आतंक विरुद्ध सार्क राष्ट्रहरु

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का छैठौ गृहमन्त्री स्तरीय वैठकले सार्क क्षेत्र भित्रको आतंकवाद, अतिवाद र नयाा नयाा प्रविधि उपयोग गर्दै हुने गरेका अपराध नियन्त्रणमा साझा संयन्त्र तयार गरेर अघि बढ्ने सहमति भएको छ ।
२०६१/०६२ मा पूर्व राजा ज्ञानेन्द्र साहले सार्क सम्मेलनलाई सम्बोधन गर्दै भनेका थिए आतंकवादको कुनै सीमा र धर्म हुादैन, आतंकवादका विरुद्ध विरुद्ध दक्षिण एसियाली राष्ट्रहरुको सामुहिक प्रतिवद्धता हुनुपर्छ । त्यसबेला मुलुकमा माओवादीको द्वन्द्व चरमोत्कर्षमा रहेको थियो भने दलहरु राजाले सत्ता शासन आफ्नो हातमा लिएको भन्दै तिनै माओवादी जसले आतंक मच्चाइरहेको थियो तिनैसाग सााठगााठ गरी आन्दोलन चर्काउदै थिए । त्यसबेला राजा ज्ञानेन्द्रका संकेत माओवादीतर्फ नै थियो ।
नेपाल, भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान, अफगानस्थानका गृहमन्त्रीहरुले आज आएर आतंकवाद विरुद्ध संगै जाने सहमति गरेका छन् । आतंकवाद, अतिवाद र असहिष्णुताले  सबै क्षेत्र जोखिममा परेको भन्दै त्यसको नियन्त्रणका लागि एक मुलुकले अर्को मुलुकलाई सघाउने प्रतिवद्धता पनि गरेका छन् । आज भारत पनि मुस्लिम आतंकबाद, माओवादी आतंकबादका विरुद्ध संघर्ष गर्दै यसको नियन्त्रणका लागि सार्क अभिसन्धी र  महासन्धीलाई व्यवहारमा उतार्ने सहमति समेत भएको छ । सार्क गठन भएको आज झण्डै तीनदशक हुन लाग्यो । नेपाल, पाकिस्तान, भारत, अफगानस्थान, आतंकको सबैभन्दा ठूलो चपेटामा पर्‍यो । हुत त्यसभन्दा अगाडि पनि यो देशहरुमा आतंकवादी घट्ना नभएका होइनन् । तर ढिलै भएपनि राजा ज्ञानेन्द्रले सार्क शिखर सम्मेलनमा यो कुरा पहिलो पटक उठाएका थिए । त्यस भन्दा अगाडि आतंकवादका विषयमा सार्क शिखर सम्मेलनमा औपचारिक रुपमा कुनै पनि राष्ट्रले आफ्ना धारणा सार्वजनिक गरेका थिएनन् ।
आज १८ औं सार्क शिखर सम्मेलनको पूर्व सन्ध्यामा सार्क राष्ट्रका गृहमन्त्रीहरुले आफ्नो पहिलो एजेन्डा आतंकवाद विरुद्ध नै बनाउन पुगेका छन् । भारतका गृहमन्त्री राजनाथ सिंहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्कलाई अत्यन्तै महत्व दिएको र क्षेत्रीय सहयोगको प्रभावकारी एवम् विश्व मामिलामा यी देशहरुको आवाज एकीकृत रुपले जानेमा आफू विश्वस्त
रहेको बताउनुभएको थियो । साझा संस्कृति, सिद्धान्त ,मान्यता र परम्परामात्र नभएर दक्षिण एसिया प्राकृतिक एवम् मानव संसाधनका दृष्टिले सम्पन्न भएको धारणा राख्दै उहााले मुलुकलाई शान्ति र समृद्ध तुल्याउन तिनको समुचित उपयोग आवश्यक छ भन्ने कुरामा पनि सिंहले जोड दिनुभएको थियो । बैठकमा दक्षिण एसियाका जनताको जीवन स्तरमा सुधार ल्याउन क्षेत्रीय सहयोगको अपरिहार्यतालाई दृष्टिगत गरी सार्क स्थापना भएकोले सम्झौता र अभिसन्धीमा चुस्ता दिनुपर्ने कुरामा प्रधानमन्त्री सुशिल
कोइरालाले जोड दिनुभएको थियो । सार्कमा आवद्ध देशहरु कुनै पनि एक न एक समस्याबाट ग्रसित छन् । कही भ्रष्टाचार  आतंकको पर्याय बनेको छ भने कही लागू औषध, सामुहिक लुट, चेलिबेटी बेचविखन र नरसंहार भएका छन् , हुदैछन् ।

तपाईको प्रतिक्रिया