स्थानीय निर्वाचन सम्पन्न गर्न सबै कुराको होमवर्क हुनुपर्छ

गोपाल कोइराला ‘त्यागी’ । राजनीति, सामाजिक, पत्रकारिता क्षेत्रमा सुपरिचित नाम । अझ कतिपयले उहाँलाई सीमाविदको रुपमा, कोशी हाइड्याम सम्बन्धमा गहिरो अध्ययन र अन्वेषण गर्ने व्यक्तित्वको रुपमा चिन्ने गरेका छन् ।
झण्डै २२ बर्षसम्म इनरुवाबाट प्रकाशित समाचार जगतको सम्पादक भएर काम गरिसक्नु भएका त्यागीसँग पत्रकारिताको क्षेत्रमा गहिरो अनुभव रहेको छ । विगतमा नेपालमा एउटा निश्चित उद्देश्यका लागि अर्थात समाजमा भएका विकृति, विसंगति र समस्या समाधानका लागि पत्रकारिता हुने अनुभव रहेको सुनाउने त्यागी अहिलेको पत्रकारितालाई बुर्काभित्रको बेगम
भन्नुहुन्छ । आँखामात्र देख्न बुर्का लगाएकी युवती कत्ति न राम्री होली भन्ने उत्सुकता जाग्छ तर यर्थामा कुरुप पनि हुन सक्छ । पत्रकारिताले अहिले समाजमा अपराधलाई बढावा दिएको, अपराध गर्न उक्साउने गरेको र अपराधलाई संरक्षण गरेको त्यागीको अनुभव छ ।
राजनीतिमा समेत आफ्ना छुट्टै पहिचान बनाउनु भएका कोइराला राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य समेत हुुनुहुन्छ । उहाँ भन्नुहुन्छ आजको राजनीति विकृति, विसंगति, कुरुप, विदिर्ण र विभाजित छ । यथार्थमा भन्नुपर्दा नेपालमा राजनीति नै छैन भन्नुहुने कोइराला हरेक दल कसरी शक्तिमा पुग्ने भन्ने होडमा मात्र छन् । दलीय स्वार्थ र व्यक्तिगत स्वार्थमा रुमलिएका पार्टीका मूल्य मान्यता र आदर्शलाई तिलान्जली दिएकै कारण मुलुक भयावह अवस्थामा पुगेको उहाँको ठम्याई छ । हरेक दलको स्वार्थ राष्ट्र र सार्वभौम सत्तामा केन्द्रित हुनु पर्ने हो । तर त्यसो हुन नसकी दलका नेताहरु लम्पसार भएर विदेशीको इशारामा चलेकोले आम नेपाली जनता वाक्क भएर अब राजा आइदिए हुन्थ्यो, देश सेनाले सम्हालिदिए हुन्थ्यो भन्ने मनसिकतामा पुगेको अवस्था देखिएको कोइरालाको अनुभव छ । सीमा सम्बन्धी आधा दर्जन पुस्तक लेख्नु भएका कवि एवम् साहित्यकार समेत रहनुभएका ७८ बर्षीय कोइरालामा बूढ्यौलीका कुनै छनक देखिदैन । उही स्फूर्ति, उस्तै जाँगर भएका कोइरालासँग यसपटक हामीले मुलुकको वर्तमान राजनीति, निर्वाचन आदिका विषयमा उहाँकै निवासमा भलाकुसारी गरेक छौं । प्रस्तुत छन् भलाकुसरीका सम्पादित अंशहरु ः
७तपाई राजनीति, सामाजिक, पत्रकारिता, नेपाल भारत सीमा सम्बन्धी, कोशी हाइड्याम सम्बन्धी उत्तिकै सक्रिय र खरो अभिव्यक्ति दिदै आउनु भएको छ । तपाईले मुलुकको अहिलेको
राजनीतिलाई कसरी मुल्यांकन गर्नुभएको छ ?
–राजनीति भन्ने कुरा मैले बिर्सिन थाले जस्तो लाग्न थालेको छ । हुन त मैले राजनीति शास्त्रमा अनर्स गरेको हुँ । पोलिटिकल साइन्स, इतिहासको विद्यार्थी पनि हुँ । तर विचित्र के छ भने अहिले मुलुकमा राजनीति भन्ने कुरा, यसको परिभाषा नै बेग्लै भएजस्तो लाग्न थालेको छ ।
७त्यस्तो किन लागिरहेको छ त ?
