सम्पूर्ण इसाई धर्मको प्रतिनिधित्व गर्र्दै धरान उपमहानगरपालिकाको उपमेयर पदमा मेहरमान ह्युज (गिरी) ले स्वतन्त्रबाट सोमबार उपमेयरमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
धरानको समग्र विकाससगै उत्पीडनमा परेका र पिछडिएका वर्गहरुको अधिकारलाई स्थापित गर्न आफूले उमेद्वारी दिएको उपमेयरका उमेद्वार गिरीले बताउनुभएको छ । दलहरुको घोषणापत्रमा सडक बालबालिका तथा अनाथ बालबालिकाको विषयमा कही कतै उल्लेख नगरेका कारण यसलाई प्राथमिकतामा राखेर काम गर्न पनि आफ्नो उमेद्वारी घोषणा गर्नुपरेको बताउनुभयो ।
उहाले भावुक मुद्रामा आफू पनि सानैदेखि अनाथालयमा हुर्केको र बढेकोले नागरिकता लिने क्रममा आफूले धेर्रै सास्ती भोग्नुपरेको बताउदै ेअनाथ तथा सडक बालबालिकाको अधिकारको हक अधिकारका कामलाई सहज बनाउन पनि आफ्नो
उमेद्वारी आवश्यकता महसुस गरी उमेद्वारी दिएको बताउनुभयो ।
धरानमा करिव १५ हजारभन्दा बढी इसाई परिवारहरु रहेका छन् । जसमध्ये भोटरको संख्या करिव ७ हजारको हाराहारीमा रहेको बताउदै सबै इसाइ परिवारलाई आफूलाई जिताउन आग्रह समेत गर्नुभयो ।
घोषणासभामा बोल्दै पूर्वाञ्चल इसाई समाजका अध्यक्ष भीमकुवेर गुरुङले दलहरुसँग तालमेल गर्दै चुनावी प्रचारमा लाग्ने बताउनुभयो ।
उहाले धरानका अन्य उमेद्वारमध्ये ७ वडामा सदस्यहरु इसाइबाट नै भएकोले उहाहरुलाई भोट दिई जिताउन समेत घोषणासभामा आग्रह गर्नुभयो ।
त्र
