राजधानी÷नेपालको विकास, स्थायित्व र समृतिमा निरन्तर सहयोग गर्दै आएको नेपालको अत्यन्तै निकट छिमेकी मुलुक भारतले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सोमबार ९ करोड
बराबरको ८६ वटा सवारी साधन सहयोग स्वरुप उपलब्ध गराएको छ ।
निर्वाचन आयोग बहादुर भवन कान्तिपथमा आयोजित एक विशेष कार्यक्रममा भारतीय राजदुत मन्जिव सिंह पुरीले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलाई ती सवारी साधन हस्तान्तरण गर्नुभएको हो ।
राजदुत पुरीद्वारा हस्तान्तरित सवारी साधनमा ३५ वटा क्याविन पिक अप, ७ वटा स्कार्पियो जिप, ४ वटा सेडान कार, १ एसयुभिकार, एक मिनी बस, १ माइक्रोबस, ३० वटा मोटरसाइकल र सातवटा स्कुटी रहेका छन् ।
सो अवसरमा संक्षिप्त प्रतिक्रिया दिदै भारतीय राजदुत मन्जिव सिंह
पुरीले भन्नुभयो नेपालको स्थायित्व र सम्बृद्धिमा भारतको सधै साथ र सहयोग रहन्छ । स्थानीय तहको निर्वाचन पश्चात नेपालमा स्थायी शान्ति हुने र विकासका पूर्वाधारले गति लिनेमा
राजदुत पुरीले विश्वास व्यक्त गर्नुभयो । उहाँले अगाडि भन्नुभयो निष्पक्ष र सफल निर्वाचनका लागि भारत
सरकारले सवारी साधनहरु उपलब्ध गराएको हो ।
