धरानमा जलवायु परिवर्तनको असर

धरान भौगोलिक कारणले धरानेहरुले बर्षौदेखि खानेपानीको अभावमा जिउन बाध्य हुनुपरेको छ । यहा पानीको स्रोत नहुदा सदैव धरानेहरुले खानेपानीको हाहाकार भोग्दै आएका हुन् । अझ धरानमा थपिदै गएको जनसंख्या र बस्ती बिस्तारले धरानको खानेपानीमा समेत अझ समस्या चुलिएको छ । त्यसमा पनि धरानमा जलवायु
परिवर्तनको असर पनि पर्न थालिसकेको अध्ययनले देखाएको छ । धरानको तापक्रममा वृद्धि हुनुका साथै वर्षामा पनि कमी आएकाले धरानको पानीका मुहान सुक्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ । जलवायु परिवर्तनले पानीको समस्या देखिन थाले पछि पानीको मुहान संरक्षण गनुपर्ने आवश्यक्ता रहेको विज्ञहरुको सुझाव छ ।
साउथ एसिया ईन्स्टिच्युट अफ एडभान्स स्टडिज (सियास) ले धरान उपमहानगरपालिकामा गरेको अध्ययनले जलवायु परिवर्तनका कारण धरानको तापक्रम ० दशमलव ०४९४ डिग्री सेल्सीयसले वृद्धि भएको जनाएको छ । अध्ययनमा यथास्थीतीमा रहे १ सय वर्षमा ५ डिग्री सेल्सीयस प्रतिशत सम्म
धरानको तापक्रम बढ्दै जाने देखाएको छ । सियासले यस क्षेत्रको प्रारम्भीक अध्ययनका तथ्यांकहरुले यस क्षेत्रमा वर्षातको मात्रा घटेको, मुहान क्षेत्रमा पानीको बहाव घटेको, सहरीकरण संगै पानीको आपुर्तीमा समस्या आएको जस्ता सवालहरुलाई उजागर गर्दै धरान क्षेत्रमा जलवायु मैत्री पानी व्यवस्थापनका रणनिति अपनाउनु पर्ने सुझाव पनि दिएको छ । सियोसका निर्देशक ङमिन्द्र दाहालले नेपालको औसत तापक्रम वृद्धिदर ६ प्रतिशत रहे पनि
धरानमा मात्रै ५ प्रतिशतले वृद्धि हुने बताउनुभयो । उहाँले वर्षामा पानी कमी आउन थालेका कारण पानीका मुहानहरु सुक्दै गएको र अझै सुक्दै जाने सम्भावनाहरु रहेको
बताउनुभयो ।
वक्रम सम्बत १९७० मा
धरानमा २५ सय मिलिलिटर हुने वर्षा अहिले घटेर २ हजार मिलिलिटर मात्रै वर्षा हुने गरेको उनको भनाई छ । वर्षाको मात्रा धेरै नघटे पनि वर्षा हुने दिनहरु घटेर जाँदा पानीको मात्रा कम भएको छ । तथ्याङ्क अनुसार
बाहिरी जिल्लाबाट धरान बसाईसराई आउने दर ४१ दशमलव ५ प्रतिशत रहेको छ । ५० वर्षको अवधिमा सो प्रतिशतले वृद्धि भएको हो । धरानको खानेपानीको समस्या समाधान गर्न एशियाली विकाश बैंकको अनुदान र ऋण सहयोगमा संचालन भएको खानेपानी परियोजनाले मात्रै थेग्न नसक्ने विज्ञहरुको सुझाव छ । अवको
परियोजना अनुसार ८० प्रतिशत पानीको स्रोत भुमिगत नै हो । तर घर निर्माण र धरानमा बन्दै गएको कंक्रिट संरचनाले वर्षाको पानीलाई जमिनमा सोस्न दिदैन र भुमिगत पानी रिचार्ज हुन नसक्ने भएकाले कंक्रिट भौतिक संरचना निर्माण गर्दा खाली जमिनहरु खुल्ला राख्नुपर्ने धरान उपमहानगरपालिकाका योजना अधिकृत ईन्जिनियर सुरज श्रेष्ठको भनाई छ ।
धरानमा जलवायु परिवर्तनले पानीका मुहानहरु सुक्दै गएकाले पानीका स्रोत तथा मुहानहरु संरक्षण गर्न जरुरी भैसकेको छ । पानीको मुहानहरुको संरक्षण गर्न वनजंगल जोगाउन विशेष कार्यक्रमहरु संचालन नगरे धरानको भविष्य अन्यौलता तर्फ धकेलिने देखिन्छ । यसतर्फ सम्बन्धित पक्षले ध्यान दिने हो कि ?

तपाईको प्रतिक्रिया