मुस्लिम लिग गठनको तयारी

इनरुवा÷वृहत राष्ट्रवादी मोर्चाले राजसंस्था पुनस्थापना र हिन्दु राष्ट्र कायम गर्ने आÏनो अभियानलाइ सशक्त बनाउने उद्देश्यले देशैभरिका मुस्लिम युवाहरुलाई एकत्रित गरी मुस्लिम लिग बनाउने भएको छ ।
विगत दुई बर्षदेखि आफ्नो गतिविधिलाई चरणवद्ध रुपले अगाडि बढाउदै आएको मोर्चाका संयोजक एवम् पूर्व मन्त्री सिनेट श्रेष्ठले मुस्लिम लिग गठन तयारी सम्बन्धमा भन्नुभयो, नेपालका मुसलमानहरु कहिल्यैपनि भारतको समर्थनमा हुँदैनन् । भारतले नेपालका मुस्लिमहरुलाई हेर्ने दृष्टिकोण नै सदैव शंकास्पद भएको आफूले पाएको बताउनुभयो ।
संयोजक श्रेष्ठले भन्नुभयो, नेपालका मुसलमानहरु हिन्दु राष्ट्र हुँदा आफूलाई जति सुरक्षित र सम्मानित भएको महसुस गर्थे अहिले उनीहरु धर्मनिरपेक्ष हुँदा अपमानित र
असुरक्षित महसुस गरिरहेका छन् ।
युरोपियन युनियन लगायतको दबाब र पैसामा यहाँका गणतन्त्रका मतियारहरुले धर्मनिरपेक्षता कायम गरेको आरोप लगाउँदे संयोजक श्रेष्ठले भन्नुभयो, देशैभरिका मुस्लिम युवाहरुलाई एकत्रित गरेर मुस्लिम लिग गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । लिग गठनका लागि नेपालका ठूला ठूला मुस्लिम धर्मगुरुहरुसँग वार्ता भइरहेको र उहाँहरुसमेत सकारात्मक रहेको समेत उहाँले बताउनुभयो । वृहत
राष्ट्रवादी मोर्चामा नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाका सुपुत्र प्रकाश कोइराला, केशरबहादुर विष्ट लगायत सल्लाहकार रहनु भएको छ ।

तपाईको प्रतिक्रिया