हुतिहारा सरकारलाई झटारो

नेपालका राजनीतिक दलहरुलाई धुर्मुस–सुन्तली फाउन्डेसनले मुखभरि झटारो हानिदिएको छ । झुटा कुरा बोल्नु, आश्वासनको पोको वितरण गर्नु, भएका संरचना भत्काउनु, विदेशीका अगाडि लम्पसार पर्नु, देश र जनताका लागि कुनै सोच नै नभएका, सत्ताको फोहोरी खेलमामात्र रुमलिने घिनलाग्दो प्रवृत्तिलाई एउटा सामान्य कलाकार धुर्मस–सुन्तलीले मुँखमा झटारो हानिदिएका छन् ।
जिन्दगीमा कहिल्यै एउटा राम्रो घरमा बसौला भनेर कल्पनासम्म नगरेका महोत्तरी बर्दीबासका ५० परिवारले नव बर्ष २०७४ कै दिन नयाँ घर पाएका छन् । सदैव प्लाष्टिकले बारेका बर्षा हिउँद दुवै थेग्न नसक्ने घरमा गुजारा गर्दै आएका उनीहरुलाई धुर्मुस सुन्तली फाउन्डेशनले प्रत्येक परिवारलाई तीन कोठा, बरण्डा, चोटा, सामुदायिक भवन, प्रतिक्षालय, मुसहर समुायको कुलदेवताको मन्दिर, बाल उद्यान, भ्यु टावर र पक्की सडक समेत निर्माण गरेर कलकार हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठमार्फत हस्तान्तरण गरेका छन् ।
धुर्मुस सुन्तली फाउन्डेशनलाई मुसहर बस्ती निर्माण गर्न राज्यको ढुकुटीबाट एकै पैसा दिएको थिएन । आÏनै बलबुतामा उनीहरुले स्रोत जुटाएका हुन् । विभिन्न सामाजिक संघ संस्था, व्यक्ति, विदेशमा बस्ने नेपालीहरुबाट त्यो स्रोत जुटेको हो । यसभन्दा अगाडि गोरखा, सिन्धुपाल्चोकको गिरान चौरमा समेत धुर्मुस सुन्तली फाउन्डेशनले नमूना बस्ती निर्माण गरेर हस्तान्तरण गरेको थियो । सिन्धुपाल्चोकको गिरानचौमा निर्माण भएको एकीकृत नमूना बस्तीको हस्तान्तरमा र
ाष्ट्रपति विद्यादेवी भण्डारीलाई बोलाइएको थियो । तर पछि सामाजिक सञ्जाल, सञ्चारमाध्यमहरुमा भण्डारीको हदैसम्मको विरोध भएका करण यसपटक धुर्मु सुन्तली फाउन्डेशनले राष्ट्रपति, उपराष्ट्रपति, मन्त्री कसैलाई बोलएनन् । अरुले गरेका काममा लाखौ रुपैयाँको हेलिकोप्टर चढेर गई रिविन काट्ने अधिकार वास्तवमा शासकहरुलाई हुनुहुँदैन र बोलाइनु पनि हुदैन ।
आज नेपालमा विनासकारी भुकम्प गएको दुई बर्ष नाघिसकेको छ । भुकम्पबाट घरबारविहीन भएकाहरु आज पनि हिउँद बर्षा च्यातिएका, टालिएका पालमा विताउन बाध्य भएका छन् । दाताले दिएका राहतमा पनि यहाँका शासक, राजनैतिक दलका नेताहरुले अनियमितता र भ्रष्टाचार गरेका छन् । दाताले दिएका राहत सामाग्री व्यापारीको पसलबाट विक्री भए, अझ पनि नेशनल ट्रेडिङ्गमा अरबौ रुपैयाँ बराबरको जस्ता पाता खिया लागेर थन्किएको अवस्थामा रहेको छ । पीडितसम्म ती जस्ता पाता पु¥याउने दुस्साहस नालायक, निकम्बा सरकारले न हिजो ग¥यो न आज गरेको छ । जब देश र नागरिकको हितमा दलीय सरकारले काम गर्न सक्दैन भने उसलाई सत्तामा बस्ने नैतिक आधार रहँदैन । हुन त नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आएपछि
राजनैतिक दलहरु गुण्डाका नाइके जस्ता भएर जबरजस्ती सत्तामा बस्ने गरेको यथार्थ कसैबाट लुकेको छैन । मुसहर बस्ती निर्माण गर्दै धुर्मुस–सुन्तलीलाई राजनैतिक दलकै गुण्डा र मिशन पत्रकारिताबाट बाँचेकाहरुले हतोत्साहित गर्न हदैसम्मको प्रयास नगरेका होइनन् । केही सञ्चारमाध्यममा एक लात्ती हान्दा भत्कने घर धुर्मस सुन्तलीले बनाए भनेर आलोचना समेत भयो त्यो हदको पनि पराकाष्ठ थियो र रात दिन आफै ढुंगा गिटी बालुवा बोकेर धुर्मुस–सुन्तली अहोरात्र निर्माण कार्यमा खटिएका थिए । कुनै दलको एउटा नेता आउँदा सैयौ मोटर साइकल अघिपछि लगाएर नारा बाजी गर्ने दलका कुनचाहिँ भाते कार्यकर्ता कुनचाहिँ मुहर बस्तीमा एउटा इँटा बोक्न पुगे । दलका नेताहरु समेत आÏना कार्यकर्ताबाट सदैव आÏनो जयजयकार होस् अरु सबै कुरा जाओस् भाँडमा भन्ने सोच्छन् । अब हरेक दलले आफ्ना कार्यकर्तालाई हरेक गाउँगाउँमा धुर्मुस–सुन्तलीले झैँ पीडितका घर टहरा निर्माण गर्न पठाउनुपर्छ ।

तपाईको प्रतिक्रिया