खुल्ला अन्तर क्लव सप्तरङगी बास्केटबल प्रतियोगिता हुन

धरान÷ खेलकुदको उर्वर भूमि मानिएको धरानले खेलकुद क्षेत्रमा राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
धरानमा फुटबल, बास्केटबल, क्रिकेट तथा गल्फका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुने गरेका छन् । विभिन्न खेलकुद प्रतियोगिता
भइरहने धरानमा साना प्रतियोगितादेखि लिए राष्टिय तथा अन्तर्राष्ट्रिय खेलहरु हुने गरेका छन् ।
यसैक्रमा बास्केटबलमा समेत
राष्ट्रिय खेलाडी उत्पादन र धरान १७ स्थित रहेको संप्तरगी पार्कको पर्यटकीय प्रवद्र्धनका लागि खुल्ला अन्तर क्लव
सप्तरङगी बास्केटबल प्रतियोगिता हुने भएको हो ।
सप्तरङगी बास्केटबल क्लवको आयोजनामा हुन गईरहेको सो प्रतियोगितामा सुनसरी र इलामका गरी १५ क्लबले प्रतिष्पर्धा गर्ने आयोजक
सप्तरंगी बास्केट बल क्लबले सोमबार धरानमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
प्रतियोगिता धरान १७ सप्तरंगी पार्कमा रहेको वास्केटबल कोर्टमा आगामी जेष्ठ जेष्ठ २७ गतेदखि ३० गतेसम्म हुने भएको छ । प्रतियोगितामा सुनसरीको धरानबाट १३, तरहराबाट १ र इलामबाट १ वटा क्लबले प्रतिष्पर्धा गर्ने आयोजक संस्थाका अध्यक्ष शिव राईले
बताउनुभयो ।
धरानमा बास्केट बल विकास तथा सप्तरंगी पार्कको पर्यटकीय प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष राईले बताउनुभयो ।
१ लाख ८६ हजार रुपैंया लागत लाग्ने सो प्रतियोगिताकोे विजेता टिमलाई नगद १५ हजार र उप–विजेता टिमलाई ८ हजार रुपैंयासहित ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रतियोगिताका एम भिपि मोस्ट भ्यालुएवल प्लेयरको उपाधि विजेताले नगद एक हजार ५ सय र राईजिङग खेलाडिको उपाधि विजेताले एक हजार ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया