गच्छदार सरकारमा सहभागी

राजधानी÷राष्ट्रिय प्रजातन्त्र पार्टी एक्कासी बाहिरिएपछि अल्पमतमा परेको प्रचण्ड सरकार नेपाल लोकतान्त्रिक फोरम सोमबार सरकारमा सहभागी भएपछि देखिएको संकट हाललाई समाधान भएको छ ।
नेपाल लोकतान्त्रिक
फोरमका केन्द्रीय अध्यक्ष समेत रहनु भएका विजयकुमार गच्छदारले उपप्रधानमन्त्री सहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सम्हाल्नु भएको छ । यसैगरी उक्त पार्टीबाट जितेन्द्र देवले सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय र भर्खरै नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकता गर्नुभएका गोपाल दहितले भूमि सुधार तथा व्यवस्था मन्त्रालय सम्हाल्नु भएको छ ।
यसभन्दा अगाडि तीनवटै मन्त्रालय राप्रपाले सम्हालेको थियो । सर्वोच्च अदालतकी प्रधान न्यायाधीश सुशिला कार्कीमाथि काँग्रेस, माओवादी गठबन्धनले महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेपछि असहमति जनाउँदै राप्रपा सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिएसँगै राप्रपा प्रमुख प्रतिपक्षी एमालेसँग तालमेल गर्न पुगेपछि सत्ता घटक दल राप्रपासँग चिढिएका थिए । यसभन्दा अगाडि पनि संविधान संसोधनका लागि संसदमा मतदान हुन लाग्दा राप्रपाका १५ जना सांसदहरु एकएका गायव भएका थिए ।

तपाईको प्रतिक्रिया