सामाजिक संस्कार गर्दा फजुल खर्च गर्नुहँुदैन भन्ने सन्देश दिन प्रत्येक बर्ष आयोजना हुदै आएको निःशुल्क व्रतबन्ध यसपटक पनि सम्पन्न भएको छ ।
व्राम्हण समाज नेपाल धरान उपमहानगर समितिको आयोजनामा बार्षिक कार्यक्रम अन्तर्गत चैत्र २४ गते पिण्डेश्वर मन्दिर परिषरमा भएको सामुहिक ब्रतबन्ध तथा बेलविवाह कार्यक्रम सम्पन्न भएको हो ।
सुनसरी, मोरङ उदयपुर, इलाम, पाँचथर, संखुवासभा, तेह्रथुम, धनकुटा झापा, काठमाण्डो लगायतका जिल्लाबाट आएका ५८ बटुकको ब्रतबन्ध तथा ११ बालिकाको बेलविवाह तथा गुन्युचोली निःशुल्क गरिएको कार्यक्रम संयोजक उमा आचार्यले बताउनुभयो ।
फजुल खर्र्च नगरौ, मितव्यायी बनौ भन्ने नाराका सार्थ प्रत्येक बर्ष आयोजना गरिदै आएको समाजमा सदस्य हिमप्रसाद ओझाले जानकारी दिनुभयो । सामुहिक ब्रतबन्धको प्रभाव बढ्दै गएकोले भाग लिनेको संख्या प्रत्येक बर्ष बृद्धि हुदै गएको समाजमा सचिव कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो । कार्यक्रम समाजमा नगर अध्यक्ष उद्धवप्रसाद अधिकारीको सभापत्विमा सम्पन्न भएको थियो ।
