एसोसिएनद्वारा समय स्तम्भ हस्तान्तरण

धरान÷धरानको सबैभन्दा पुरानो विद्यालय पब्लिक हाइस्कुल एल्मुनाई एसोसिएसन २०३१ ले निर्माण गरेको समय स्तम्भ गत शनिवार एक विशेष समारोहबीच विद्यालयलाई हस्तान्तरण गरेको छ ।
पब्लिक हाइस्कुलबाट २०३१ सालमा एलएलसी दिएका विद्यार्थीहरुले गठन गरेको एसोसिएसनले विद्यालयको हातामा अत्यन्तै आकर्षक समय स्तम्भ झण्डै ४ लाख ५० हजारको लागतमा निर्माण गरेको हो ।
आफूले अध्ययन गरेको विद्यालयमा चीर कालसम्म स्मरणीय योग्य कार्य गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै वि.सं. २०३१ सालका एसएलसी समूहका ५७ जना विद्यार्थीले आपसमा आर्थिक संकलन गरी निर्माण समय स्तम्भको धरानका प्रवुद्ध व्यक्ति एवम् पूर्व अञ्चलाधीश सूर्यप्रसाद उपाध्याय, चन्द्र सँस्कृत माविका पूर्व प्रद्यानाध्यापक विष्णु दाहाल लगायतले सामुहिक रुपमा उद्घाटन गर्नुभएको थियो । समय स्तम्भ एवम् पब्लिक हाइस्कुल एल्मुनाई एसोसिएन २०३१ का अध्यक्ष प्रा.डा. राजेन्द्र शर्माले कार्यक्रम माथि प्रकाश पार्दै भन्नुभयो, समय निःशुल्क पाइन्छ तर व्यथित भएको समय जति मूल्य तिरे पनि किन्न पाइदैन । समयको महत्व दर्शाउन हामीले विद्यालयको हातामा समय स्तम्भ निर्माण गरेका हौं । आफूले पढेको विद्यालयमा के गर्दा गर्व गर्न सकिन्छ भनेर व्यापक अन्तरक्रिया ग¥यौं, आपसी सल्लाहबाट हामीले निष्कर्ष निकाल्यौ विद्यालयको हातामा एक समय स्तम्भ निर्माण गर्ने । उहाँले घोषणा गर्नुभयो अब एसोसिएसनले एक अक्षय कोषका स्थापना गर्देछ । त्यो अक्षय कोष कति रकमको हुने कुरा उहाँले खुलाउन नचाहे पनि आठ अंकको हुने स्पष्ट पार्नुभयो ।
सो अवसरमा बोल्दै प्रवुद्ध व्यक्ति एवम् पूर्व अञ्चलाधीश सूर्यप्रसाद उपाध्यायले भन्नुभयो विद्यालयको प्रांगरणमा जुन समय स्तम्भ निर्माण भएको छ यो आफैमा गौरवको कुरा हो । विद्यार्थीहरुले आपूmले अध्ययन गरेको विद्यालयलाई यसैगरी सम्झनुपर्छ । अझ समय स्तम्भ समेत निर्माण गरेर ०३१ सालका विद्यार्थीहरुले गरेको कार्यबाट अन्य विद्यालयका विद्यार्थीहरुले पनि सिक्नुपर्ने उहाँले प्रष्ट पार्नुभयो ।
कार्यक्रमको अध्यक्षता प्रा.डा.
राजेन्द्र शर्माले गर्नुभएको थियो भने चन्द्रसँस्कृत माविका पूर्व प्रद्यानाध्यापक विष्णु दाहाल, विए कृष्ण श्रेष्ठ, गोविन्द निरौलाले पनि समय स्तम्भका बारेमा पूर्व विद्यार्थीहरुले गरेको कार्यको प्रशंसा गर्नुभएको थियो । एसोसिएसनका सचिव वीरेन्द्रसिंह थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा पब्लिक हाइस्कुलका पुराना विद्यार्थी धरानमा पहिलो विए पास गर्ने विद्यार्थी कृष्णप्रसाद श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया