धरान/थुइक्क निरीह र संवेदनहीन सरकार आÏना नागरिकलाई न्याय दिन सक्दैन भन्ने पछिल्लो ज्वलन्त उदाहरण बनेका छन् नन्द्रप्रसाद अधिकारी । आÏना छोराका हत्यारालाई कारबाहीको माग राखी ३ सय ३२ दिनदेखि आमरण अनसनमा बसेका गोरखा फुजेलका नन्द्रप्रसाद अधिकारीको सोमबार सााझ पााच बजेर पााच मिनेटमा बीर अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएपछि देशभित्रमात्र हैन देशबाहिर समेत
सरकार र माओवादी दुवै अपराधी मात्र हैन हत्यारा सावित भएका छन् ।
आफ्ना नागरिकमाथि न्याय गर्नु राज्यको पहिलो कर्तव्य हो । नागरिकले राज्यबाट न्याय नै नपाउने हो भने त्यस्तो राज्यको औचित्य के ? लाचार सरकार, राजनीतिक दल र मानव अधिकारको भेषमा डलरको खेती गर्नेहरुकै कारण भोलि यहाा अनगिन्ती सिके राउत जन्मन सक्छन् । जसले मधेश नेपालबाट अलग देश बन्नुपर्छ, मधेश नेपालको अंग बन्न सक्दैन भन्ने अभियान चलाएर हिडेका छन् ।
न्यायको याचना गर्दै आमरण अनसनमा जीवन उत्सर्ग गर्ने नन्दप्रसाद अधिकारी नेपालका पहिलो व्यक्ति बनेका छन् । उनको मृत्युले नेपालमा सरकारविहीनताले पुष्टि गरेको छ भने न्यायको वकालत गरेर नथाक्ने डलरेहरुको मुखमा कालो पोतिएको छ । नेपालको इतिहासमा काजी भिम मल्लकी पत्नीले ज्यनमाराको देशमा जन्मिएकी रहेछु मेरो ज्यान जान लाग्दा पनि बचाउने कोही भएन भनेको वाक्यांश नन्दप्रसाद अधिकारीले पनि मृत्युवरण हुनुभन्दा चारदिन अगाडि वीर अस्पतालका चिकित्सकसाग भनेका थिए । दश बर्ष अगाडि माओवादीद्वारा अपहरण गरी चरम यातना दिएर हत्या गरिएका आफ्ना छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कानुनी घेरामा ल्याई
कारबाही गर्नु सरकारको पहिलो कर्तव्य थियो । चिकित्कीय प्रयासले मात्र अब नन्दप्रसादलाई बचाउन सकिदैन भनेर सरकार र सरोकारवालालाई वीर अस्पतालका चिकित्सकले भनिसकेका थिए । तर सरकारले अधिकारीलाई न्याय दिलाउनुको सट्टा जबरजस्ती खाना खुवाउनु भन्ने आदेश दियो । चिकित्सकका लागि त्यो सम्भव थिएन ।
छोराको हत्यारालाई कारबाहीको माग राखी नन्दप्रसादसागै उनकी पत्नी गंगामाया समेत आमरण अनसनमा छिन् । पतिको निधन भएको थाहा पाउनासाथ उनी आाशुविहीन आाखा लिएर डाको छोडेर रोइरहेकी छन् । चिकित्सकका अनुसार उनको आाखामा आसु आएको छैन । आाशु सुकिसकेको छ । उनको अवस्था अत्यन्तै दयनीय छ । चिकित्सकका अनुसार अब उनलाई पनि धेरै दिन बचाउन सकिदैन । नन्दप्रसादको मृत्यु न्यायिक क्षेत्रमै एक धब्बा हो । संसारमा न्याय माग्दै अनसनमा बसेका अनसनमै मृत्यु भएका घटना दुर्लभै भेटिन्छन् । सन् १९८१ मा बेलायतमा स्वतन्त्रता माग्दै अनसमा बसेका आइरिस रिपब्लीकन आर्मीका नेता बबी स्याङर्याङसहित उनका आधा दर्जन समर्थकको मृत्यु भएको थियो । केही समय अगाडि भारतमा पनि एक महिलाको १० बर्ष लामो अनसनकै क्रममा मृत्यु भएको थियो । जे होस् नन्दप्रसाद अधिकारीको मृत्युले गणतान्त्रिक नेपालको अनुहारमा कालो धब्बा लागेको छ ।
