नेपाल–भारत प्रवुद्ध समूहको वैठक शुरु

राजधानी÷भारतीय प्रधानमन्त्री
नरेन्द्र मोदीको पहलमा झण्डै दुई बर्ष अगाडि नेपाल भारत बीचको सम्बन्धलाई वृहत समीक्षा गर्न गठित प्रवुद्ध समूह
(इपिजी) को चौथो वैठक भारतको
देहरादुनमा प्रारम्भ भएको छ ।
वैठकमा दुवै देशका संयोजक सहित सदस्यहरुको सहभागिता
रहेको छ । नेपालका तर्फबाट प्रवुद्ध समूहका संयोजक भारतका लागि पूर्व नेपाली राजदूत एवम् पूर्व अर्थमन्त्री भेषबहादुर थापा, पूर्वमन्त्री निलाम्बर आचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख एवम् कानुनविद् सूर्यनाथ उपाध्याय, एमाले सांसद राजन भट्टराईको सहभागिता रहेको थियो भने भारतीय पक्षबाट संयोजक भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, सदस्यहरु नेपालका लागि पूर्व भारतीय राजदुत जयन्तप्रसाद, प्राध्यापक महेन्द्र पि लामा, भुवनचन्द उप्रेतिको सहभागिता रहेको थियो ।
नेपाल र भारतमा हुँदै आएको प्रवुद्ध समूहको बैठकमा विगतका वैठकहरुमा झै नेपाली पक्षले सन् १९५० को सन्धी तथा पञ्चेश्वर
परियोजनाको कुरा उठाएको थियो । हिजो मंगलबारको वैठकमा सन्धी र
परियोजनाका बारेमा बुँदागत रुपमा विस्तृत छलफल भएको नेपाली पक्षले जनाएको छ । प्रवुद्ध समूहको वैठकमा विगतमा दुई मुलुकबीचमा भएका सन्धी सम्झौताको विस्तृत अध्ययन गरेर आ–आÏनो सरकारलाई सुझाव दिने भनिएको छ । नेपाली पक्षले पहिलो बैठकदेखि नै सन् १९५० को असमान सन्धी विस्थापित गरेर नयाँ सन्धी गरिनुपर्ने तर्क राख्दै आएको छ भने भारतीय पक्षले सन्धी विस्थापनको तर्कपूर्ण माग गरेको छ । भारतीय पक्षले व्यापार, ऊर्जा, कनेक्टिभिटीसँग जोडिएर आउने अन्य द्विपक्षीय सन्धी सम्झौतालाई छलफलमा प्राथमिकतामा राखेको छ ।

तपाईको प्रतिक्रिया