ऐतिहासिक मठ मन्दिर जोगाउन स्थानीय लागि परे

धरान÷ पछिल्लो समय इतिहास बोकेको मठ मन्दिरको मर्मत तथा सम्भार हुन नसक्दा जीर्ण बन्दै गएपछि यस्ता ऐतिहासिक मठ मन्दिर संरक्षणमा सर्वसाधारण लागि परेका छन् ।
संरक्षणका लागि उनीहरुले कोष जम्मा गर्नेदेखि लिएर नेपाल सरकारको संस्कृति मन्त्रालय अन्तर्गत पर्ने पुरातात्विक विभागसंग संरक्षणका लागि अनुरोध गर्ने कामलाई तिब्रता दिएका छन् ।
यसै अनुरुप धरानको विजयपुरमा
रहेको ऐतिहासिक मन्दिर बुढासुब्बा
मन्दिरको छानो जीर्ण भई चुहिने भएपछि स्थानीयहरुकै पहलमा पुरातात्विक विभागमा मर्मत संभारका लागि निवेदन नै दिएपछि विभागका महानिर्देशक भेषनारायण दाहालको नेतृत्वमा टोलीले बुढासु्ब्बा मन्दिरको अनुगमन गरेर फर्केको छ । सो अवसरमा बोल्दै महानिर्देशक दाहालले
पुरातात्विक विभागले सय बर्ष नाघिसकेका मठ मन्दिरलाई स्वरुप परिवर्तन नगरी मर्मत सम्भार गर्ने कामलाई शुरुवात गर्ने योजना अनुरुप बुढासुब्बा मन्दिरको छाना मर्मत सम्मारका लागि अनुगमनका बुढासु्ब्बा मन्दिरमा आएको बताउनुभयो ।
उहाले स्थानीय तथा मठ मन्दिर सञ्चालक समितिले तदरुकता नदेखाएसम्म पुरातात्विक विभागलाई यस सम्बन्धी केही जानकारी नहुने भएकोले बुढासुब्बा मन्दिरको छाना जीर्णोद्धारमा जसरी यहाका समिति, स्थानीयहरुले सक्रियता देखाए अन्य स्थानका सर्वसाधारणलाई समेत यस्तै तदरुकता देखाउन आग्रह गर्नुभयो । उहाले यहाँ मात्र हैन नेपाल अधिराज्यभरका मठ मन्दिर, पाटी
चौताराको अवस्था लथालिग भएको बताउदै यसलाई स्वरुप नविगारी मर्मत गर्ने काम परातात्विक विभागले गर्ने आश्वसन समेत दिनुभयो ।
विजयपुरमा आधा दर्जनभन्दा बढी यस्ता जीर्ण मठ मन्दिरहरु
रहेका छन् । पहिलो चरणमा बुढासुुब्बाको मर्मत सम्भार हुन लागेकोप्रति त्यहाँका पुजारी समेत हर्षित बनेका छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवम् पुजारी अशोक आले मगरले यहाँको छाना जीर्ण भएर चुहिने अवस्थामा पुगेकोले यो मर्मत हुनु खुशीको कुरा भएको बताउनुभयो । यो संगै पार्किङ, खानेपानी समस्या लगायतका समस्या अझै रहेकोले यहाँ आउने भक्तजनहरुलाई समस्या हुने गरेको बताउनुभयो ।
त्यसो त ऐतिहासिक महत्व बोकेको यस मन्दिरको संरक्षणमा स्थानीयहरु समेत जुटेका छन् । विगतदेखि नै विजयपुरमा रहेको बुढासुब्बा मन्दिरको संरक्षणमा लागेको विजयपुर म्युजिकले समेत यस मन्दिरको लागि ५ लाख रुपैया अक्षयकोष जम्मा गरेको विजयपुर म्युजिकका सञ्चालक नवराज गिरीले बताउनुभयो ।
बुढासु्ब्बा मन्दिरमा आफ्नो मनोकांक्षा पूरा हुने अपेक्षासहित नेपाल लगायत भारतबाट दैनिक २ सयदेखि ३ सय भक्तजनहरु यस मन्दिरमा पुजाआजा गर्न आउने गरेका छन् । अन्य दिन भन्दा यस मन्दिरमा मंगलबार र शनिवार बढी भीड हुने गरेको छ । यस मन्दिरमा कुखुराको भाले पोथी बली दिने चलन छ भने यो मात्र एउटा मन्दिर हो जहाँ
सुगुरको समेत बली दिने गरिन्छ । यहा बुढासु्ब्बा र सु््ब्बेनीले शिकार खेल्दा गाडेको गुलेलीबाट उम्रेको टुप्पो नभएको बासको विश्वभरि नै चर्चा हुने गरेको छ । यस्ता ऐतिहासिक मठ मन्दिरको संरक्षणमा स्थानीयले देखाएको तदरुकतको स्थानीय
स्तरबाट नै प्रशंसा भएको छ ।

तपाईको प्रतिक्रिया