मिस्टर पूर्वाञ्चल एण्ड मिस क्विन क्विन पूर्वाञ्चलको अडिसन शुरु

धरान÷ युवा युवतीहरुको लुकेको प्रतिभालाई बाहिर ल्याउदै उनीहरुको वृत्ति विकासका लागि शुरु भएको मिस्टर पूर्वाञ्चल एण्ड मिस क्विन पूर्वाञ्चलको अडिसन धरानबाट शुरु भएको छ ।
धरान १८ एनवी होटलमा भएको अडिसनको पहिलो दिन सुनसरी, मोरङ र झापाका ३० जना भन्दा बढीले अडिसन दिएका छन् । अडिसनको पहिलो दिनमा निर्णायको रुपमा मिस्टर धरान २०७३ का विजेता सुमित आचार्जु, मिस धरान ०७३ की विजेता विपना श्रेष्ठ र युएन कलेजका प्राध्यापक गगन श्रेष्ठ रहनु भएको थियो । निर्णायकहरुले प्रतिष्पर्धीलाई देशको राजनीतिक अवस्था, यो क्षेत्रमा आउनुको प्रमुख कारणबारे सोध्नुका साथै आफूभित्र भएको खुवी प्रस्तुत गर्न लगाएका थिए ।
ओस्कर नेपाल इन्टरनेन्टमेन्टको आयोजनामा भएको सो अडिसन राउन्डमा भाग लिन आएका प्रतियोगीहरुले आफूभित्र लुकेको प्रतिभालाई प्रस्तफुटन गराउदै भविष्यमा ठूलो मोडल, कलाकार बन्ने इच्छा रहेको बताएका थिए ।
विगतमा काठमाण्डौमा मात्र हुने यस्ता टाइटल प्रतियोगता पछिल्लो समयमा पूर्वाञ्चलमा समेत एक दर्जन भन्दा बढी हुने गरेको छ । मोडल भन्ने वित्तिकै समाजले हेर्ने दृष्टिकोण फरक भएकोले यसलाई चिर्नकै लागि पनि भएपनि आफूहरुले यो प्रतियोगिताको आयोजना गरेको आयोजक संस्थाकी इक्सा लिम्बुले बताउनुभयो ।
प्रतियोगितामा पुरुषतर्फ मिस्टर पूर्वाञ्चल र महिलातर्फ मिस क्विन पूर्वाञ्चलको टाइटल छानिने र छानिएकालाई अवार्डसंगै पुरस्कारको समेत व्यवस्था गरिएको लिम्बुले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया