परानै जान्छ होला ?
स्यालबहादुर र फुस्स बहादुरको घोलबाट भरतपुर महानगरपालिकाको मेयरको उमेद्वार बनेकी रेणु दाहालको रुवबासी यतिबेला उत्कर्षमा पुगेको
छ । नाई बाबा मलाई मेयर नै चाहिन्छ भनेर हातखुट्टा बजारेको देख्दा विचरीको परानै जान्छ कि क्या हो ? विचारलाई प्रचण्डाउले के लसरघण्टी झुण्ड्याइदिए–झुण्ड्याइदिए । दुवै बहादुरको घोला राम्ररी फिटिएन छ । काठमाण्डौमा त फिटिएकै थियो तर चितवनतिर आइपुग्दा झोल चोक्टा भएछ । झोल चोक्टा भएसी’ काँग्रेसको मानेर बज्यैलाई मतदान गर्लान् भन्या त ठ्याक्कै उल्टो भयो । अर्काको वैसाखी टेकेर भरतपुरको मेयर पड्काउला भनेर भुई न भाडामा भएकी बज्यैको अब रुहेर परान जाला जस्तो पो देखियो ।
विचराको घिटघिटो
‘छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी’ भन्ने उखान यतिबेला नेप्लिज काँग्रेसका रामचन्द्रे बाजेका जीवनीमा ठ्याक्कै मेल खान पुगेको छ ।
विचराको पर्धानमन्तरी पर्धानमन्तरी भन्दाभन्दै घिटघिटो जाला जस्तो छ । कोही त्यही पदमा दुई चार पटक छलाङ्ग मार्छन्, कोही जतिसुकै घुँडा घसेनी उक्लनै सक्दैनन् । बाजे सबै कुरामा फिट छन् तर देउवा जति खर्च गर्न सक्दैनन् । अहिलेको जमाना देउवा बिना भुत्लोभाङ्ग केही हुँदैन दायाँ फर्कदा पनि देउवाकै चलखेल बायाँ फर्कदा पनि देउवाकै चलखेल । फेरि तनहुँतिरका बाजे न परे अलि कन्जुस पनि छन् । अब आदर्शको राजनीति गरेर
सिंहदरबारको कुर्सीमा पुगिदैन भन्ने चेत बाजेलाई किन नआएको होला ? ढेउवा बिना आफ्नै श्रीमतिले नि थुतुनो बटार्छिन् भने कुरा त्यतिका पढेखेका बोजेल नबुझेको त पक्कै छैन होला ?
कमलाउको गाइ
यसपटक कमलाउ माने कमल थापाको गाई अचम्मैसँग गायव भयो । कोही भन्छन् गाईले दाम्ले चुँडाएर भाग्यो, कोही भन्छन् कसैले चोरेर लग्यो कोही भन्छन् घाँस चपाउन नपाएपछि बाटो लाग्यो । जसले जे जसरी गाइँ हराएको बुझे पनि गाई हराएको चाहिँ पक्कै हो । पहिलो चरण्को निर्वाचनमा गाईका गोठाला कमलाउ बडो फाइफुइँ गरेर गाईको बखान गर्दै थिए । तर गाई नै हराएपछि कमलाउ सरल्याक–सुर्लुक भएका छन् । प्रदेश नं. ३ मा पनि उन्ले गाई धुइँपताल लगाएर खोजे पत्तो लागेन, प्रदेश नं. ४ मा खोजे खुटखबर भएन अनि प्रदेश नं. ६ तिर पो छ कि भनेर खोजे त्यहँ पनि फेला पर्न सकेन । सत्तामा पुग्दा गणतन्त्रवादी बन्ने,
राजसंस्था चाहिन्छ भने, हिन्दु राष्ट्र नै हुनुपर्छ अनि सत्ताबाट बाहिर आउँदा फेरि तिनै कुरा दोहो¥याउने गरेपछि गाईलाई औडाहा भएछ । त्यसपछि कमलाउलाई गाईले चटक्कै छोड्या रै’छ । कमलाउलाइ यो कुराको हेक्का छ राम्रै थाहा होला ।
गजबैले लुड्याएछन्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुँडामणि शर्मालाई शुक्रबार समातेर झ्याँइकुट्टी पार्दै लिएर गएछ । लोकमान गएसी’ अख्तियारले अलि ठूलो माछो समातेको सायद यही नै होला । अहिलेसम्म झिँगो र यस हिले माछाहरुमात्र समातेर ठँस–ठँस्ती गन्हाउदै आएको अख्तियारलाई के सनक चलेछ कुन्नि ? जुनसुकै सरकार आए नि ठ्याक्ै मिलाएर महार्दिेशकको पदमा आशीन हुन जान्या शर्माले लुड्याउन पनि पर्लयै लुड्याएछन् रे । छेपारोले रौँ फेरे जस्तै
