गन्हाउने जुत्ताको घिनलाग्दो प्रतियोगिता, निणर्णायक नै झण्डै बेहोस

गन्हाउने जुत्ता कसलाई पो मन पर्छ र ? जुत्ता गन्हाउने मान्छे सम्झँदै घीन लाग्छ । कहिलेकाहीँ जुत्ता गन्हाएका कारणले नै लाजमर्नु हुन्छ । तर यो दुनियामा यस्तो ठाउँ पनि रहेछ जहाँ जुत्ता गन्हाउनेहरुले वाहवाही कमाए ।
हो, अमेरिकामा हालै गन्हाउने जुत्ता प्रतियोगिता भयो । अमेरिकाको न्युयोर्कमा यस्तो प्रतियोगिता भयो जहाँ जुत्ता गन्हाउने मानिसहरुले जमेरै तारिफ बटुल्न पाए ।
नेशनल रटन स्निकर कन्टेस्ट नामक उक्त प्रतियोगितामा एक से एक दुर्ग्न्धित जुत्ताधारीहरुले भाग लिएका थिए । अनि प्रतियोगितामा निणर्णायकको भूमिकामा चाहीँ नासाका रसायन इन्जिनियर जर्ज अल्ड्रिक थिए । उनले प्रतियोगीहरुका गन्हाउने जुत्ता एक एक गर्दै सुँघे र कुन जुत्ता सबैभन्दा बढि गन्हाउछ भन्ने निधो गरे ।
प्रतियोगितामा एक १२ वर्षे बालक सबैभन्दा बढि जुत्ता गन्हाउने ठहरिए । उनको जुत्ता यतिधेरै गन्हाउँदो रहेछ की जुत्ता सुँघ्दा निणर्णायक अल्ड्रिकको आँखाबाट आँशु नै आयो । त्यो बालकको जुत्ताको गन्धले आफु झण्डै बेहोस भएको निणर्णायकले खुलासा गरेका छन् । यस्तो दमदार दुर्गन्धवाला जुत्ता भएको बालकलाई नै प्रतियोगिताको विजेता घोषित गर्न उनले कुनै कन्जुस्याइँ गरेनन् ।
गन्हाउने जुत्ता प्रतियोगिता अमेरिकामा सन् १९७४ देखि सुरु भएको हो । यो पटकको प्रतियोगितामा ७ जना गन्हाउने जुत्ताधारीले भाग लिए । एजेन्सी

तपाईको प्रतिक्रिया