विराटनगर÷कुनै राजनीतिक घट्नाक्रमले अवरोध नपु¥याएमा भारत सरकारको लगानीमा भारतको वथनाहादेखि नेपालको मोरङ्ग
कटहरीसम्मको रेल चाँडै नै सञ्चालनमा आउने भएको छ ।
भारतको वथनाहादेखि मोरङ्गको विराटनगर कटहरीसम्म रेल सञ्चालन गर्न चार बर्ष अगाडि नै सम्झौता भए पनि भारतीय रेल्वेले भारत तर्फको ४.९ किमीको काम दुई बर्ष अगाडि नै सम्पन्न गरे पनि नेपाल तर्फको १३.१ किमीको काम राजनैतिक किचलो, मुआब्जा विवाद आदिका कारण गतिरोध उत्पन्न हुँदै आएको थियो ।
अब स्थिति सहज बन्दै गएको छ । यतिबेला रेल्वे निर्माणको कामले तिब्रता पाएको छ । रेल्वे स्टेशन (यार्ड) आवश्यक भवन, यात्रु प्रतिक्षालयको काम धमाधम भइरहेको छ । मोरङ्ग व्यापार संघका नव निर्वाचित अध्यक्ष पवन शारढा भन्नुहुन्छ
भारत सरकारको सहयोगमा निर्माण सम्पन्न हुन लागेको रेल मार्गले पूर्वाञ्चलका उद्योगी, व्यवसायीलाई उत्साहित बनाएको छ । यहाँका उद्योगलाई चाहिने कच्चा पदार्थ कलकत्ता तथा अन्य बन्दरगाहबाट ढुवानी गर्दा ज्यादा कष्ट पथ्र्यो । रेल्वेबाट ढुवानी गर्दा न्यून कष्ट र सुरक्षित समेत हुने भएकोले व्यवसायीहरु, उद्योगीहरु उत्साहित हुनु स्वभाविक हो अध्यक्ष सारढाको कथन छ ।
नेपालका निवर्तमान
राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमण हुँदा उद्योगी व्यवसायीहरुकै आग्रहमा भारत
सरकारले नेपालका प्रमुख औद्योगिक सहरमा रेल्वे नाका पु¥याइदिने सम्झौता गरेको थियो । सम्झौता गरेको दुई बर्ष भित्रमा काम सिध्याउने भनिए तापनि ठेक्का सम्झौता पाएको इर्र्कन इन्टर नेशनलले तातिया कम्पनी कोलकत्तालाई कामको जिम्मा दिएको थियो । तातियाले माटोको ट्रयाक भर्ने काम सिध्याएपछि मुआब्वाको विवाद नेपाल सरकारले सुल्झाउन नसक्दा उसले बीचैमा काम छाडेको थियो । निर्माण काम नै
रोकिएपछि भारत सरकारले मुल ठेकेदार कम्पनी इर्कनलाई दबाब दिएर २०१५ मा बागमती कन्ट्रक्सनलाई ठेक्का दिएपछि निर्माण कार्यले गति लियो । यसै सम्बन्धमा विराटनगरका उद्योगी, एसियन थाई फुड्स प्रा.लिका प्रवन्धक तथा समाजसेवी महेस जाजु भन्नुहुन्छ, नेपाल सरकारकै कारण निर्माणमा ढिलाई भएको हो । भारत सरकारको २ सय ३८ करोड भारुमा निर्माण हुँदै
गरेको बथनाहा–कटहरी रेल्वे निर्माणको काम दुई बर्ष अगाडि नै सम्पन्न हुुनुपर्ने थियो । रेल्वे निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि पूर्वाञ्चलका उद्योगी व्यवसायीहरुले ठूलो राहत महसुस गर्नेछन्, जाजुले भन्नुभयो । उहाँले भन्नुभयो, रेल्वे निर्माणको काम अन्तिम चरणमा पुग्दा उद्योगी व्यवसायी हर्षित भएका छन् । नीजि क्षेत्रले लामो समयदेखि राखेको माग अब पूरा हुन लागेको काष्ठ व्यवसायी संघ मोरङ्गका अध्यक्ष एवम् पूर्व केन्द्रीय उपाध्यक्ष तथा नेपाल टिम्बर इण्डष्ट्रिज प्रा.लि. इटहरीका सञ्चालक सीताराम अगवालको कथन छ । उहाँले भन्नुभयो, रेल्वे सेवाले मोरङ, सुनसरी मात्र हैन पूर्वाञ्चलकै अर्थतन्त्रमा
सकारात्मक प्रभाव पार्ने छ ।
यहाँ स्मरणीय कुरा के छ भने नेपाल र भारतबीचमा नेपालका पाँच औद्यागिक सहरमा रेल्वे नाका पु¥याउने सहमति भएको छ । पाँचमध्ये दुईवटा नाका वथनाहा–कटहरीको कार्य अनितम चरणमा पुगेको छ भने जनकपुर–जयनगर–बर्दीबासको काम शुरु भएपनि स्थानीयको अवरोधले हाल रोकिएको छ । अन्य नाकाको काम चाँडै शुरु हुने बताइएको छ । अन्य नाकाहरुमा विरगञ्ज–पथलैया, भैरहवा–सुनौली, नेपालगञ्ज–कोहलपर–रुपैडिया
रहेका छन् । रेल्वे सम्झौता अनुसार नेपाल सरकारले ट्रयाकभित्र परेको जग्गा उपलब्ध गराउनुपर्ने हुन्छ । वथनाहा–कटरी रेल्वे ट्रयाकमा नेपाल सरकारले १ सय १४ विगाहा जग्गा उपलब्ध गराउनुपर्ने हुन्छ । यहाँ नेपालतर्फ तीन ठाउँमा रेल्वे स्टेशन र बुधनगरमा इन्डीग्रेटेड चेकपोष्ट समेत भरत सरकारले नै निर्माण गरिदिने सम्झौतामा उल्लेख छ । भारत सरकारले आÏनो तर्फ इन्डीग्रेटेड चेकपोष्ट समेत निर्माण गरिसकेको छ भने नेपालतर्फ विवादका कारण काम अगाडि बढेको
छैन ।