रामशरण भए नि ठिक्क, कृष्णबहादुर आएनि ठिक्क । वाह † क्या जान्या । सबै अर्थमन्त्रीलाई सुटकेशमा सट्टा बोरामै कोचेर थान्कामा पु¥याइदिएसी’ शर्मालाइ कस्ले अँठ्याउने ? अख्तियारले झ्यालानकुटी पारेर लिएर गएसी’ माउवादीका अर्थमन्त्री कृष्ण महनारालाई १०४ डिग्रीको ज्वरो आएछ । विचराले गोडा तीनेक दिन अन्न पानीमा हातै लगाएनन् रे ।
हराए वैधाउ
ठूलो भाग खान आफ्नै घर फुटाएर बाहिरिएका माउवादीका वैधाउ हिजो–आज लापत्ता भएका छन् । कहिले चुनाउमा भाग लिन्छु भन्ने वैधाउको हिजो आज कसैले खोज खबरै पो गर्न छाड्यो । कति न फाइपुई गरेर डुक्रिदै एक दर्जन भन्दा बढीलाई फुत्त लिएर निस्केका थिए त्यसै दिनदेखि वैधाउलाई साढे सातको दसाले ड्याम्मै छुइहाल्यो । अहिले अरुले नि बालाई जुम्राले छोडेझैँ छोडेर हिडिदिए । बालालाई साथ दिने त खासै कोही देखिएनन् । मान्छे बूढो भयो भने निहुँ खोज्छ गोरु बूढो भयो भने भीर खोज्छ भन्थे हो कि क्या हो ? नत्र माउवादीमा छँदा सबैले आदर सम्मान गरेकै थिए । ठूलो भाग खोज्दा सावाँ व्याज दुवै ठुँस भनेझै भयो । अब वैधाउ बाँसुरी बजाएर क्रान्तिकारी गीत गाएर बस्लान् ?
सुरक्षे चाहियो रे
कहिले सासूको पालो कहिले
बुहारीको पालो भन्थे हो रै’छ अब हेरौ न प्रचण्डाउको आफ्नै गृहे नगरमा माउवादीका कार्जेकर्ताहरु एमालेबाट असुरक्षित भएको भन्दै सुरक्षे माग्दै सिडिओ कार्जालयमा पुगेर निवेदन दे’छन् । एकताका तिनै माउवादीका झालेमाले कार्जेकर्ताहरुले लुकेर बस्नुपथ्र्यो, भागेर हिड्नुपर्थै , सबै वक्त–वक्त कै पात रै’छ । अब आज माउवादीका कार्जेकर्ताको हालत त्यस्तै भा’छ । त्यही चितवनमा माउवादी कार्जेकर्ताले ४० जनालाई हवामा उडाइ द्ेया थे, सात बर्षकी बालिकालाई जिउदै पोलपाल पारेका थिए । त्यस्ता जंगेहरु आज झोलमालेको त्रासले लगलग काँप्दै सुरक्षे माग्न हिडन थालेसी’ बातै खलास ।
बाउरामको नया“ शक्ति
नयाँ बोतलमा पुरानै रक्सी भरेर दुनियाँलाइ उल्लु बनाउदै हिड्या
बाउराम हिजोआज सेन्टीÏल्याट परेर थन्किएका छन् । यसो एक आद्य कम्मर मर्कार ओल्ड भइसेकाहरुलाई अघिपछि लगाएर हिड्दा जन्ताले पुरानो रक्सीलार्ई नि नयाँ भन्देलान कि भन्ने बाजेलाई ठूलो आशा थियो । तर सोतारि पो
दिए । आÏनै गाम घरमा समेत बाजेलाई कसैले पत्याइदिएन् । अरुले नपत्याए नि गामघरकाले त पत्याइदेला भन्ने बाजेले आशा ग¥या थे । निर्वाचन भन्दा अगाडि हिसिला वज्यैको सानो तामझाम थिएन । अहिले विचरी लल्याक लुतुक भएर बसेकी छन् रे । हाम्रा गामघरतिर भन्छ्न् धरै नउम्लनु उम्लियो भने पोखिन्छ । कि कसो हौ ?
अन्तेमा
संविधान ससोधन नगरी चुनावमा भागै नलिने भन्दै घुक्र्या्उदै आएको
राजपाका नेताहरु यतिबेला लाखा पाखा लाग्न थालेपछि अन्यलाई यतिबेला टाउको दुख्न थालेको छ । झिना मसिना दलहरु मिलेर १ महिना अगाडि गठन भा’ राजपाका सह महामन्त्री भिम अन्सारी, भिमराज यादव, लक्ष्मी महतो, हरि गोले झालेमाले, फोरम, राप्रपातिर सुइँकुच्चा ठोकेका छन् । चुनाउ भएमा गाउँ पालिका, नगरपालिकाको चुनाउमा उठ्ने मनसाय बनाएका उनेरु राजपाले भाग नलेलाकी भनेर त्यतितिर धाइफल ठोकेक हुन् रे । यस्तै हो भने राजपामा कार्यकर्तामात्र हैन नेता नै सिद्धिएलान भन्ने पो देखियो त गाँठे ।
