धरान÷आसन्न स्थानीय तहको निर्वाचनमा यस पटक धरान उपमहानगरपालिकामा बर्षौदेखिको वाम वर्चश्व अर्थात लालकिल्ला तोड्ने अभियानमा नेपाली काँग्रेसको भातृ संगठत तरुण दल युद्धस्तरमा लागेको छ ।
नेपाली काँग्रेसका तर्फबाट धरान उपमहानगरपालिकाका लागि प्रमुख, उपप्रमुखमा अझै उमेद्वारको टुंगो लाग्न सकेको छैन भने आपसी सहमतिमा धरानका २० वटा वडाहरुमध्ये १३ वडामा वडाध्यक्षको टुंगो लागेको छ भने सात वटामा आकांक्षी धेरै भए पछि टुंगो लागिसकेको छैन ।
उमेद्वारको टुंगो नलागेपनि तरुण दलले निर्वाचन अभियानलाई तिब्रता दिएको छ । आइतबार इटहरीमा तरुण दलले मोटर साइकल ¥याली र आमसभा गरेको थियो भने सोमबार धरानमा समेत तरुण दलले विशाल मोटरसाइकल ¥याली र आमसभा गरेको थियो । धरानमा भएको तरुण दलको आमसभामा बोल्दै काँग्रेस तथा नेताहरुले मुलुकको समृद्धि, संविधान कार्यान्न्वयन, युवाहरुलाई
रोजगारका लागि नेपाली काँग्रेसलाई विजयी गराउन आग्रह गरेका थिए ।
धरानको पब्लिक हाइस्कुलमा जग्मा भएका नेपाल तरुण दलका कार्यकर्ताहरुले निकालेको मोटर साइकल ¥याली पुनः पब्लिक हाइस्कुलमा आएर टुंगिएको थियो । धरानको भानुचौकमा आयोजित आम सभामा नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष सन्तोष विकको पहलमा माओवादी केन्द्र, एमाले, संघीय समाजवादी पार्टीबाट झण्डै ३ सय कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । सो अवसरमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भन्नुभयो, यतिबेला निर्वाचन हुँदैन कि भन्ने आशंका बढ्न थालेको छ । तर निर्वाचन कुनै पनि हालतमा हुन्छ
र तोकिएकै समयमा निर्वाचन हुन्छ । उहाँले संविधान कार्यान्वयन, विकास, समृद्धि र युवाहरुको रोजगारका लागि पनि अव स्थानीय तहको नेतृत्वमा काँग्रेस आउनुपर्ने कुरामा जोड दिनुभयो ।
नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ्गले नव प्रवेशी तरुणहरुलाई हौसला प्रदान गर्दै भन्नुभयो, आज नेपाल तरुण दलमा विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्नुभएका सबै अब हाम्रो परिवार भित्रका हुनुहुन्छ । तपाईहरु कही अल्झनु भयो, तपाईहरुलाई आपत्त प¥यो अर्थात कुनै समस्या आइप¥यो भने उठाउने काम हाम्रो हो । उहाँले एमालेका अध्यक्ष केपी ओलीले केही समय अगाडि नेपाली काँग्रेस झाडीभित्र फँसेको बूढो बाह्र सिंगे भनेर दिएको अभिव्यक्तिप्रति कटाक्षे गर्दै भन्नुभयो, बुढो बाह्रसिंगे आफ्नो सिङ फुकालेर पनि झाडीबाट बाहिर आउँछ । तर एमाले पासोमा परेको मुसो भएकोले उसका अगाडि मर्नु बाहेक अर्को विकल्प रहँदैन । उहाँले अगाडि भन्नुभयो केही समय अगाडि नेपाल तरुण दलका उपाध्यक्ष लगायत तरुणहरुलाई सुनियोजित रुपमा फँसाउन खोजिएको थियो तर त्यसमा एमालेको कुनै जोर चलेन ।
नेपाल तरुण दल सुनसरी क्षेत्र नं. का अधयक्ष गणेश लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनवहादुर विक, नेपाल तरुण दलक केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष गुरुराज घिमिरे, नेपाली काँग्रेस धरान उपमहानगर समितिका पूर्व सभापति किशोर राई, वर्तमान सभापति तिलक राई, नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष विकास केसी, नेपाल तरुण दल धरान उपमहानगरर समितिका अध्यक्ष हिमाल श्रेष्ठ, नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १का पूर्व सभापति चन्द्रप्रसाद श्रेष्ठ, उर्मिला प्रधान लगायतले बोल्नुभएको थियो ।
