काठमाडौं / भारतका गृहमन्त्री
राजनाथ सिंहले नेपालको सामाजिक–आथिर्क विकासमा सघाउन भारत तत्पर रहेको बताउनुभएको छ ।
काठमाडौंमा सम्पन्न सार्कका गृहमन्त्रीहरुको छैटौँ बैठकमा भाग लिएर भारत फकिर्नु अघि आयोजित पत्रकार सम्मेलनमा सिंहले नेपाल सरकारले विकास निर्माण योजना बनाएर भारतसमक्ष प्रस्तुत गरेमा जस्तोसुकै सहयोग गर्न आफ्नो मुलुक तयार रहेको बताउनुभयो । भारतले नेपालमा शान्ति, स्थायित्व र समृद्धि होस् भन्ने चाहेको भन्दै उहााले दुवै मुलुक शान्ति, समृद्धि र स्थायित्वका निम्ति परिपूरक भएको बताउनुभयो ।
प्रमुख दलका शीर्ष नेताहरुलाई भेट्नु भएका उहााले नेपालमा लोकतान्त्रिक र समावेशी संविधान तोकिएको मितिमा जारी हुनेमा भारत विश्वस्त रहेको बताउनुभयो । नेताहरुले समयमा संविधान जारी गरेर नेपाललाई विकास–निर्माणको बाटोमा अग्रसर गराउने प्रतिबद्धता व्यक्त गरेको समेत उहाले जानकारी दिनुभयो । माथिल्लो कर्णाली जलविद्युत परियोजनाको पीडीए हुनु भारत र नेपालका लागि ठूलो उपलब्धि भएको भन्दै उहााले भन्नुभयो–‘विकासका साझेदार हामीले एकअर्काका भावना र चाहनाको कदर गर्दै दुवै देशका जनताको हित प्रवद्र्धनमा अघि बढ्नुपर्छ ।’
सार्क मन्त्रिस्तरीय बैठकमा आतंकवाद, आपराधिक गतिविधि नियन्त्रण, जाली नोटको कारोबार, मानव तस्करी, लागुऔषध ओसारपसारलगायत सार्क क्षेत्रबाट अपराधलाई निमिटयान्न पार्न एकताबद्ध भई अघि बढ्ने सहमति भएको जानकारी भारतीय गृहमन्त्रीले दिनुभएको छ ।
