धरान÷सीमांकन सहित सविधान संसोधनको माग राखेर आन्दोलन गरिरहेका मधेशवादी दलका कारण सुनसरी जिल्लाको दक्षिणी भेगमा आगामी वैसाख ३१ गते हुने निर्वाचनको माहोल हालसम्म बनेको छैन ।
सुनसरीका निर्वाचन आयुक्त जानकी कर्ण भन्नुहुन्छ, जिल्लाको उत्तरी बेल्टमा निर्वाचनको माहोल बन्दै गएको भएपनि दक्षिणी बेल्टमा अहिलेसम्म निर्वाचनलाई लिएर कुनै प्रकारको उत्साह नै देखिएको छैन । उहाँ भन्नुहुन्छ स्थानीय तहको निर्वाचन आउन अब ४० दिन मात्र बाँकी छ तर मधेशीवादी दलहरुकै विरोधका कारण माहोल बन्न सकेको छैन ।
जिल्लाको उत्तरी वेल्ट धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका,बराह नगरपालिकाका मतदाताहरु दैनिकजसो निर्वाचन सम्बन्धी विभिन्न जिज्ञासा राख्ने गर्छन् तर रामधुनी भाषी नगरपालिका, दुहवी भलुवा नगरपालिका, इनरुवा नगरपालिकाका मतदाताहरुमा हालसम्म त्यस्तो उत्साह नै देखिएको छैन । निर्वाचनको वातावरण बनाउने कार्यमा निर्वाचन आयोगले गतिविधि गर्नु पर्दैन त भन्ने सवालमा निर्वाचन आयुक्त कर्ण भन्नुहुन्छ, त्यो काम
सरकारको हो । हामीले निर्वाचन कार्यतालिका अनुसार काम गर्ने मात्र हो । उहाँले भन्नुभयो, सदरमुकाम इनरुवा नगरपालिकाको समेत चुनावी माहोल बनेको देखिदैन । यस्तो अवस्थामा निर्वाचन हुन्छ त भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, एउटा राष्ट्रसेवक भएको नाताले मैले हुँदैन भन्नै मिल्दैन । हामीले १ सय ६५ मतदान स्थल, १ हजार मतदाता
बराबर एक केन्द्र तोक्ने, चैत्र २७ गतेदेखि मतदाता शिक्षा कार्यक्रम, वैसाख १ गतेदेखि कार्यक्षेत्रमा खटाउने कार्य गर्दै गरेका छौं ।
न्याय कानुन र सरकारी स्तरका कर्मचारीहरु निर्वाचनमा खटिने र जिल्ला अदालतका प्रमुख न्यायाधीश मुख्य निर्वाचन अधिकृत रहने व्यवस्था आयोगले गरेको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार धरान उपमहानगरपालिकामा ७८ हजार १ सय ४, इटहरी उपमहानगरपालिकमा ७८ हजार १ सय २०, इनरुवा नगरपालिकामा ३६ हजार ३ सय ३२, रामधुनी भाषी नगरपालिकामा ३० हजार ५ सय १३, दुहवी भलुवा नगरपालिकामा ६१ हजार ३ सय ३५, बराह नगरपालिकामा ४८ हजार ५ सय ७६, बर्जु गाउँपालिकामा १८ हजार ६ सय ६०, गढी गाउँ पालिकामा १९ हजार ७ सय ३८, भोक्राहा गाउँ पालिकामा १७ हजार ७ सय ६०, कोशी गाउँ पालिकामा २२ हजार ५ सय ४०, देवानगञ्ज गाउँपालिकामा १९ हजार ५ सय ५७ र हरिनगरा गाउँपालिकमा २० हजार ६ सय ७० मतदाता रहेका छन् ।
त्र
