धरान÷सुनसरीका क्रियाशील पत्रकार तथा नागरिक दैनिक धरान सम्वाददाता रोहित राईलाई पितृ शोक परेको छ ।
लामो समयदेखि धरानलाई कर्मथलो बनाई पत्रकििरता गर्दे आउनु भएका, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद समेत रहनु भएका राईका पिता गणेशकुमार राईको मंगलबार निधन भएको हो । ७३ बर्षीया स्व. गणेशकुमार राई हृदयरोगी हुनुहुन्थ्यो । पारिवारिक स्रोतका अनुसार तीन दिन पहिला छातमिा असजता गर्नुभएका राईलाई उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए तापनि स्वास्थ्यमा कुनै सुधार आउन सकेन ।
स्व. राईका तीन छोरा रोहित राई, ताराहाङ्ग राई, नरहाङ्ग राई, तीन छोरी कुम्बा, रक्षा, दिक्षा र दुई श्रमति रहनु भएको छ ।

