विप्लव कार्यकर्तामाथि कडा निगरानी

इनरुवा÷आगामी जेष्ठ ३१ गते हुने दोस्रो चरण अन्तरगतको स्थानीय तह निर्वाचनलाई शान्ति पूर्ण रुपमा सम्पन्न गर्नका लागि सुनसरी प्रहरीले नेकपा
(नेत्रविक्रम चन्द) समूहका नेता तथा कार्यकर्तामाथि कडा निगरानी र धरपकड शुरु गरेको छ ।
स्थानीय तह निर्वाचन खारेज गर भन्दै निर्वाचन हुनै नदिने र अवरोध पु¥याउने एक सुत्रीय एजेन्डा लिएर हिडेको नेकपा कार्यकर्ता तथा नेताहरुमाथि आन्तरिक तथा वाह्य रुपमै सुनसरी प्रहरीले अभियान चलाएको एस.पी. पोषराज पोख्रेलले बताउनुभयो ।
सुनसरी प्रहरीले गत हप्ता निर्वाचन विथोल्ने रणनीति बनाउन गोप्य वैठक गरी रहेको अवस्थामा बराह नगरपालिकाबाट सुनसरी इन्चार्ज युगेन (उदय) सहित ६ जना प्रक्राउ गरेको थियो । एसपी पोख्रेलका अनुसार गोप्य सूचनाको अधारमा उनीहरुलाई प्रक्राउ गरेको हो । बराह क्षेत्र प्रहरी चौकीले युगेनसहित धरान इन्चार्ज सुरज राई, खड्ग राई, मिना धामी, क्षितिज राई, अमृत लिम्बुलाई प्रक्राउ गरेको हो । हाल उनीहरुलाई जिल्ला प्रहरी कार्यालय इनरुवामा
राखिएको छ । विप्लव कार्यकर्ताले सेल्टर लिन सक्ने ठाउँहरुको पहिचान समेत भएकोले प्रहरीले त्यस्ता ठाउँमा
निगरानी बढाएको एसपी पोख्रेलले बताउनुभयो । सुनसरीमा त्यस्ता सेल्टर लिन सक्ने स्थान कुन कुन हो त भन्ने सवालमा उहाँले बताउनु चाहनु भएन । त्यस्ता ठाउँलाई सार्वजनिक गर्दा उनीहरु भागेर अर्को ठाउँमा जान सक्ने भएकोले पनि उजागर गर्न नमिल्ने उहाँको कथन छ ।

तपाईको प्रतिक्रिया