धरानको खानेपानी आयोजना समयमै नसकिने निश्चित

धरान÷ अन्तिम समयमा उत्पन्न विवादलाई समाधान गर्न प्रमुख राजनितिक दल उदासिन हुँदा धरानमा संचालन रहेको खानेपानी आयोजनाको पञ्चकन्या सिस्टमको रिजर्ब वेयर निर्माण कार्य रोकिएपछि नेपालकै दोस्रो ठुलो लागतको खानेपानी आयोजना तोकिएको समयभित्र पुरा नहुने निश्चित भएको छ ।
धरानको खानेपानी समस्या समाधान गर्न सन २०१२ देखि शुरु भएको एशियाली विकाश बैंकको ऋण तथा अनुदानमा एकिकृत शहरी विकाश परियोजना अन्र्तगत खानेपानी आयोजनाको समायावधि डेढ महिनामा सकिदैछ् । ५ जुलाई २०१७ भित्र सम्पन्न गरिसक्नु पर्ने आयोजनाको ४ स्थानमा मात्रै रिजर्व वेयर निर्माण कार्य भएको छ भने पञ्चकन्या सिस्टम अन्र्तगत रिजर्ब वेयर बनाउन नै झण्डै ६ महिना समय लाग्ने आयोजनाले जनाएको छ । विवादको कारण २ महिना भन्दा बढी समयदेखि पञ्चकन्या सिस्टमको रिजर्ब वेयर (टंकी) बनाउने कार्य थाँती छ । खानेपानी आयोजना ल्याउन एकजुट भएको तीन ठुला दल अहिले भने निर्वाचनमा भोट काटिने डरले चुपचाप छ । समस्यालाई राजनितिक पक्षबाट समाधान गर्नुपर्ने भए पनि पार्टीका नेताहरु निर्वाचनमा होमिएकाले समस्या भएको खानेपानी आयोजना प्रमुख राजु पोखरेलले बताउनुभयो ।
विजयपुरस्थित पञ्चकन्या जंगल क्षेत्र किरातजन्य संघसंस्था र लिम्बुवान पार्टीले आफ्नो ऐतिहासिक स्थल मास्न नपाईने भन्दै विरोध जनाएपछि गत फागुन तेस्रो साता यता पञ्चकन्या सिस्टमको काम ठप्प छ । आयोजनाको कुल लागत एक अर्ब ४८ करोड
बराबरको हो । पञ्चकन्या सिस्टमको विकल्प खोज्ने हो भने समयमै आयोजना सम्पन्न गर्न कठिन हुनुका साथै बजेट पनि बढ्ने आयोजनाका परामर्शदाता बिल्डिङ डिजाईन
अथोरिटी कम्पनीका निर्देशक अनिल नेपालको भनाई छ ।
पञ्चकन्या जंगलमा टंकी बनाउनको लागि राजनैतिक दलहरुले नै आयोजनालाई सैद्धान्तिक सहमति (निर्णय) दिएको थियो । तिनै दलहरु अहिले भोट घट्ने चिन्ताले रुख काटिएको विरोध गर्दै दैध चरित्र पनि देखाइरहेको छन् ।
त्र

तपाईको प्रतिक्रिया