–झट्ट विहान उठेर बाहिर निस्कियो भने
राजनीतिको एउटा हावा चलेको हुन्छ । घर फर्कदा त्यो हामी अर्कोतिर चलेको हुन्छ । मैले भन्न खोजेको के हो भने हामी कहाँ राजनीति सोच, विचार, सिद्धान्त, आदर्श र एउटा मेनिÏयाक्टो हुन्छ । सबैतिरबाट घुमेर आएर त्यो राष्ट्रमा निहीत रहन्छ । राष्ट्रको सार्वभौममा नीहित रहन्छ । नेपाली नागरिकहरु सार्वभौम राष्ट्रका नागरिक हुन् भन्नेमा निहीत रहन्छ । तर आजको राजनीतिमा कुनै पनि दलका जति कुरा भाषणमा, प्रेस कन्फ्रेन्समा, पत्रकारको जवाफमा विशिष्ट श्रेणीको नेताहरुले जुन कुरा गर्नुहुन्छ त्यसमा जति सुनिन्छ त्यो ९९.९ प्रतिशत गलत हुन्छ ।
७त्यसो भए अहिलेको राजनीति फेक
राजनीति हो त ?
–फेकको पनि एउटा सिद्धान्त छ फेक नै
राजनीति गर्छु भनेर राजनीति अगाडि बढेको हुन्छ । यो राजनीति ध्जबत तय मय, ध्जबत लयत तय मय, ध्जभचभ तय मय, ध्जथ तय मय, ध्जय mभ तय मय भन्ने विषयमा नै फेक छ । यसको विचित्रता यही हो । अघि नै भनिसक्नु भयो तपाईले म राजनीतिमा रहेको केन्द्रीय सदस्य भएको । राजनीतिमा मेयर जस्तो पद, फस्ट क्लास अफिसर भइसकेको माछे पनि हुँ । मानिसले जहिल्यै पनि जस्तोसुकै मोजमस्तीमा बसेपनि, मीठो कुरा खाए पनि क्ष्तुक मचष्लपक mबतभ mबचथ भनेर जहाँ मनाए पनि घर सम्झन्छ । त्यो घर भनेको नेपालीको नेपाल हो । विदेशमा जसरी जति छरिएर बसेका, आएका व्यक्ति हुनुहुन्छ उहाँहरुले हरेक चीजमा गैह्रवंश भएका नेपाली नागरिकले नेपाललाई सम्झन्छन् । अहिले पनि विदेशभरि बसेका नेपालीहरुको भावना सञ्चारमाध्यममा आउँछ । उनीहरु नेपालप्रति चिन्तित छन् । नेपालका नेताहरुचाहिँ चिन्तित देखिदैनन् । नेताहरुले राष्ट्रप्रतिको दायित्व पूरा गरुन भन्ने चाहना लिएर उनीहरु पनि कुनै न कुनै दलसँग आवद्ध भएर बसका छन् । तर पनि चिन्तित छन् । त्यसैले मैले भन्न खोजेको के हो भने नेपालमा राजनीति प्रस्ट छ तर राजनीतिकर्र्मी र राजनेताको अभावले गर्दा यसको परिभाषा नै अलग भएको छ ।
७नेपालमा दलैपिच्छे राजनीतिका सवाशेर छन् । के उनीहरु राजनीतिकर्मी वा राजनेता हैनन र ?
–राजनेताहरु भनेको भाषण गर्देमा त्यसलाई भनिदैन । वाकपटुता पनि हुनुपर्छ । जस्तो श्री ३ जंगबदादुर राणालाई लिन सकिन्छ । उनमा वाकपटुता थियो । उनी अंग्रेजी गीतमा नाच्दा ब्रिटेनकी महारानीले सोधेकी थिइन तिमी अँग्रेजी जान्दै जान्दैनौ महाराज फेरि तिमी किन यति रमाइलो गररहेका छौं ? प्रत्युत्तरमा जंगबहादुरले भनेका थिए महारानी के तपाई कोइलीको बोली बुझ्नु हुन्छ र ? तर त्यसको स्वरमा हामी सबै रमाउँछौं । हो तपाईको संगीतमा जुन ताल छ, शान छ त्यसमा मैले आफ्नो इच्छा जाहेर गरे, व्यक्त गरे । मलाई पनि त्यसमा
रोमान्स आयो, उठे । त्यो वाक कटुता हो ।
७त्यस्तै हो त नेपालको राजनीति ?
