धरान÷नेकपा एमालेले आफ्नो चुनावी दौरान अन्तर्गत सोमबार आफ्नै चुनावी कार्यालय धरान १६ मा वृहत रक्तदानसँगै पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।
सुनसरी क्षेत्र नं. १ का सभासद कृष्णकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा ७५ पिन्ट
रगत संकलन भएको थियो भने १ सय ३ जना विभिन्न पार्टीबाट पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।
नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका पूर्व क्षेत्रीय सभापति तिलक राई (काजी) को नेतृत्वमा १ सय ३ जना एमाले प्रवेश गरेको नगर सदस्य घनश्याम बुढाथोकीले जानकारी दिनुभयो । सो अवसरमा बोल्दै एमाले सभासद कृष्णकुमार राईले भन्नुभयो, आफ्नै नीति आफ्नै नेतृत्वमा भन्ने नाराका साथ मुलुकको समृद्धिमा अग्रसर एमालेलाई यही असार ९ गते हुने निर्वाचनमा अत्याधिक बहुमतले विजयी गराउन युवापंक्तिहरु लाग्नुपर्छ । सुदन केसीको संयोजकत्वमा सम्पन्न रक्तदान कार्यक्रममा युवा संघ धरान नगर अध्यक्ष राजेन्द्र राई, वडा नं. १६ का एमालेका तर्फबाट वडा अध्यक्षका उमेद्वार दिलकुमार गिरी लगायतले सो अवसरमा बोल्नु भएको थियो ।
