दिपक गौतम । इटहरीका स्थानीय बासिन्दा, राजनैतिक दल, सामाजिक अभियन्ता, उद्योगी,व्यवसायीका निम्ति चीर परिचित नाम हो दिपक गौतम । युवाहरुबीचमा अत्यन्तै लोकप्रिय, शालिन तथा भद्र गौतमलाई आगामी असार ९ गते हुने दोस्रो चरण अन्तर्गतको स्थानीय तह निर्वाचनमा पूर्वाञ्चलकै उम्दो व्यवसायिक नगरी इटहरी उपमहानगरपालिका वडा नंं ६ बाट नेपाली काँग्रेसले वडा अध्यक्षको प्रत्यासी बनाएको छ ।
इटहरी उपमहानगरपालिका वडा नं. ६ साविकको वडा नं. १ हरेक दृष्टिले महत्वपूर्ण वडा हो । इटहरीको मात्र नभएर पूर्वाञ्चलकै व्यापार व्यवसाय यही वडामा केन्द्रित रहेको छ । यद्यपि, यस वडामा समस्याका चाङ्गहरु पनि त्यतिकै छन् । झण्डै २० बर्षदेखि जन प्रतिनिधि नहुँदा कर्मचारीको मनोमालिन्यमा स्थानीय निकाय सञ्चालन हुँदा विकास, सुशासन तथा अन्य व्यवस्थापनले गति लिन सकेन ।
यतिबेला प्राय ः सबै दलतहरु मतदाताहरुलाई प्रभावित पार्न र आफ्नो पक्षमा लविङ्ग गर्न घरदैलो कार्यक्रममा व्यस्त हुन थालेका छन् । गौतम समेत यतिबेला दर्जनौ नेपाली काँग्रेसका कार्यकर्ता र शुभेच्छुकहरुका साथ नेपाली काँग्रेसलाई मत माग्न व्यस्त हुनु भएको छ । वास्तवमै भन्ने हो भने गौतमको उमेदवारीले अन्य दलहरु तिल्मिलाउन थालेका छन् । गौतमसँग प्रतिष्पर्धा गर्न सक्ने उमेद्वारको खोजीमा अन्य दलहरु झण्डै १० दिनदेखि लाग्नुले पनि यही कुराको पुष्टि गर्छ । यसपटक हामीले युवा उद्यमी, समाजसेवी समेत रहनु भएका वडा नं.. ६ का नेपाली काँग्रेसका सशक्त प्रत्यासी गौतमसँग घर दैलो र्काक्रमकै
दौरानमा संक्षिप्त कुराकानी गरेका छौं । प्रस्तुत छन् कुराकानीका सार संक्षेप ः
द्धइटहरी उपमहानगरपालिका वडा नं. ६ जुन हरेक दृष्टिकोणले महत्वपूर्ण वडा हो त्यसबाट नेपाली काँग्रेसले तपाईलाई वडा अध्यक्षमा प्रत्यासी बनाएको छ। अहिले घरदैलो गर्दा माहोल कस्तो पाउनु भएको छ ?
–जनताहरु अत्यन्तै उत्साहित छन् । पहिलो पटक आफ्नो सरकार जुन पुनसंरचना गरेर स्थानीयकरणको संविधान प्रदत्त जुन व्यवस्था भएको छ यसले धेरै मतदातालाई मैले उत्साहित पाएको छु । जहाँसम्म नेपाली कँग्रेसको सन्दर्भ छ उमेद्वारीको त्यसमा पनि मेरै वडाको जुन नेपाली काँग्रसले शान्ति र संविधान देशमा ल्यायो त्यही अन्तर्गत हामी सम्मृद्धिको अभियानमा छौं । मुलभुत रुपमा हामीले वडामा विकास, समृद्धि र सुशासन वडा नं. ६ मा स्थानीयकरण भन्ने एजेन्डा बनाएका छौं । मुख्य रुपमा विकासका पूर्वाधार, सम्मृद्धिका कुराहरु जुन आज मात्र नभएर १० बर्षपछि २० बर्षपछि इटहरी कस्तो बनाउने भन्ने कुरामा हामी सचेत छौं । मुख्य गरी प्रशासनिक सुशासनका कुरा, जनमैत्री प्रशासनका कुराहरुमा अझ बढी जनतालाई जनताद्वारा उहाँहरुकै प्रशासन हो भन्ने जनतामैत्री, वडामैत्री नागरिक मैत्री बनाउने काममा नै हामी अगाडि बढ्ने छौ र बढेका छौं ।
द्धतपाईको विचारमा वडा नं ६ मा समस्याहरु के के छन् । तपाई निर्वाचित भएर आएपछि त्यसको समाधान
कसरी गर्नुहुन्छ ?