–त्यसमा राजनीति थियो । नेपालबाट प्रतिनिधित्व गरेको अँग्रेजी बोल्न नजान्ने विश्वको सम्पन्न, कहिल्यै घाम नअस्ताउने देशमा नेपाल जस्तो देशबाट गएकोले जुन चलाखपूर्णा जवाफ दिए त्यो ठूलो कुरा हो । त्यसबेलाका नेपालका शासक कति धूर्त,कति चुस्त, कति चालाख, कति करिङ्ग रहेछ भन्ने पाठ ब्रिटेनलाई सिकाएको थियो । त्यो
राजनीति हो । गफ गर्नु पनि राजनीति हो । तर यहाँ यस्तो गफ हुन्छ गजेडी गफ । एउटा मानिस पूर्वतिर लाग्यो पछि फर्केर आउँदा उसको टुप्पी मात्र लुखुर लुखुर घरभित्र पसेको थियो रे । यस्तो गंजडी जस्तो भएको छ
राजनीति । दिग्गज राजनीति गर्नेहरुको भाषण यस्तै किसिमका भएको छ । अब जहाँसम्म यो देशको राजनीति प्रशासन पनि हो । आज कार्यपालिकालाई हेरौ, विद्यायिकालाई हेरौ , जुलियरलाई हेरौ । कुनैमा समान्यजस्यता छैन । ठूलो पार्टी भन्नेले अदालतको मानहानी गर्छ, सरकार अदालतको आदेश मान्दिन भन्छ, अदालतले सरकार वा विद्यायिकालाई टेरपुच्छर लगाएन भन्ने आरोप लगाइएको छ । महाअभियोग लागेको होस् अदालतबाट फैसला हुन्छ । अदालतमा मुद्दा चलिरहेको होस महाअभियोग लगाइरहेको हुन्छ । कस्को के कार्यक्षेत्र भन्ने कुरा पनि विवादित छ ।
७यस्तो किन भइरहेको छ त ?
–अस्थिरता । देशप्रतिको आकर्षण र नेपाली जनाप्रतिको आकर्षणको कमीले हो । मुख्य
कुरा यहाँका बुद्धिजीविहरु दिग्भ्रमित छन् । नेपालमा बुद्धिजीविको कमी छ ।, विद्वान धेरै हुनुहुन्छ । धेरै विद्यावारिधी पाउनु भएको छ । विज्ञहरु हुनुहुन्छ तर पार्टीगत हुनुहुन्छ । उहाँ फलनो विषयको विज्ञ हुनुहुन्छ तर कुन पार्टीमा हुनुहुन्छ, उहाँ यस यस विषयको ज्ञाता हुनुहुन्छ तर कुन पार्टीमा हुनुहुन्छ ? जुन देशका ज्ञाता, विज्ञहरुले वौद्धिकता, क्षमतालाई प्रस्तुत गर्नुपथ्र्यो त्यो यहाँ भएको छैन । घोषित समाजसेवी, घोषित बुद्धिजिवी, घोषित नागरिक समाज छ । नागरक समाज भनेको कोठामा बसेर १० जना ग्रायजुटले मात्र गठन गरेर हुन्छ र ? देश पूर्वमा भारत, दक्षिणमा भारत, पश्चिममा भारत र उत्तरमा चीन । यो भित्रका सबै बौद्धिक समुदाय पार्टीबाट माथि उठ्नुपर्छ । निर्वाचन घोषणा भएको छ तर सरकार स्वयम द्विविधामा छ निर्वाचन हुन्छ कि हुँदैन भनेर । यो मितिमा गर्ने भन्छ, त्यो मितिमा हुँदैन भनेर मिति सारिदेउ भन्छ । निर्वाचन आयोग भन्छ सहमति बिना निर्वाचन हुँदैन भन्छ । अहिले म्यादी प्रहरीकै कुरा लिउँ न एउटा पोसाक पनि दिएको छैन । बजेटै निकास भएको छैन । उनीहरुलाई आज भोलिदेखि नै तालिम दिनुपर्ने हो त्यो गरेको छैन । कुनैपनि चिजको होमवर्क नगरी, सबै कुराको व्यवस्था नगरी हचुवाको भरमा हुँदैन । हामीले भान्सामा खाना बनाउन पनि त्यहाँ सबै कुरा व्यवस्था गर्नुपर्छ । भात पकाउन पानी उमालेर चामल किन्न गएर, नुन किन्न गएर हुँदैन ।
७तपाईको कुराले त निर्वाचन नै नहोला जस्तो पो देखियो त हैन र ?
–त्यो मैले भन्नुपर्छ र ? त्यो त सरकार आफैले भनिरहेको छ । कहिले निर्वाचन जेठमा गरौं भन्छ, कहिले कार्तिकमा एकैचोटी तीनवटै तहको गरौ भन्छ । यसमा मैले के भन्नुपर्छ । तपाई हामी ग्रासरुट लेवलका व्यक्तिको कुरा सञ्चारमाध्यमले नै माथि पु¥याउने हो । जनताको आवाजलाई किन सञ्चारमाध्यमले सरकार समक्ष पु¥याउन सकेका छैनन् । सु–सुचित गराउने काम गर्नुपर्छ । आततायी हुनुप¥यो कि जनतालाई त्रसित बनाउने नेता हुनुप¥यो । त्यस्ताको आवाज मात्र सुनिन्छ । आतंककारी गतिविधि गर्ने कुनै पार्टी छ भने त्यसले हप्काउदैमा सञ्चारमाध्यम चुइँक्क परेर उसका कुरा फ्रन्ट पेजमा समाचार लेख्ने प्रवृत्ति छ । हैन भने मारिदिन्छौं भन्छन् । त्यस्ता धेरै धम्क्याएका समाचार बाहिर आएका छन् । कैयौ पत्रकार कार्यक्षेत्र छोडेर भागेका छन् । मैले पनि २२ बर्षसम्म समाचार जगतको सम्पादक भएर काम गरिसकेको छु । म पनि त्यसै मध्येको हुँ । तर पनि अहिले म सञ्चारकर्र्मीहरुलाई कर जोडेर आग्रह गर्जु उहाँहरुले जनताको पीडा, विसंगतिलाई सरकार समक्ष पु¥याउनु पर$A5छ । सरकरका गलत कुरालाई पनि कसरी नांगेझार पार्नुपर्छ भनेर ध्यान दिनुपर्छ ।
७सञ्चारकर्मीहरुले सम्प्रेषण गरेका कुरामा सरकारले ध्यान नदिएर पनि यो अवस्था आएका हुन सक्छ नि हैन र ?
–मलाई त पत्रकारहरुकै कमजोरी लाग्छ । देशमा राजसंस्थालाई हटाएर यो गणतन्त्र र के के तन्त्र ल्याउन सक्ने कुरामा पत्रकारले जुन भूमिका निर्वाह गरे आजका यी लाछे, भतुवा निर्देशित सरकारमा बसेका व्यक्तिलाई पत्रकारले तह लगाउन सक्दैनन् ? तर पत्रकारिताको पनि आÏनो आस्था हुन्छ । पत्रकारले आफनो आस्थाभित्र बसेर पत्रकारिता गर्नुपर्छ । भूपूहरुको चाकडी गर्नमा, गलत कुरालाई ठूलो अक्षरमा छाप्ने प्रवृत्ति छ । तर एउटा निर्धो व्यक्तिको सत्य कुरालाई वास्ता गर्दैनन् । मैले सबैलाई आरोप लगाउन खोजेको होइन । त्यस कारण केही यस्ता पत्रकार छन् जो पत्रकार बन्नकै लागि पत्रकार भएका छन् । तर्कका लागि तर्क भनेझै । पत्रकारिताको आस्थालाई बुझेर पत्रकारिता गर्दैनन् । कर्मचारीलाई रवाफ देखाउन, व्यापारीहरुलाई धाक देखाउन, कसलाई के गर्न मात्र पत्रकारिता गर्छन् । मैले समाचार जगत निकाल्दा मेरा यस्ता मित्रहरु आउनुहुन्थ्यो मलाई पास बनाइदेन भन्नुहुन्थ्यो । किन भनेर सोध्दा उहाँहरु भन्नुहहुन्थ्यो एसएलसी जाँच हुँदैछ त्यहाँ म जान पाउँछु । मेरो बच्चा जाँच दिँदैछ । ल हेर्नुस उद्देश्य ।
७त्यसो भए पत्रकारिता हिजो पनि स्वच्छ थिएन र आज पनि छैन हैन त ?
