धरान÷पहिलो चरणको स्थानीय तह महानगर पालिका, नगरपालिका र गाउँपालिकाको निर्वाचन हुन मात्र चार दिन बाँकी छँदा दोस्रो चरणको जेष्ठ ३१ गते हुने भनिएको निर्वाचनको चहलपहल यतिबेला ह्वात्तै बढेको छ ।
सुनसरीका दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँ पालिकामा प्रमुख दलहरुले अझसम्म प्रमुख, उपप्रमुख पदको उमेद्वारी टुंगो लगाउन नसकिरहेको अवस्थामा इनरुवा नगरपालिकामा भने
रापपाले प्रखर बुद्धिजीवि गोपाल कोइरालाको नाममा सर्वसम्मत गरेको राप्रपा क्षेत्र नं. ४ ले जनाएको छ ।
भुआर्जन कार्यालयका पूर्व प्रशासक कोइरला सीमाविद्, जलस्रोत र कोशी हाइड्याम विज्ञ समेत मानिनु हुन्छ । स्पष्ट र खरो स्वभावका ७३ बर्षीय कोइरालाको उमेद्वारीलाई लिएर अन्य प्रमुख दलहरुबीचमा समेत व्यापक चर्चा परिचर्चा हुने
गरेको छ । इनरुवाका स्थानीय मतदाता भन्छन्, कोइरालालाई
राप्रपाले उमेद्वारी दिनु नै सबै भन्दा ठूलो कुरा हो । विगतमा समेत उहाँले छोटो अवधिका लागि इनरुवा नगरपालिकाको नेतृत्व गर्ने अवसर पाउँदा स्मरणयोग्य कार्यहरु गर्नुभएको थियो । महानन्द सापकोटाको शालिक सहितको उद्यान, सडक ढल, पेटी आदि काम भएको मतदाताहरु बताउँछन् । छोटो समयमा नगरको विकासमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका कोइरालाको उमेद्वारीले यतिबेला इनरुवामा व्यापक चर्चा पाएको छ । उहाँको बौद्धिकता, लगनशीलता, अध्ययनशीलता, तार्किक वहस आदिका कारण ठूला दलका स्थानीय नेताहरु समेत उहाँको अगाडि फिक्का देखिने इनरुवाका स्थानीय मतदाताहरु बताउँछन् ।
