपुरमा के के गर्ने सोच बनाउनुभएको छ ?
–मैले जित्नासाथ आएको बजेटलाई जनतासामु प्रस्तुत गर्छु र प्राथमिकताका आधारमा त्यसलाई खर्च गर्ने परिपाटी बसाल्छु । यहाँको प्राथमिकता भनेको सडक, खानेपानी, मन्दिरको संरक्षण आदि नै हुन्छन् । मैले सुनको छु वडा अध्यक्षको तलब हुँन्छ रे । म तलब लिन्न । त्यो तलब म एउटा फन्डमा जम्मा गरिदिन्छु । मलाई घर चलाउन खान पुग्ने सम्पत्ति छ । त्यसरी जम्मा भएको फन्ड असहाय, अशक्तहरुको हितमा खर्च गर्छु, म निर्वाचित भएमा बाहिरका मान्छेलाई विजयपुर आउँदा आहा हुने बनाउछु । विजयपुर कति
रमाइलो छ भन्ने बनाउँछु ।