–म त्यो आरोप लगाउने पक्षमा छुइनँ । आज पनि पत्रकारिता धेरै उच्च कोटीमा छ । केही पत्रकारिताभित्र छद्म भेषमा प्रतिनिधित्व गरिरहेका छन् । सम्पादकले वा सम्पादन गर्नेहरु धेरै राम्रो पनि कसैले गरेका छन् । बुर्काभित्रकी बेगम जस्तो हुनु भएन । यस्तै किमिसमको भूमिका केही तथाकथित सम्पादाताहरु समाचार पठाउँछन् । जुन कुरा विल्कुल गलत हुन्छ । जसले पत्रकारितामा दाग लाग्छ । यहाँ के छ भने ५ जना कोही लुट्न
गए । अहिले लुटेने प्रवृत्ति गतिलोसँग विकसित भएको छ । महिलाहरुलाई अगाडि सारेका छन् । पाँच जना महिलासहित पत्रकार लुट्न गएपछि उनीहरुले हल्ला गर्छन् । पक्राउ गन जाँदा एउटी महिला कराउँदै मलाई बलात्कार गर्न खोज्यो भन्छे । अनि तथाकथित एनजिओ आइएनजिओ, महिला सञ्जाल, मानव अधिकारवादी सबै लाग्छन । हामी नभएको भए यी त बलात्कृत हुन्थिन् भनेर कुरा गर्छन् । उनीहरुले लुटेको स्थानीय सबैले देखेको हुन्छन् तर पत्रकारले उल्टो लेखिदिन्छन् । पुलिसलाई थाहा हुन्छ तर केही गर्न सक्दैनन् । मैले आफैले त्यस्तो घटना देखेको छु । जबकी उसैले पुलिसलाई बोलाउँछ । लोकल पुलिस, जिल्लाका पुलिस पनि पुगेका हुन्छन् । तर एउटा डेड फुटिया नेता तँ यसो गर म यसो गर्छु भनेर
प्रहरीलाई धम्क्याएर बलात्कारको मुद्दा दर्ता गर्न लगाएर शोषण गरेको हुन्छ ।
७त्यसो भए राजनीति र पत्रकारिता अहिले उस्तै हो ?
–उस्तै त नभनौ । राजनीति भन्दा धेरै माथिल्लो स्तरमा पत्रकारिता छ । अब त्यहाँ कलमजीवि कै कुरा गरौ न । एउटा कलमजीविले १० वटा पत्रिमामा लेख छाप्छ । त्यसको भ्यु एउटै हुन्छ । भलै यसले १० ठाउबाट पारिश्रमिक पाओस् । किन भने उनीहरु वास्तविक रुपमा कलम चलाउँदैनन् कुनै पार्टीको प्रवक्ताको रुपमा प्रचार गर्नको निम्ति लेखिएका हुन्छ । यहाँ जति पनि समाचार पढ्दा मलाई अचम्म लाग्छ । एउटा पत्रिकामा मैले फोटो देखे एउटा बच्चाले मुखले पानी तानेको । त्यो त हामीले गाई चराउन जाँदा यही सुनसरी खोलामा मुखमा रुमाल बाध्या,े रुमाल ओछ्यायो त्यसबाट चुसेर खान्थ्यौं । खनेर खोपिल्टो बनाएर पानी झिलकेर खान्थ्यौ । यो केटाकेटीको परम्परागत स्वभाव हो । कसैले खिचिदियो, राखिदियो अनि त्यसलाई हौवा बनाइन्छ । यस्तो पनि कही हुन्छ ? हामी गाई गोठला हौं । हामी कोशीको किनारमा गाई नै चराउन जान्थ्यौं । ती कुरा नदेख्नेहरुलाईै अचम्म लाग्छ । तर यो नौलो कुरा हैन । यही मेरो घर अगाडिको सानो पुल जुन देखिदैछ त्यहाँ बढे बढे गोही थिए । ठूला ठूला गाई भैसी गोहीले तान्थ्यो । अहिले त्यहाँ एक थापा पानी छैन । मैले त्यहाँ महानन्द पञ्चवती पार्क बनाउन म मेयर हुँदा शुरु गरेको थिएँ अहिले निर्माण कार्य हुँदैछ । यो कुरा अब कस्ले पत्याउने ? दन्ते कथा जस्तो भएको छ । कोशीको तटबन्ध बनेपछि यहाँँ पानीको मुहानहरु बन्द भए ।
७अलिकति कुरा फेरबदल गरौ, अहिले मुलुकको अवस्था झन झन भयावह बन्दै गएको छ । अब यसको समधानचाहिँ के होला ?