–मुलुभुत रुपमा हाम्रो वडाको समस्या भनेको ढलको हो । यहाँ केही ढलहरु पुरिएका छन् । पुराना पुरिएका ढलहरुलाई उत्खनन् गर्नुपरेको छ, निर्माण गर्नुपरेको छ । त्यसपछि नयाँ आधुनिक ढलहरु बनाउन मास्टर ड्रेन बजनाउनु परेको छ । इटहरीका पुराना, साविकका ७÷८ वडा ३२÷३४ सालदेखि बग्दै आएका जसले हाम्रो उत्तरदेखि दक्षिणतर्फ पानीको वहाव लिएर जान्छन् त्यसलाई उचित मास्टर ड्रेन बनाएर बहाव गराउनुपर्छ । हामो मुख्य समस्या डुवान नै हो । जसमा हामीले शेरा खोलामा तटबन्ध गर्ने, अर्को मुख्य समस्या भनेको यहाँ ट्राफिकको हो । चौतफी रुपमा आकाशे पुल बनाउनु पर्छ । ट्राफिक व्यवस्थापन गर्न ट्राफिक लाइट, सिसी क्यामेराहरु जडान, सार्वजनिक सौचालय । यो मुख्य राजधानी वडा भएकोले यहाँको जनघनत्व र पहुँचलाई ध्यानमा राखेर कला साहित्य, संस्कृति, औद्योगिक
प्रदर्शनका लागि सभागृह आवश्यक छ । त्यसैगरी अन्तर वडा साझेदारी कार्यक्रम अन्तर्गत वा नेपाल सरकारको अनुदानबाट हुन्छ कि एउटा सामुदायिक सिटी अस्पताल बनाउने परिकल्पना
गरेका छौ । मुख्य गरी यहाँ सडक बालबालिकाको समस्या पनि चर्को छ ।
द्धयसलाई व्यवस्थापन गर्न के सोच्नु भएको छ ?
–सडक बालबालिकाका लागि एउटा अत्याधुनिक सुधार केन्द्र निर्माण गर्ने सोचमा छौं । यो वडा स्तरबाटै निर्माणको पहल गर्नेछौं । हामीले जेष्ठ नागरिक सेवा गर्ने निर्माण गदैछौं । खेलकुदको विकासका वडाबाटै प्रमोड गरौं भनेर खेलकुद केन्द्र निर्माणको पहल गर्ने छौं । जेष्ठ नागरिक सेवा केन्द्रबाटै उहाँहरुको भत्ता वितरण गर्ने, स्वास्थ्य शिविर पनि त्यहीबाट वा जेष्ठ नागरिक सेवा केन्द्रबाट सञ्चालन गर्ने सोच बनाएका छौै । अहिले जेष्ठ नागरिकले भत्ता लिन धेरै असहजता भएको छ । घण्टौ लाइनमा लाग्दा उहाँहरुको स्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेको छ । सम्भव भएसम्म स्वस्थ्य विभागसँग समन्वय गरेर प्रेसर र डाइविटिजको औषधि वितरण गर्ने कुरालाई प्राथमिकतामा राखेका छांै ।
द्धवडाका नागरिकहरुबाट तपाइहरुको योजनामा कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
–वडाहरु एकदमै सकारात्मक हुनुहुन्छ । उहाँहरु परिवर्तनका लागि आतुर हुनुहुन्छ । यस भन्दा अगाडि एउटै व्यक्तिले नेतृत्व गर्दा कुनै परिवर्तन आएन भन्नुहुन्छ । पूर्वाधार, विकास र सुशासनका कुराहरु वडाबासीहरु लालायित हुनुहुन्छ । विकास निर्माणमा भ्रष्टाचार शून्य सहनशिलताको कुरा हुनुपथ्र्यो । यसको क्वालिटी मेन्टेन्स, परिणामुखी विकास भएनन् भन्ने उहाँहरुको गुनासो छ । उहाँहरुकै प्रोत्साहनले म पनि उत्साहित भएको छु । अलिकति सोच के पनि छ भने युवाहरुले नै गर्न सक्छ, एउटै व्यक्तिलाई दिनुहुँदैन भन्ने पनि छ । २० बर्ष अगाडि पनि एउटै दलको एउटै व्यक्ति हुनु भएन भन्ने उहाँहरुको मान्यता छ । युवाहरुमा नवितम सोच, पद्धति, ज्ञान हुन्छ भन्ने उहाँहरुको विचार रहेको मैले पाएँ ।
द्धआफ्ना मतदाताहरुलाई तपाई के भन्न चाहनुहुन्छ ?
–विशेष त बीस बर्ष पछि यो स्थानीय स्तरमा सबैभन्दा अधिकतम अधिकार दिएर राज्यले व्यवस्था गरेको छ आफ्नो शासन आफैद्वारा सिर्जित र आफैद्वारा उपयोग गर्ने हो । यसमा हामीले बढी भन्दा बढी मतदान गर्न जानुपर्छ । मत शिक्षा पनि हामीले यहाँका मतदाताहरुलाई दिइरहेका छौं । चुनावको वातावरण बनाउने पनि हाम्रैं सामाजिक दायित्व हो । हामी सबैले सौहाद्र्ध रुपमा मतदानमा जानुपर्छ । साथै यहाँका सम्पूर्ण सचेत मतदाताहरुले यसपटक परिवर्तनलाई आत्मसात गर्नुुहुनेछ भन्ने मलाई लागेको छ ।
