प्रहरीले चलाएको डेल्टा अप्रेशनले सफलता पाउदै

धरान÷ प्रहरीले चलाएको डेल्टा अप्रेशनले सफलता पाउदै गएको छ ।
गत चैत्र ७ गतेदेखि अञ्चल प्रहरी कार्यालय कोशीको मातहतमा धरानलाई केन्द्रविन्दु बनाएर कोशीका ६ वटै जिल्लामा सञ्चालन गरेको डेल्टा अप्रेशन अन्तर्गत भारी मात्रामा लागू औषधसहित कारोबारीलाई प्रक्राउ गर्न सफल भएको हो । विशेष
गरी हत्या, लागू औषध, चोरी डकैती, गुण्डागर्दीलाई केन्द्रविन्दु बनाएर अप्रेशन थालिएको भए पनि धरानमा भने जल्दोवल्दो समस्याको रुपमा लिइएको लागू औषर्ध नियन्त्रणमा अप्रेशन केन्द्रित बनेको छ ।
यसैक्रममा चैत्र २० गते धरान प्रहरीले अप्रेशन अन्तर्गत नै धरान प्रहरीले लागू औषधमा ठूलो उपलब्धी हात पारेको छ । प्रहरीले धरान ९ मा डेरा गरी बस्ने बर्ष ३२ का मनोज माझीलाई डेरामै लुकाइछिपाई राखेको अवस्थामा प्रहरीले १ एम्पुल एभिल, २ एम्पुल डाइजिलाब र ४ एम्पुल लुपिजैसिकसहित प्रक्राउ गर्न सफल भएको छ ।
मोरङ शनिश्चरे घर भएका माझी धरान कांकडभिट्टा चल्ने सार्वजनिक यात्रुवाहक बसमा काम गर्ने माझीले भारतबाट लागू औषध ल्याएर धरानमा सप्लाई गर्ने गरेको प्रहरीले आशंका गरेको छ ।
डेल्टा अप्रेशन अन्तर्गत नै यो सफलता प्राप्त भएको इलाका प्रहरी कार्यालय धरानमा प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
उहाले अप्रेशन शुरुवात गरेदेखि हालसम्म २ हजार ९ सय ८१ एम्पुल डाइजेलाब, एभिल र लुपिजेसिक र ५ सय ८८ थान स्पामोप्रोक्सिन र ७ सय ७६ एम्पुलसहित दुईजनालाई प्रक्राउ गरी लागू औषध कारोबारी
ऐन अन्तर्गत मुद्धा चलाइएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया