राजधानी÷स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हावादारी घोषणपत्र ल्याउने तयारी गरेको छ ।
एमालेका कार्यवाहक अध्यक्ष एवम् पूर्व मन्त्री वामदेव गौतमले स्थानीय तहको निर्वाचनमा मतदाताहरुलाई प्रभावित पार्न एक घर एक रोजगारी कार्यक्रम ल्याउने तयारी
भइरहेको बताएका छन् ।
एमाले पार्टी मुख्यालय धुम्बाराहीमा सोमबार आयोजित आम सञ्चारका लागि सुझाव कार्यक्रममा बोल्दै गौतमले आफ्नो घोषणापत्रमा आगामी ५ बषर््ामा नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पु¥याउने बताएका छन् । कार्यवाहक अध्यक्ष गौतमले भने, केन्द्रमा एमालेको सरकार बनेको अवस्थामा एक घर एक रोजगार कार्यक्रम ल्याउँछौं । १८ बर्ष उमेर पुगेकाका लागि अनिवार्य काम गर्ने व्यवस्था गर्छौं ।
विगतमा सत्तामा पुग्दा एमालेले हावाबाट विजुली निकाल्ने, घर–घरमा ग्याँसको पाइप पु¥याइदिने, काठमाण्डौमा मेट्रो ट्रेन चलाउने, पूर्व पश्चिम रेल दौडाउने, आÏनै पानी जहाज कुदाउने बताएको थियो । कार्यवाहक अध्यक्ष गौतमले भने शिक्षालाइ अर्थतन्त्रसँग अनिवार्य आवद्ध गरिनुपर्छ । माध्यामिक तहसम्म निःशुल्क शिक्षा र आवासीय व्यवस्था हुनुपर्छ । त्यसपछि उच्च शिक्षालाई पनि निःशुल्क गरिनुपर्छ । कार्यवाहक अध्यक्ष गौतमले भने, एमालेले यो पटक लक्ष्य मात्र होइन त्यसलाई प्राप्त गर्ने आधारसहित घोषणापत्र तयार पार्छ । तीन बर्षभित्रमा गरिबी निवारण गर्ने ५ बर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पु¥याउने, १० बर्ष भित्र नेपालको आर्थिक र विकास एसियाका अन्य देशको समान बनाउने योजना पनि एमालेले घोषणपत्रमा राख्दैछ साथै केन्द्रमा एमालेको सरकार बनेपछि प्रत्येक घरमा एकजनालाई रोजगारी दिने र ५ बर्षभित्रमा कोही पनि
बेरोजगार बन्नु नपर्ने पनि उसले घोषणापत्रमा समेट्दैछ ।
