धरान÷नेपाली काँग्रेस सुनसरीले आगामी असार ९ गते हुने स्थानीय तह अन्तर्गतको दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँ पालिकाको वडा अध्यक्ष, उपाध्यक्षहरुको टुंगो लगाएको छ ।
आकांक्षीहरु धेरै भएपनि लामो
रस्साकस्सी पश्चात नगर, क्षेत्र हुँदै जिल्ला तहबाट उनीहरुको टुंगो लागे तापनि दुई उपमहानगर पालिका, चार नगरपालिका र ६ गाउँ पालिकाको पमुख, उपप्रमुखको टुंगो अझै लाग्न सकेको छैन । सुनसरीमा यतिबेला सबैको आकर्षण र चर्चाको केन्द्र धरान उपमहानगर पालिका र इटहरी उपमहानगरपालिकाको प्रमुख, उपप्रमुखमा पार्टीले कस्लाई उमेद्वारी बनाउने हो भन्ने मै रहेको छ ।
धरान उपमहानगरपालिकाको २० वटा वडामा वडा अध्यक्षमा क्रमश ः रोशन अधिकारी, माधव गोविन्द श्रेष्ठ, विजय श्रेष्ठ, दिपक लिम्बु, सन्तोष लिम्बु, भुपेन्द्र भट्टराई, सुवर्ण श्रेष्ठ, नन्दराज राई, रुपेश आचार्य, डम्मरसिंह लिम्बु (दिपक), लोकेन्द्र फागु, भोजराज न्यौपाने, महेन्द्र प्रधान, कृष्ण भट्टराई, गणेश सुब्बा, मुरारी भट्टराई, नारद राई, प्रवीण
राई, देउमान तापमादेन र पदम लिम्बुलाई प्रत्यासी बनाउने निर्णय भइसकेको छ । धरानको प्रमुखमा कुशल संगठनकर्ता, दश बर्ष नगर सभापतिको जिम्मेवारी सम्हाली सक्नु भएका, अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष किशोर राई र नगर सभापति तिलक राईमध्ये एकजनालाई उमेद्वारी बनाउने देखिएको छ भने उपप्रमुखमा बौद्धिक महिलाको पहिचान बनाउनु भएकी कुशल वाक पटु भएकी श्यामा रेग्मीलाई नै उमेदवारी बनाउने निश्चित जस्तै देखिएको छ ।
उता इटहरी उपमहा नगरपालिकामा समेत नेपाली काँग्रेसका नगर सभापति कुशल संगठक हेमकर्ण पौड्याल र रोहित प्रसाईमध्ये एकलाई प्रमुखको प्रत्यासी बनाउने देखिएको छ । यी दुईमध्ये पौड्यालले उमेद्वारी पाएमा नेपाली काँगेस इटहरी उपमहानगरपालिकामा जित्ने सम्भावना धेरै देखिएको स्वयम् प्रतिपक्षीहरुले समेत आंकलन गरेका छन् । यसैगरी उपप्रमुखमा समाजसेवी गीता श्रेष्ठको सम्भावना प्रवल देखिएको छ । इटहरीका २० वटा वडामा वडाअध्यक्षको टुंगो भने लागिसकेको छ । नेपाली कँग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति मणिराम श्रेष्ठले दिनुभएको जानकारी अनुसार २० वटा वडा रहको इटहरीमा उपमहानगरर पालिकामा वडा अध्यक्षमा क्रमशः विष्णु चौधरी, दिपेन्द्र घिमिरे, बालकृष्ण विष्ट, कमल राई, तीर्थ पराजुली, दिपक गौतम, नरबहादुर राई, रोहित चौधरी, इन्द्रप्रसाद रेग्मी, प्रकाश कोइराला, रुपेश चौधरी, हिरा दाहाल, चन्देश्वर सर्दार, रजाक मियाँ, श्रवण चौधरी, जितनारायण चौधरी, भगवान साह,
रामप्रसाद आचार्य, दुर्गाप्रसाद पौडयाल र मणिराम श्रेष्ठ रहनु भएको छ ।
