विराटचौक (मोरङ)/आम्मै नानीको लागि यति राम्रो सानो जुत्ता † मलाई त अर्को नानी पनि पाउा पाउ जस्तो पो लाग्यो । यो भन्दा उनीसागै आएका सहपाठीहरु पेट मिचीमिची हाास्न थाले भने अरु ग्राहकहरु ट्वाल्ल परेर उनलाई हेरिरहेका थिए ।
आइतबार दशै चहलपहल बुझ्न मोरङ्गको विराटचौकस्थित गोरखा डिपार्टमेन्ट स्टोरको विस्तारित पहिलो शाखामा पुग्दा महिला ग्राहकबीचमा यस्तै संवाद सुनियो । मोरङ्गको लेटाङबाट दशौको किनमेल गर्न विस्तारित शाखाको तेस्रो तलामा नानीहरुका लागि चाहिने जुत्ता चप्पल र अन्य लत्ता कपडा छान्दै गरेकी ग्रिष्मा घिमिरे यस्तै ठट्यौली गर्दै थिइन् । उनी भन्दै थिइन नानीहरुका लागि यस्ता राम्रा राम्रा जुत्ता चप्पल लत्ता कपडा पाइादो रहेछ । दशौको बेला त हो नि † अरुबेला घरबाट निस्केर हिाड्न भ्याइन्न । खेतिपाति, छोराछेी–बुढाबुढीको स्याहारसुसार, स्कुल ल्याउदै र पुर्याउादैमा दिन जान्छ । उनी जस्तै फुर्सद निकालेर दशैको किनमेल गर्न आएकाहरु पनि नानीहरुका लागि आवश्यक सामानहरु छानिरहेका थिए ।
छोटो समयमा उपभोक्ताको भीड
१६ बर्ष अगाडि अर्थात २०५६ साल असार २ गते इटहरीमा सााघुरा दुई चार वटा भाडाका कोठाबाट शुरु भएको गोरखा डिपार्टमेन्ट स्टोर राजधानी बाहिर पूर्वाञ्चलमा खोलिएको पहिलो डिपार्टमेन्ट स्टोर हो । १६ बर्षमा यसले पूर्वाञ्चलका उपभोक्ताको मात्र नभएर भारतका कतिपय स्थानका ग्राहकको समेत मन जितेको छ । बढ्दो सहरीकरण र ग्रामीण उपभोक्ताहरुको सम्पूर्ण आवश्यकतालाई ध्यानमा राखी मोरङको विराटचौकमा भदौ १८ गते पहिलो शाखा विस्तार भएको छाटो समयमै दैनिक ४ सय देखि ५ सयको हाराहारीमा ग्राहकहरु आउने गरेको स्टोरका सुपरभाइजर खेम खत्रीले जानकारी दिनुभयो । दैनिक ४ सय देखि ५ सय ग्राहक आउनुहुन्छ, यसलाई उपलब्धीमुलक नै मान्नुपर्छ उहााले भन्नुभयो । उहााका अनुसार खास गरेर लेटाङ, शनिश्चरे, हरैचा, खोर्साने, रंगेली, उर्लाबारी, दमकका ग्राहकहरु भीड विस्तारित शाखामा देखिने गरेको छ ।
विराटचौकको कुन तलामा के छ ?
गोरखा डिपार्टमेन्ट स्टोर इटहरीकै झल्को दिने गरी आकर्षक ढंगले बनाइएको विस्तारित विराटचौक शााखाको Ïलोर ग्राउण्डमा खाद्यान्न, पेय पदार्थ, बेकरीका हजारौ हाइटम राखिएका छन् । स्वदेशी तथा विदेशी ब्राण्डका इनर्जेटिक पेय पदार्थ, अल्कोहल खाद्यान्न र बेकरीले Ïलोर ग्राउन्ड भरिभराउ छ । अझ गोरखाको आफ्नै १२ प्रकार भन्दा बढीका मिठाई र बेकरी आइटमले ग्राहकहरुलाई राम्रैसाग लोभ्याएको देखिन्छ । बेकरी आइटममा सुजी पप, नमकिन पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेष्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्याटबरी रोल, जाम रोल, टिफिन केके, तिल विस्कुट, वर्थ डे केक, ग्लासेस आदिले ग्राहकलाई विहानदेखि बेलुकैसम्म लोभ्याएको देखिन्छ । विस्तारित शाखाको पहिलो तालामा कस्मेटिक, किचेन वेयर, गिÏट आइटम राखिएका छन् । यस्तै दोस्रो तलामा जेन्स तथा लेडिजका स्वदेशी तथा विदेशी ब्राण्डका लत्ताकपडा, जुत्ता चप्पल, सुट टङली, व्यगेज, ब्लांकेट आदि रहेका छन् भने तेस्रो तलामा भर्खर जन्मिएका र १६ बर्ष मुनिका बालबालिकाका लागि लत्ताकपडा, स्कुल व्याग, खेलौना आदि रहेका छन् ।
रोजगारीको सिर्जना
गोरखा डिपार्टमेन्ट स्टोरले व्यवसायलाई मात्र जोड नदिएर रोजगारीको अवसर सिर्जना गदै सामाजिक
उत्तरदायित्व समेत निर्वाह गर्देै आएको छ । गोरखाको विस्तारित शाखामा ४० जना युवा युवतीले रोजगारी पाएका छन् । त्यसमा पनि ३५ जना युवती
रहेका छन् भने ५ जनामात्र युवा रहेका छन् । कार्यरत सर्वे युवा युवती स्थानीय रहेको स्टोरका सञ्चालक बलराम आचार्यले जानकारी दिनुभयो । स्थानीयलाई नै प्राथमिकता दिनुको प्रमुख उद्देश्य के छ भन्ने जिज्ञासामा आचार्यको कथन छ स्थानीयलाई पहिलो प्राथमिकता दिादा व्यवसायिक प्रतिष्ठानको हरेक दृष्टिले सुरक्षा हुन्छ । स्थानीय नै सक्षम छन् अरुलाई किन राख्ने ? स्थानीय नीता अधिकारी विस्तारित गोरखाको शाखामा काम गर्न पाउादा मख्ख छिन् । क्यासियरको रुपमा कर्यरत उनी विहान बेलुका आफ्नो घरको काम गरेर
रोजगार पाउनुलाई अहोभाग्य सझिन्छिन् । रोजगारको लागि मानिस सात समुन्द्र पारी पुग्नुपर्छ । घर आागनमै रोजगारी पाउादा खुशी र सन्तुष्टि नहुने त कुरै भएन अधिकारी भन्छिन् ।