–म विशेष गरेर सीमा, जलश्रोत र उच्च ड्याम सम्बन्धमा काम गर्छु । धेरै किताबहरुमा मेरा कुरा आइसकेको छ । मैले पनि धेरै किताब लेखेको छु । बुद्धिनारायण श्रेष्ठले बुद्धे जंगे भन्ने किताबमा मेरो फोटोसहित सामाग्री प्रकाशन गनुृभएको छ । सीमा संग्राममा पनि उहाँले उल्लेख गर्नुभएको छ । अहिले राजनीति भयावह भन्दा पनि नेताहरु भयावह भएका छन् । नेताहरु यति भयावह भए कि जनता, जन साधारण र सिम्पल बुद्धिजीविहरु जसले राष्ट्र, राष्ट्रियता र नेपालको सार्वभौमलाई मात्र सम्झेर बसेका बुद्धिजीविहरु साँच्चै नै लोकतन्त्र आएपछि मैले भन्न नमिल्ने हो तर जनताको
आधारमा अब के भन्न थालेका छन भने यस्तो अवस्थामा पनि सेना किन चुप लागेर बसेको होला ? सेनाले केही गर्नुपर्ने हैन र ? यस्ता आवाज चातर्फी उठ्न थालेको छ । तपाईले राजालाई ल्याउँ देश बचाउँ भन्ने आवाज सर्वत्र सुनिएकै हो । म त्यो व्यक्तिगत रुपमा चाहन्छु । हिन्दु नेपाल अखण्ड नेपाल चाहन्छु । त्यसको लागि अहिले पनि
संघर्षरत छु । सेनाले नै ओभरटेक गरोस भन्ने आवाज पनि पनि धेरै आइरहकोे छ । किनकि यो देश टुक्रा, यो देशको सार्वभौम यस्तो हुन्छ, नेपालको राष्ट्रिय झण्डा जलाइदिने, त्यसलाई कर्सैले केही गर्न नसक्ने । यहाँ सम्म कि पूर्व प्रधानमन्त्री र मन्त्री भइसकेको मान्छेले यो देश खारेज गर भनेर नारा लगाउँदा त्यस्तालाई राजद्रोहीको मुद्दा लगाउन नसक्ने लाछी सरकारले राष्ट्रको सार्वभौम बचाउन सक्छ भनेर म विश्वास गर्दिन । जो स्वाभिमानी नेपाली छन्, उनीहरुले पनि यस्तो सरकारलाई विश्वास गर्न सक्दैनन् । नबोल्नु अर्को कुरा हो ।
७अब यसको समधान के त ?
