पहिलो चरणको निर्वाचन सम्पन्न

डर, त्रास, आतंक, आगजनी, हत्या, बम विस्फो, धम्कीका बाबजुद पनि स्थानीय निकायको पहिलो चरणको मतदान आइतबार सम्पन्न भएको छ ।
दुई चरणमा गर्ने भनिभएको निर्वाचनको पहिलो चरण बेनामे प्रदेशहरु ३, ४ र ६ मा निर्वाचन भएको छ । निर्वाचनको अघिल्लो दिनसम्म निर्वाच्न हुने नहुने कुरामा मतदाताहरु अन्यौलमा रहेका थिए । केही स्थनमा उमेद्वारको हत्या, अपहरण, निर्वाचन सम्बन्धी सामाग्रीहरुको लुटपाट, प्रहरीको हतियार जफत, प्रतिष्पर्धी दलहरुबीचमा भएका झडप, दर्जनामैको अवस्था चिन्ताजनक र घाइते हुँदा समेत निर्वाचन हुनुलाई एउटा सकारात्मक पाटोको रुपमा लिनुपर्छ ।
पहिलो चरणको निर्वाचनमा प्रदेश नं. ३, ४ र ६ का २ सय ८३ स्थानीय तहको निर्वाचन भएको छ । आइतबार भएको निर्वाचनमा प्रदेश नं. ३ मा १३ वटा जिल्ला रहेका छन् । जसमा महानगरपालिकाको संख्या तीनवटा रहेका थिए । काठमाण्डौ, ललितपुर र भक्तपुर महानगरपालिका हुन् भने हेटौडा उपमहानगरपालिका सहित ४१ नगरपालिका र गाउँपालिकाको संख्या ७४ वटा रहेका छन् । यो प्रदेशमा २७ लाख ६० हजार १ सय ८२ जना मतदाताहरु रहेका छन् भने ३ हजार ४ सय ९१ वटा मतदान केन्द्र तोकिएको छ । यो प्रदेश अन्तर्गत काठमाण्डौ महानगरपालिका र भरतपुर महानगरपालिका समेत रहेकाले मुलुकका सबैको आँखा यही प्रीदेशमा केन्द्रित रहेको छ । अझ भरतपुर नगरपालिकामा प्रधानमन्त्री पुष्पकमल दाहालले आÏनी छोरीलाई प्रमुखमा उमेद्वारी बनाएपछि र नेपाली कँग्रेससँग अप्राकृतिक गठबन्धन गरेपछि सबैका आँखा त्यतातिर मोडिनुलाई सामान्य मानिएको छ । पार्टीमा कुनै योगदान नगरेकी छोरीलाई उमेदगारबनाईपूर्व लडाकू कार्यकर्ताको भवनामा चोट पु¥याएको भन्दै माओवादी केन्द्रकै स्थानीय नेता कार्यकर्ता दहाललाई हराउ अभियानमा लागेका छन् । उता नेपाली कँग्रेसको सुरक्षित क्षेत्रको रुपमा मानिएको भरतपुर महानगरमा काँग्रेसलाई माइनस गरेर चुनावी तालमेल गरेको भन्दै काँग्रेसका कार्यकर्ता नेतृत्वप्रति आक्रोशित भएका छन् ।
यता प्रदेश नं. ४ मा ११ वटा जिल्ला रहेका छन ् । जसमा पोखरा महानगरपालिका सहित २६ वटा नगरपालिका, ५८ वटा गाउँपालिका रहेका छन् । मतदाता संख्या १४ लाख १३ हजार ३ सय ३० र मतदान केन्द्रै १ हजार ९ सय ५२ वटा रहेकाक छन् । यस्तै प्रदेश नं. ६ मा १० जिल्ला रहेका छन् । नगरपालिका पालिका २५, गाउँपालिका ५४, मतदाता संख्या ७ लाख ८३ हजार ४ सय ३२ र मतदान केन्द्र १ हजार १ सय ९९ रहेको छ । यहाँ स्मरणीय कुरा के त भने सम्वेदनशिलाको आधारमा प्रदेश नं. ३, ४ र ६ बढी सुरक्षित रहेको छ । स्थानीय निकायको निर्वाचन समेत दुई चरणमा ग र्नुले पनि सम्वेदनशीलता उजागर गर्छ । आगामी जेठ ३१ गते दोस्रो तरणको निर्वाचन गर्ने र प्रदेश नं. १, २, ५ र ७ रहने छन् । आन्दोलतरन मधेशवादी दल, थरुहट र लिम्बुवानको बाहुल्यता रहेको यी प्रदेशनमा संघर्षरत विभिन्न भूमिगत समूहहरुको गतिविधि भएकोले यी प्रदेशलाई संवेदनशील रुपाम लिइएको छ । हुन त स्थानीय तहको निर्वाच्न नै हुँदैन कि भन्ने आशंकालाई चिर्दै निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ । अब दोस्रो चरणको निर्वाचन समेत सहज ढंगले हुने कुरामा मतदाताहरु विश्वस्त रहेका छन् । स्थानीय तहको निर्वाचन भएर स्थानीय निकायमा नेतृत्व आएमा भ्रष्टाचार लगायत स्थानीय तह सुदृढमा ठूलो पुग्ने छ ।

तपाईको प्रतिक्रिया