वैसाख ३१ को स्थानीय निर्वाचनका लागि उमेद्वारी दर्ता

निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा आज बिहान १० बजेबाट उम्मेदवारी मनोनयन दर्ता सुरु भएको जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा पुगि उम्मेदवारहरुले मनोनयन दर्ताका लागि सम्पर्क राख्न थालेको जानकारी आयोगलाई प्राप्त भएको पनि जनाएको छ ।
काठमाडौंमा बिहान १० बजेदेखि नै विभिन्न दल तथा स्वतन्त्र उम्मेद्वारहरुले उम्मेद्वारी दर्ता गराएका छन् । काठमाडौ महानगरपालिकाको मेयरमा अहिलेसम्म पाँच जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यसमा एक नम्बरमा स्वतन्त्रबाट किशोर थापाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् भने दोस्रो नम्बरमा विनोदकुमार क्षेत्री स्वतन्त्रबाटै र रन्जु न्यौपानेले तस्रो नम्बरमा उम्मेदवारी दर्ता गरेकी छन् । त्यस्तै चौथो नम्बरमा देशभक्त पर्यावरणीय सामाजिक मोर्चाका तर्फबाट सुरेन्द्र प्रसाद ढकालले उमेदवारी दिएका छन् । पाचौ नम्बरमा पनि स्वतन्त्रबाटै अमोट महर्जनले मेयरमा उम्मेदवारी दिएका छन् । अहिलेसम्म प्रमुख राजनीतिक दलहरुले काठमाडौको प्रमुखमा उम्मेदवारी दर्ता गराएका छैनन । त्यस्तै, उपप्रमुखमा अनिशा भटराई र निरुपमा यादवले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

तपाईको प्रतिक्रिया