निर्वाचन नजिकिएस“गै द्विविधा बढ्दै

गठबन्धन सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा मतदाताहरुमा एक प्रकारको भय, त्रास, सन्त्रास र द्विविधा देखिन थालेको छ ।
मतदाताहरुमा त्यस प्रकारको द्धिविधा देखिनुको प्रमुख कारण सुरक्षालाई लिएर नै हो । मधेशवादी दलहरुले विगतमा लामो समयदेखि संविधान संसोधनकलाई लिएर मोर्चाबन्दी गरेर आन्दोलन गरिरहेका छन् । हाल उनीहरुको आन्दोलन शान्तिपूर्ण तरिकाले अगाडि बढिरहेको छ । यसलाई सत्तासीनहरुले मोर्चाको कमजोरी ठानेर निर्वाचन गराएमा त्यसले सुखद परिणाम पक्कै दिदैन ।
उता लिम्बुवान प्राप्तिका लागि आन्दोलन गर्दै आएको संघीय लिम्बुवान पार्टी सञ्जुहाङ्ग पालुवा नेतृत्वको पार्टीले निर्वाचनमा अवरोध खडा गर्ने घोषणा गरिसकेको छ । तर हाल आएर मधेशवादी र लिम्बुवान पार्टी भन्दा पनि नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्दले नेतृत्व गरेको उक्त पार्टीले आÏना कार्यकर्ता माझ व्यापक प्रशिक्षण समेत सञ्चालन गरिसकेको छ । चन्द समूहका नेता कार्यकर्ताहरु यतबेला भूमिगत अवस्थामा रहेका छन् । निर्वाचनको मुखमा आएर त्यस पार्टीक नेता तथा कार्यकर्ताहरु अर्ध भूमिगत हुनुलाई सरकारले कुन रुपमा लिएको छ ?
त्यस पार्टीको नाममा यतिबेला गाउँ तथा सहरमा निर्वाचनलाई लिएर व्यापक पम्प्लेट पोष्टरिङ्ग समेत भएका छन् उनीहरुले गरेको पोष्टरिङ्गमा भनिएको छ कथित स्थानीय चुनाव खारेज गरौं शान्ति, समानता, स्वाधीनता र समृद्धिका लागि वैज्ञानिक समाजवाद स्थापना गरौं नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता एकाएक नाटकीय ढंगले भूमिगत, अर्ध भूमिगत हुनु निर्वाचन भाँड्न प्रशिक्षण दिनु, सरकारलाई निर्वाचन कुनैपनि हालतमा गर्न दिन्नौ भनेर चुनौति दिनु र सुरक्षा संयन्त्रको रिपोर्टलाई सरकराले हल्का रुपमा लिनुलाई दुर्भाग्यपूर्ण मान्नुपर्छ । स्थानीय निकायको निर्वाचन नभएको १९ बर्ष बितिसकेको छ । २०५६ सालमा भएको स्थानीय निर्वाचनमा १८ बर्ष पुगेका मतदाता आज ३५–३६ बर्षका भइसकेका छन् । उनीहरुले प्रजातन्त्रको मौलिक अन्तरवस्तुको अभ्यास गर्न पाएका छैनन् । स्थानीय निकाय लथालिंग भएर चलेको छ । दलीय राजनैतिक भागबण्डाले विकासका खर्च हुुनुपर्ने बजेट भागबण्डामै सिद्धिने गरेको छ । भ्रष्टाचार, सुशासन, विकासका लागि निर्वाचन आवश्यक छ र हुनुपर्छ ।
तर वर्नमान अवस्थामा हुने निर्वाचनले भत्किएको, गन्हाएको राजनीतिलाई स्थानीय तहमा ट्रयाकमा ल्याउला भन्ने आर नै बन्न सकेको छैन । निर्वाचनमा दलहरु स्वस्फूर्त रुपले एउटा पूर्व मनाएझै उत्साह पूर्वक सहभागी हुुनुपर्ने हुन्छ । तर त्यो अवस्था अहिलेसम्म देखिएको छैन । आफू केवल सत्तामा पुग्न काँग्रेस, एमाले, माओवादीले हिजो लिम्बुवान, मधेशवादी, खम्बुवान, थरुहट आदिसँग जुन प्रकारको अप्राकृतिक सम्झौता गरे त्यो नै अहिलेको टाउको दुखाईको विषय भएको छ । सामा नपुग्दा सम्झौता गर्ने र पुगेपछि वेवास्ता गर्नाले मधेशवादी दलहरु मोर्चाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन् । शासकहरुको रवैयाकै कारण स्वतन्त्र मधेश देशको मुद्दा लिएर सिके राउतहरुको उदय भएको हो र अन्य कैयौ सिके राउतहरु जन्मिरहेका छन् ।
तराईमा विभिन्न सशस्त्र समूहहरु गठन भइरहेका छन् ।
अदुरदर्शी, अराजक, भ्रष्ट, मनोमालिन्यता भएका नेताहरुले गर्दा नै आजको अवस्था सिर्जना भएको हो । यद्यपि निर्वाचनको विकल्प छैन, त्यसका लागि वातावरण बनाउनु आवश्यक छ ।

तपाईको प्रतिक्रिया