–साँचो बोल्न कोही सक्दैनन् । साँचो बोल्नु त परै जाओस् सुन्न पनि चाहँदेनन् । जसले सुनिदियो भने उसले बुझ्न चाहँदैन । बुझिदियो भने ऊ त्यही ठाउँमा सड्छ । यो अस्थामा यसको समधान जनता नै हुन् । उनीहरु अगाडि आउनुपर्छ । कि सेनाले ओभर टेक गर्नुपर्ने होकि जस्तो लाग्छ । थाइल्याण्डको जस्तो सेनाले क्याप्चर गरेर
राजालाई सर्बे सर्वा पारेर ५ बर्ष दुई बर्षपछि चुनाव गरेर समधान गर्नुपर्ने हो कि । होइन भने यहाँ जुनसुकै सरकार आएपनि देशको वर्तमान अवस्थामा सुधार अहाउन
सक्दैन । देश दिग्भ्रमित भएको छ । लथालिंग भइसकेको छ । अब कुनैपनि सरकारले १५ आना पनि सन्तुलन मिलाउन सक्छ भनेर विश्वास गर्न सक्दिन । एक अनाचाहिँ मैले भवितव्यका लगि राखिदिएको हुँ । अहिलेको अवस्था साह«ै नै अप्ठेरो छ । के गर्ने। कसरी गर्ने, कस्ले गर्ने भन्नेमा मात्र छन् म गर्छु, यसरी गर्नुपर्ने हो, हामी सबैले यसो गरौ भन्ने अवस्थामा छैनन् । अब यहाँ मधेश मधेश भनेर कराइन्छ । मधेश भनेको भूगोल हो कि जात हो ? म मधेशमा जन्मेको ७८ बर्ष भयो । म इनरुवामामै जन्मेको हुँ । म के हुँ पहाडे हुँ कि मधेशी हुँ । मेरोे बुबा त्यही पत्रङ्गबारी, हजुरबुबा त्यही पत्रङ्गबारीमा जन्मिनु भएको हो । मधेशी भनेको कुन जात हो ? मधेश भनेको त भुगोल हो ,जस्तै भारतको विहार, बगाल, युपी छ । यहाँ बस्ने नेताहरु मात्र मधेशी हुन् ? हामी मधेशी हैनों ? मधेशमा बस्दा गौरव मानेका छौं । सुन फल्ने ठाउँमा जन्मेका हौं । मधेश भन्ने ठाउँ त यहाँ कहिल्यै थिएन । पहाडबाट पहाडेहरु भारत जाँदा म अब देश जाने बाटोमा आइपुगे भनेर भन्दा भन्दै मधेश नाम रहेको हो । पहिला मुग्लान जान्थे जबकि त्यसबेला मुगलको साम्राज्य थियो । अँग्रेजको शासन आएपछि देश भन्न थालियो । सँगैको साथी लखनपुर पुग्थ्यो मन रुन्छ धुरुधुरी भनिन्थ्यो । लखनपुर पुगेपछि घर परिवारलाई चिठ्ठी लेख्थे म देश जाने गौडामा आइपुगे, म देश जाने गौडामा आइपुगे । त्यसरी मधेश भएको हो । परिवारले बुझ्थे छोरो मधेशमा पुगेछ ।
७तर अहिले मधेशवादी दल, मधेशवादी नेता भन्छन् नि त ?
–हा…हा…हा.. ती नेताहरुलाई धन्यवाद दिनुस् । किनकि उनीहरुले मधेश छोडीसके । विजयजीले पनि छोड्नुभयो, उपेन्दजीले छोड्दै हुनुहुन्छ । किन उहाँहरुको घैँटेोमा घाम लाग्दैछ ।
७अब उहाँहरुके भन्दै हुनुहुन्छ त ?
–उहाँहरुले पार्टीबाट मधेश हटाइसक्नु भएको छ । राष्ट्रिय स्तरको पार्टी बनाउँदै हुनुहुन्छ । त्यसकारण विस्तारै उहाँहरुले म नेपालको बासिन्दा हुँ । नेपाल भनेकै मधेश, पहाड, भित्री मधेश, हिमाललाई नै उहाँहरुले आत्मसात गर्नुभएको छ । अब तराई भन्छन् तर तराई भनेको पटेर हो त्यसको गुन्द्री बनाइन्छ । पहाडबाट झर्नेहरु त्यही तराईबाट बनेको घरमा बास बस्थे । सुनसरीका काशेी किनार, खोलानाला सबैमा तराई वा पटेरबाट छाएका घरहरु प्रसस्त हुन्थे । यो तराईको अन्य जिलमा पनि हुन्थ्यो । पछि आएर राजनीतिकरण भयो मधेशी पहाडे भनेर । अहिलेसम्म मधेशी र पहाडे झगडा गरेको ९९.९ प्रतिशत छैन । हो कसैको लेनदेन, मुछामामला होला त्यो बाहेक भुगोलको अधारमा छैन ।
७अनि यत्रो विवाद किन भइरहेको छ मधेशकै कुरालाई लिएर ?
