स्थानीय तहको चुनावको रौनक छैन धरानका सुकुम्बासीहरुमा

धरान÷ धरानका सुकुम्बासी बस्तीका सवसाधारणहरु दलहरुले पटक पटक झुक्याएको भन्दै स्थानीय निर्वाचनपश्चात पनि आफूहरुको माग पूरा हुनेमा आशंका व्यक्त गर्ने गरेका छन् ।
२०४७ प्रजातन्त्रस्थापनापश्चात जननिर्वाचित पदाधिकारीहरुले आफूहरुको सुरक्षित वासस्थानदेखि लिएर बस्तीमा विजुली बत्ती, सडक ल्याइदिने ठूला आश्वासन बाडेर सुकुम्बासीलाई भोट वैंकको रुपमा प्रयोग गर्ने गरेको आरोप लगाउने उनीहरु २०६२÷०६३ को जनआन्दोलनपश्चात नेपालमा आएको संघीय गणतन्त्र पश्चात आएका प्रतिनिनिधिले पनि उही नियति दोहो¥याएको उनीहरुको आरोप छ । लोकतन्त्र स्थापनापश्चात उनीहरुले उत्साहित भएर पहिलो संविधान र दोस्रो संविधानका चुनावमा भोट नहालेका होइनन्, तर जसलाई उनीहरुले जिताए तिनीहरुले गरेको प्रतिबद्धता पूरा गर्न त परै जाओस् त्यस ठाउमा एक पटक फर्केर नआएकोप्रति उनीहरु आक्रोसित छन् । धरान १६ गणतन्त्र बस्तीका स्थानीय राजु तामाङले २० बर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा पार्टीलाई नभई, स्वच्छ व्यक्तिलाई भोट हाल्ने बताउनुभयो ।
आफ्नो प्रतिनिधि नभएसम्म सुकुम्बासीको माग पूरा नहुने ठहर गरेको सुकुम्बासीका सर्वसाधारणहरुले दलहरुकै कारण सुकुम्बासीहरु एकजुट हुन नसकेको आरोप लगाउने गरेका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाज धरानका सचिव सुवास राईले सुकुम्बासीकै प्रतिनिधि उठाएर आफ्ना प्रतिनिधि पठाउने प्रयाप्त मत हुदा हुदै पनि दलहरुले दिएको आश्वासनका कारण सुकुम्बासीहरु विभाजन भएकोले आफूहरुको प्रतिनिधिलाई स्थानीय स्तरमा स्थापित गर्न नसकेको बताउनुभयो ।
तथापि २० बर्षमा आएको स्थानीय तहको निर्वाचनमा भोट हाल्न भने उनीहरु आतुर छन् । उनीहरु यसपटक दललाई हेरेर भन्दा पनि सक्षम, इमान्दार, आफ्नो क्षेत्रको विकास गर्ने नेतालाई भोट दिने मनसायमा छन् । विगतमा आश्वासनका पोको बाडेर गाउ, टोलमा फर्केर नआउने नेतालाई पाखा लगाउदै सुकुम्बासीको समग्र विकासमा लाग्नेलाई मत दिने बताउनुहुन्छ नौलो बस्तीका बसन्त तामाङ ।
धरानमा ६५ वटा सुकुम्बासी बस्तीमा १२ हजार २ सय घरधुरी
रहेको नेपाल बसोबास बस्ती संरक्षण समाजको तथ्यांमा उल्लेख छ । ७७ हजार १ सय ४ मतदातसंख्या
रहेको धरानमा १७ हजार मत सुकुम्बासीको मात्रै रहेको छ । यो मत कुनै पनि उमेद्वारका लागि जितको सुनिश्चिता हुन सक्छ । तर मुख्य तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट सुकुम्बासीको प्रतिनिधि चयन नगर्नुु र सुकुम्बासी समस्या खाली घोषणापत्रमै समित हुदा उनीहरु दलहरुप्रति नै उनीहरुले वितृष्णा प्रकट गर्ने गर्दछन् । अब भने दल भन्दा पनि सक्षम, योग्य र आफ्नो स्थानको विकास गर्ने योग्य उमेद्वारलाई भोट हाल्ने मनसायमा उनीहरु पुगेका
छन् ।

तपाईको प्रतिक्रिया