धरान÷शिक्षाविद्, समाजसेवी तथा युरेका माध्यमिक विद्यालयका प्राचार्य
राजेन्द्र गुरुङ्ग प्राइभेट स्कुल्स एरिया कोअर्डिनेशन कमिटी (एसीसी) धरानको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
एक साता अगाडि भएको एसीसी धरानको साधारणसभाबाट गुरुङ्ग निर्विरोध चयन हुनुभएको हो । एसीसीमा धरानका व्याब्सन र एन व्याब्सनसँग आवद्ध १ सय ४ वटा विद्यालयहरु सहभागी रहेका छन् । गुरुङ्गको अध्यक्षतामा गठित एसीसी कमिटी १३ सदस्यीय
रहेको छ । जसको उपाधयक्षद्वय प्रभाष राजवंशी, श्रीधन राई, सचिवमा
हरिहर कोइराला, सहसचिवमा विष्णु प्रधान र कोषाध्यक्षमा प्रभा प्रधान
रहनु भएको छ । यसैगरी सदस्यहरुमा रमेश दाहाल, समुन्द्र राई, सुमन जवेगु, चन्द्रबहादुर सुवेदी, वसन
राई, सुजाता राई र रविन न्यौपाने
रहनु भएको छ ।
तीन बर्षे कार्यकाल रहेको नव निर्वाचित अध्यक्ष गुरुङ्गलाई एसीसीको मुख्य उद्देश्का सम्बन्धमा जिज्ञासा राख्दा उहाँले भन्नुभयो, हामीले
धरानलाई शैक्षिक हव बनाउने उद्देश्य राखेक छौं । शिक्षाका नयाँ नयाँ प्रविधि भिœयाएर तालिम, सेमिनार, गोष्ठी र विद्यालय शिक्षाको स्तरलाई अझ कसरी सुधार गर्न सकिन्छ भन्ने नै यसको मुख्य उद्देश्य हो । उहाँले थप्नुभयो एसीसीमा व्याब्सन र एन व्याब्सनमा आवद्ध विद्यालयहरुको सहभागिता रहेको छ । एक आपसमा सहमति र सहकार्य नै यसको प्रमुख उद्देश्य पनि हो । हाल धरानमा ६० वटा विद्यालय व्याब्सनमा आवद्ध छन भने ४४ वटा विद्यालय एन व्याब्सनमा आवद्ध रहेका छन् ।