–राजनैतिक व्यक्तिको स्वार्थले हो । आफ्नो नीहित स्वार्थका लागि यो आवाजहरु निस्किरहेको छ । नत्र मधेश जनताको थियो भने उपिन्द्र यादवले शुरु गरेको आन्दोलन पश्चात कति दल खुलिसके ? मधेशी भनेर मधेशलाई बेच्ने, जनजाति भनेर उचाल्ने काम मुठिभर नेताहरुले आफ्नो स्वार्थको लागि शोषण गरेका हुन् । ब्ल्याक मेल गरिरहेका छन् । कोही मधेशी नेता भएर, जनजाति नेता भएर ब्ल्यामेल गरिरहेका छन् । कोही महिला भनेर कोही अपांग भनेर ब्लाकमेलिङ्ग गरिरहेका छन । महिला भनेको एमालेका मात्र हुन, काँग्रेस, माओवादीका मात्र महिला हुन् ? तपाई हाम्रा दिदी बहिनी, चेलीबेटी सर्वासाधारण पार्टीमा नलागेका पनि महिला हुन् । कम्युनिस्ट, काँग्रेस, माओवादीको सरकार हुँदा सम्मानित हुन्छन् । मेरो पार्टीको छ भने मेरैकाले मात्र पाउँछन् । पार्टीगत रुपमा लैंगिक विभाजन छ, अपांग विभाजित छ, महिला, अशक्त, जात जाति, जेष्ठ नागरिक विभाजित छन् । यसैले अहिलेको राजनीतिलाई के भन्ने ?
७अहिलेको राजनीतिलाई विखण्डनकारी राजनीति भन्दा कसो होला ?
–विखण्डन निश्चित रुपमै हो । अझ स्वार्थी राजनीति, अर्काको निम्ति राजनीति गर्ने जुन नेता छन् त्यो नेताले नेपालीलाई खण्डित गर्ने काम गरिरहेका छन् । देश विखण्डन हुँदैन । कुवेतमा अरुले अक्रमण गर्दा अर्काले सहयोग ग¥यो । यो राष्ट्रको सदस्य देश हो । नेपालीभित्रै विखण्डन गरेर सिक्किम, भुटान बनाउने काम गर्दैछन् । एक पटक नेहरुले उत्तरतिर हिमालसम्म भारत हो भनेर भन्दा बीपी, टकप्रसाद आचार्य उफ्रनु भयो । अहिले त्यसरी भन्न सक्ने हिम्मत भएका कोही नेता छैनन् । लगातार दशगजा मिचेर भारतले बाटो बनाइरहेको छ । हामीले एउटा कल्भर्ट बनाउँदा गोली हानेर नेपाली छोरा मारिरहेका छन् । सीमाविद्हरु कराई रहेका छन् । सीमा विदहरुले प्रमाणित नक्सा ल्याएर राख्दा पनि उनीहरु मानिरहेका छैनन् । सरकार बोलिरहेको छैन । तपाईले मेरो किताब पनि हेर्नुभयो होला भारतको विहार सरकारका अफिसरले सही गरेको इण्डियन टेरिटोरियम नेपाल भनेर लेखिएका चिठ्ठीहरु राखेको छु । यस्ता कुरामा बोल्न नेताहरु नसकेका कारण हामीहरु धेरै निरीह प्राणी जस्तो देखिएका छौं । धेरै थिच्यो भने वा बिरालोलाई कोठामा राखेर कुट्न खोज्यो भने विरालोले घाँटी न्याक्छ । अन्तमा नेपालीहरु त्यसैगरी निस्कने छन् । त्यसको भूमिका निर्वाह गर्न सबैसँग आग्रह गर्दछु । पत्रकारले यसमा ठूलो योगदान गर्न सक्छन् । पत्रकारता क्षेत्र यस्तो महत्वपूर्ण क्षेत्र हो म अमेरिका जाँदा मसँग पत्रकारिताको परिचयपत्र थियो त्यसको आधारमा कोलोराडो क्षेत्रमा गएर मन्त्रीसँग भेट गर्न पाए ।

तपाईको प्रतिक्रिया