राप्रपाद्वारा कोइराला सर्वसम्मत

इनरुवा÷आसन्न स्थानीय तहको प्रदेश नं. १ स्थित इनरुवा नगरपालिकाको नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. ४ क्षेत्रीय समितिले प्राज्ञिक व्यक्तित्व, सीमाविद, लेखक एवम् सुनसरीका पुराना पत्रकार गोपाल कोइरालाको नाम सर्वसम्मतले जिल्ला कार्य समितिलाई सिफारिस गरेको छ ।
इनरुवामै जन्मनु भएका ७३ बर्षीय कोइराला राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य समेत हुनुहुन्छ । क्षेत्रीय समितिको हालै बसेको वैठकले सर्वसम्मतले कोइरालाको नाम सिफारिस गरेको हो । कोइरालाले उमेद्वारी नदिने मनसाय व्यक्त गरेमा विकल्पको रुपमा क्षेत्रीय सभापति डम्बरबहादुर घिमिरे,
हिराप्रसाद पोख्रेल र पार्टीका इनरुवा नगर सभापति पारसमणि यादवमध्ये एकलाई उमेद्वार बनाउने गरी नामावली सिफारिस गरेको राप्रपाका जिल्ला सभापति रोहित कार्कीले बताउनुभयो ।
स्पष्ट वक्ता र अध्ययनशील व्यक्तित्वका रुपमा परिचितन कोइराला पञ्चायतकालमा इनरुवा नगर पञ्चायतको उपप्रधानपञ्च, शाही कालमा इनरुवा नगरपालिकाको मेयर भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको थियो । छोटो अवधिका लागि मेयर हुँदा उहाँले इनरुवामा महानन्द सापकोटाको शालिक सहित बाटिका, सडकको स्तरोन्त्ती लगायतका काम गर्नुभएको थियो । अन्य कतिपय योजना तर्जुमा गर्नुभएका
कोइरालाले राजनैतिक परिवर्तनपश्चात थप कामलाई अगाडि बढाउन सक्नु भएको थिएन ।

तपाईको प्रतिक्रिया