बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड मुनाफामा

धरान/आजभन्दा ६ बर्ष अगाडि अर्थात २०६६ साल भाद्र २१ गते विधिवत रुपमा सहकारीमा दर्ता भई सञ्चालनमा आएको बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मुनाफा आर्जन गर्न सफल भएको छ ।
संस्थाको असोज ४ गते भएको पााचौ साधारण सभामा संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्माले दिएको जानकारी अनुसार संस्थाको हालसम्मको मुनाफा १६ लाख ६९ हजार १ सय २४ रहेको जानकारी दिनुभयो । उहााका अनुसार हालसम्मको सेयर सदस्य ६ सय ५ जना रहेको र महिला ३ सय ४३ र पुरुष २ सय ६२ रहेको छ । शेयर रकम २०७१ असार मसान्तसम्म रु ८० लाख ९३ हजार ९ सय, निक्षेप सकलन रु २१
करोड, ९५ लाख ८६ हजार ८ सय ८९, ऋण लगानी २० लाख र आव २०७०/०७१ को खुद मुनाफा ८ लाख ७७ हजार ७ सय २३ रहेको समेत उहाले जानकारी दिनुभयो ।
‘हामी सबैको बराह आर्थिक उन्नतिको सहरा’ भन्ने मूल नाराका साथ सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीमा दर्ता भई धरानलाई कार्य क्षेत्र बनाएको संस्थाले आर्थिक रुपमा पछि परेका वर्ग र समुदायहरुलई आर्थिक क्रियाकलापको मुलधारमा ल्याउने उद्देश्य र परिकल्पना अनुसार स्थापना भएको
हो । संस्थाका परिकल्पनाकार स्व. इन्द्रकुमार लामिछाने, तत्कालीन तदर्थ समितिका संयोजक मानबहादुर विक, पूर्णकुमार कालिकोटे, विकास लाम्गादे, कानुनी सल्लाहकार अवइन्द्र निरौला, हिमप्रसाद आखेवा संस्थाका संस्थापक शेयर सदस्यहरुको अथक परिश्रम र लगानीका कारण संस्था यो अवस्थामा आइपुगेको लेखा समितिका संयोजक सुदिन विकले प्रष्ट्याउनुभयो ।
स्थानीय गीता मन्दिरको बंशीकला सदनमा भएको उक्त साधारणसभाको सभापतित्व संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्माले गर्नुभएको थियो भने सहकारी संस्थाका केन्द्रीय सल्लाहकार सोमबहादु श्रेष्ठ, अवइन्द्र निरौला,सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठ लगायतले आफ्ना धारणा राख्नुभएको थियो भने सञ्चालन पूर्णकुमार विश्वकर्माले गर्नुभएको थियो ।
त्र

तपाईको प्रतिक्रिया