धरान÷ कृषिलाई प्रत्सोहन गर्न र कृषकलाई बजारको कुनै समस्या नहोस् भन्ने उद्देश्यले स्थापना भएको धरान १३ स्थित रहेको कृषि उपज बजारले कृषक तथा व्यापारीहरुका लागि थप आवासको व्यवस्था थालेसंगै उनीहरु सुरक्षित महसुस गर्न थालेका छन् ।
विगतमा पहाडी जिल्ला तेह्रथुम, पाचथर, धनकुटा, संखुवासभा, ताप्लेजुङ लगायतका जिल्लाबाट क्षकले उत्पादन गरेको कृषिजन्य वस्तु एकै दिनमा विक्री नहुदा धरान बस्नुपर्दा महगो होटल, असुरक्षित महसुस गर्ने उनीहरु कृषि उपज बजार सञ्चालक समितिले त्यहा आउने कृषक तथा व्यापारीहरुलाई कृषि सामाग्रीको
सुरक्षासगै सुरक्षित आवासको व्यवस्था
गरेपछि उनीहरु बजारमा अझ सुरक्षित महसुस गर्न थालेका हुन् । उनीहरुलाई कोठा नलिने र भुईमै सुत्नेका लागि १० रुपैयामा ओढ्ने ओछ्याउने दिनेदेखि लिएर २५ रुपैयामा साधारण वेड र २ सय रुपैयामा एटेजवाथ रुम, ट्वाइलेटसहितको सुविधासम्पन्न कोठा दिने गरेको छ भने कृषकले ल्याएको कृषिजन्य सामाग्री र विक्रीका लागि ल्याउने गरेका खसी बोकाकालाई समेत सुरक्षित स्थानमा
राखिदिने गरेको छ ।
यसबाट आफूहरुलाई असुरक्षित महसुस हुने र ल्याएको कृषि सामाग्री
वितरवण हुदा समेत कुनै चिन्ता नहुने कृषक तथा व्यापारीहरु बताउछन् । अन्य स्थानमा १५ सयदेखि २ हजार रुपैया पर्ने सुविधा सम्पन्न कोठा कृषि बजारमा न्यूनत्तम १५ रुपैयादेखि अधिकत्तम २ सय रुपैयासम्म पाएकोमा त्यहा आउने कृषहरु समेत खुशी व्यक्त गर्दछन् ।
समितिले अहिले भवनको तल्लो भागमा कृषि जन्य वस्तुको कारोबार गर्ने डिलर राखेको छ भने माथिल्लो भागमा सुविधासमपन्न आवासको व्यवस्था गरिदिएको छ । समितिले हाल १७ वटा कोठामा ५३ वटा वेड राखेको छ । यसबाट कृषक तथा व्यवसायीहरुलाई सुविधा भएको दाबी समितिका पदाधिकारीहरुको छ । एकातिर सस्तोमा कृषक तथा व्यापारीहरुले बस्न पाउने अर्कोतर्फ यसवापत बार्षिक ३ लाख रुपैया संकलन हुदा कृषि बजारको आयस्रोत समेत बढेको कृषि उपज बजार सञ्चालक समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो । यसको व्यवस्थापनका लागि एक जना कर्मचारी राखिएको समेत बताउनुभयो । यस बजारलाई कृषि मैत्री बनाउने लक्ष्य
रहेको समेत उहाले बताउनुभयो ।
कृषक तथा व्यापारीको सुविधासगै अहिले यहा कृषि कारोबार समेत उल्लेख्य हुने गरेको छ । यहा नेपालका विभिन्न स्थानका कृषक तथा भारतबाट समेत कृषि जन्य सामाग्री खरिद गर्न आउने गरेका छन् । यसले कृषि बजारलाई थप प्रवद्र्धन गर्न सहयोग पुगेको समितिका पदाधिकारीको बुझाई छ । यस बजारमा पहाडी जिल्लाबाट हरियो सागसब्जी, अदुवा, बेसार, तेजपत्ता, आलु लगायतका कृषिजन्य वस्तु आयात हुने गरेका छन् यहाबाट भारतको विभिन्न बजारमा यी वस्तुहरु निर्यात गर्ने गरिएको छ । भविष्यमा यस बजारले कृषकहरुले ल्याएको कृषिजन्यलाई धेरै दिनसम्म सुरक्षित राख्न कोल्डस्टोरको अवधारणा समेत अगाडि सारेको छ ।
