प्रधानन्यायधीस सुशील कार्की विरुद्ध सत्तारुढ काँग्रेस र माओवादीले गराएको महाअभियोग प्रस्ताव दर्ताप्रति माअरुोवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले त्रवी असन्तुष्टि जनाएका छन् ।
उनले सामाजिक संजालमा स्टाटस लेखेर तीन बुँदे फरक मत राखेका छन् ।
श्रेष्ठले महाअभियोग प्रस्ताव गलत भएको भन्दै फिर्ता लिन माग गरेका छन् ।महाअभियोग प्रस्ताव दर्ता अगाडि श्रेष्ठले कार्कीसँग भेट गरेका थिए ।
श्रेष्ठले यो निर्णयमा पार्टी्भित्र छलफल नभएको पनि बताएका छन् ।
नारायणकाजीको श्रेष्ठको पछिल्लो असन्तुष्टिवारे माओवादी केन्द्रका एक हेडक्वाटर सदस्यले भने, ‘पूर्वप्रधानन्यायधीस कल्याण श्रेष्ठसँग उहाँको राम्रो सम्बन्ध छ । अरु के भन्नु नारायणकाजी कल्याणजीकै लाइनमा जानुभएछ ।’
यस अघि उनले चुनावको मुखमा राष्ट्रिय सहमतिको सरकार आबश्यक भनेर अभिव्यक्ति दिएका थिए । त्यसलाई प्रचण्डले चुनाव भाड्ने खेल भनेर खण्डन गरेका थिए । त्यसो त उनले केपी ओली नेतृत्वको सरकार ढालेर प्रचण्ड नेतृत्वको सरकार बनाउने निर्णयमा पनि असन्तुष्टि राखेका थिए ।
सरकार गठन देखि नै असहयोग गरेको भन्दै प्रधानमन्त्री प्रचण्ड श्रेष्ठसँग असन्तुष्ट रहेको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
यस्तो छ नारायकाजीले आज राखेको फरकर मत
हिजो बसेको हाम्रो पार्टीको केन्द्रीय कार्यालयको बैठकमा प्रधान न्यायाधीश सुशीला कार्की को बिरुद्ध दर्ता गरिएको “महाभियोग प्रस्तावका बारेमा गम्भीर छलफल भया ।
बैठकमा मैले निम्न बिचार राखें ।
१)संबिधानमा महाभियोग प्रस्ताव को प्राबधान निश्चित अर्थ र मर्म का साथ राखिएको छ ।यो प्रस्ताव त्यस अनुरूप छैन ।प्रधान न्यायाधीश कार्की का कतिपय कार्यशैली र निर्णय हरू गलत होलान्। आई जी पी प्रकरण मा गरिएको फैसला ले कार्यपालिकाको क्षेत्राधिकार माथि आंच पुर्यायो भन्ने कुरा पनि नआएको होइन।यस्ता कुराहरु प्रति असहमति र आलोचना हुन सक्छन। तर उहाँको मुख्य प्रवृत्ति स्वच्छ, निष्ठावान,स्वाभिमानी,निडर र व्यवसायिक ब्यक्तित्व हो । त्यस्तो व्यक्ति माथि भबिश्यमा हुने कुनै फैसलाको आशंकाको आधारमा महाभियोग प्रस्ताब ल्याउनु उपयुक्त होइन । हामीले गरेको संघर्ष तात्कालिन राजनैतिक स्वार्थका लागि मात्र होइन , बरु लोकतांत्रिक तथा प्रगतिशील मूल्य–मान्यता र संस्कृति सहितको उन्नत समाज निर्माण का लागि हो।
२)तात्कालिन राजनैतिक परिस्थितिको संदर्भमा त झन यो उपयुक्त कदम हुनै सक्दैन। यसले आजको राष्ट्रिय राजनैतिक कार्यभार पुरा गर्न सबै राजनैतिक र सामाजिक शक्तिहरूलाइ अझ एकताबद्द गरेर अघि बढ्नु पर्ने आवश्यकतालाई सहयोग होइन, कमजोर बनाउँछ ।
३)यस्तो महत्वपूर्ण निर्णय लिदा पार्टी मा कहीं कतै छलफल समेत गरिएन।यसरी यो निर्णय लिदा सङ्गठनको बिधी,पद्धति एवं संस्थागतता को पनि उलङ्घन भएको छ।
तसर्थ यो कदम गलत छ र फिर्ता लिईनु पर्दछ ।
तर धेरै साथीहरूले यो कदमलाई ऐतिहासिक,उपयुक्त,साहासिक र अनिवार्य बताउनुभयो। कड्ड अध्यक्ष ले बैठक नसकिएकाले केही दिनपछी बस्ने गरी जारी रहेको बताउनुभयो। बैठक निष्कर्षका साथ समापन नगरीएको भएपनी छलफल ले यस संबंधमा हुने निर्णय लाई स्वतः स्पष्ट जस्तो नै गरिसकेको छ।
यस स्थितिमा सबै मत मतान्तर का बाबजूद सिंगो पार्टी लाई अध्यक्ष कड्ड प्रचण्डको नेतृत्वमा एकढिक्को बनाएर पार्टी निर्णय क्रियान्वयन गर्नु , आसन्न निर्वाचन लाई सफलतापुर्बक सम्पन्न गर्नु र निर्वाचनमा पार्टीलाई बिजयी बनाउनु आजको आबश्यकता हो। म सम्पूर्ण पार्टी पंक्ति लाई यस निम्ती आव्हान गर्दछु।