यसैगरी १० वटा वडा रहेको इनरुवा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका जिल्ला सचिव केदार भण्डारी, नगर सभापति राजन मेहता, इन्द्र पोख्रेल, रामपसाद मेहता मध्येबाट प्रत्यासी बन्ने निश्चित देखिएको छ भने उपप्रमुखमा जमुना पोख्रेल, रेखादेवी मेहतामध्ये एकले उमेद्वारी पाउने नेपाली काँग्रेस ुसुनसरीका सचिव सुजेन्द्र तामाङ्गले जानकारी दिनुभयो । यसैगरी वडा अध्यक्षहरुमा एकदेखि क्रमशः रामचन्द्र पोद्धार, श्रवणकुमार यादव, रितेस कुमार पोख्रेल, रमानन्द चौधरी, खेमराज पोख्रेल, सुमन थापाले उमेद्वारी पाउनु भएको छ । वडा नं. ७ मा भने अझै टुंगो लाग्न नसकेपनि वड नं ८ मा रविन्द्र मण्डल, कृष्णसिंह यादव र खलिल अख्तरले उमेद्वारी पाउनु भएको छ । उता रामधुनी नगरपालिका (झुम्का) का प्रमुख र उप्रमुखको टुंगो अझैसम्म लाग्न सकेको छैन । प्रमुखमा उपेन्द्र कटुवाल, जयनारायण चौधरी, सुदिप अधिकारी मध्येबाट एक जनाले उमेदवारी पाउने देखिएको छ भने उपप्रमुखमा विजया कटुवाल, सरस्वती पौड्याल र जानुका चौधरीमध्ये एकले पाउने सचिव तामाङले जानकारी दिनुभयो । रामधुनी नगपालिकाका ९ वटा वडामा वडा अध्यक्षमा क्रमशः महेशकुमार चौधरी, लक्ष्मीप्रसाद बराल, राजकुमार चौधरी, मनिष चौधरी, लेखनाथ बास्तोला, शिवशंकर रायमाझी, जगतबहादुर राई, ज्ञानकुमार र रामचन्द्र चौधरी रहनु भएको छ । यसैगरी बराहक्षेत्र नगरपालिकाको प्रमुखमा बाबुराम विष्ट र उप्रमुखमा पूजा राजधामीले उमेदेवारी पाउनु भएको छ । उहाँहरुको नाममा पार्टीभित्र सर्वसम्मत भएको पार्टीजिल्ला ्रस्रोतले जानकारी दिएको छ भने १० वटा वडामा क्रमशः वडा अध्यक्षमा सुरेश श्रेष्ठ, हरिकृष्ण भट्टराई, तिलक कार्की, विमोह
राणा, दिलबहादुर पौडयाल, उद्धव, रमेश कार्की, शंकर बस्नेत, हरिनारायण चौधरी र नवराज बस्नेतको नाम सर्वसम्मत भइकेको छ । यसैगरी दुहवी नगरपालिकाबाट हाजी मोहम्मद अलिमियाँ, गौरीशंंकर रौनियार, सत्य नारायण गच्छदार प्रमुखमा आकाक्षी देखिए पनि गौरशंकर
रौनियार र कल्पना कार्कीले प्रमुख उपप्रमुखको उमेद्वारी पाउने निश्चित देखिएको छ । यसैगरी उक्त नगरपालिकाबाट वडा अध्यक्षमा जलिल रैन अरुण चौधरी, सुवर्ण चौधरी, गुलाबी मियाँ , गिर्धारी हलवाई, अविराम मण्डल, तारिख चौधरी र ओम थापामध्य एक, मेहदी हुसैन, तुलाराम चौधरी, अशोक माझी, भुवनेश्वर मण्डल वडा अध्यक्षमा उमेद्वारी पाउनु भएको छ ।
उता सुनसरीका ६ वटागाउँ पालिकामध्ये वर्जु गाउँपालिकाबाट इस्मायल अन्सारी, गढी गाउँ पालिकाबाट श्रीपसाद यादव, देवानञ्ज गाउँ पालिकाबाट लालिपसाद मेहता, कोशी गाउँ पालिकाबाट अयुव अन्सारी,हरिनगरा गाउँपालिकाबाट गफार अन्सारी र भोक्राह गाउँ पालिकाबाट अजमल अख्तर मियाले प्रत्यासी हुने सौभाग्य पाउनु हुने भएको छ ।
