धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी तलब बृद्धिको माग
राखी पुन: आन्दोलनमा उत्रिएका छन् ।
आइतबार र सोमबार काठमाण्डौमा भएको प्रतिष्ठानको ३६ औा सिनेट वैटकबाट नेपाल सरकारले बृद्धि गरेको तलब भत्तामाथि कुनै निर्णय नभएपछि कर्मचारीहरु आन्दोलित भएका हुन् । उनीहरुले हिजो मंगलबार उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दाशको कार्यालय अगाडि नेपाल सरकारले बृद्धि गरेको तलबभत्ताको माग राखी धर्नामा बसे भने कुलपति, शिक्षाध्यक्ष, अस्पताल निर्देशक र कुल सचिवको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् ।
प्रतिष्ठानका कर्मचारीहरुले गत बर्ष सरकारले बृद्धि गरेको १८ प्रतिशत, एक हजार महंगी भत्ता, कर्मचारीको २५ प्रतिशत प्रोत्साहन भत्ता, एकदिनको तलब बराबरको ग्रेड, सेवा अवधि गणना, प्राविधिक कर्मचारीलाई वर्गिकरण गर्नुपर्ने लगायतका माग अगाडि सरेका छन् । कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङका अनुसार पहिलो चरणको आन्दोलनमा ८–११ बजेको सञ्चालन गर्न दिने, २ बजेदेखि आकस्मिकबाहेकका पेइङ्ग, ओपिडी सेवा बन्द गराउने, प्रशासनिक गतिविधि ठप्प पारिेन भएको छ । आन्दोलन कहिलेसम्म सञ्चालन हुन्छ त भन्ने जिज्ञासामा अध्यक्ष तामाङले भने जबसम्म उपलब्धी हासिल हुादैन तबसम्म आन्दोलन जारी रहन्छ ।
प्रतिष्ठानको काठमाण्डौमा भएको सिनेट वैठकले प्रतिष्ठानका कर्मचारीहरुको तलब भत्ताका सम्बन्धमा पूर्व उपकुलपति प्रा.डा. शेखर कोइरालाको अध्यक्षतामा एक समिति समेत बनाएको छ । समितिमा अर्थ सचिव, स्वास्थ्य सचिव, वीर अस्पताल नेम्सका उपकुलपति र प्रतिष्ठानका डेपुटी रजिष्ट्रार
रहेका छन् । सिनेटको बैठकमा इतिहासमै अर्थसचिव सहभागी भएका थिएनन् । तलब भत्ताका सम्बन्धमा समितिले कहिलेसम्म निर्णय गर्ने भन्ने समय सीमा समेत सिनेटको बैठकले नतोकेको हुादा समिति नै अव्यवहारिक रहेको आन्दोलित कर्मचारीहरु बताउाछन् । प्रतिष्ठानमा पटक पटक हुादै आएको आन्दोलनका कारण उपचारार्थ आएका विरामी र तिनका आफन्तले ठूलो सास्ती मात्र खेप्नुपरेको छैन प्रतिष्ठानसमेत २० करोड घाटामा पुगेको छ । यसै सम्बन्धमा प्रतिष्ठानका कुलसचिव तुलबहादुर श्रेष्ठसाग सम्पर्क राख्दा उहााले भन्नुभयो, कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङ्गलाई सिनेटको बैठकमा स्वास्थ्यमन्त्रीले भन्नुभयो तपाई आफै प्रतिष्ठान २० करोड घाटामा छ भन्नुहुन्छ अनि फेरि आन्दोलन गर्न उक्साउनुहुन्छ । त्यस्तै यस्तै हो भने अर्को पटकदेखि सिनेटको बैठकमा तपाईलाई सहभागी गराउने कि नगराउने सोच्नुपर्ने हुन्छ । श्रेष्ठले भन्नुभयो अस्पताल जस्तो संवेदनशील ठाउामा नारा, जुलुस, धर्ना, हड्ताल गर्न पाइादैन । फेरि डा.शेखर कोइरालाले दशै र तिहारको बीचमा निर्णय सहितको प्रतिवेदन दिन्छौं भनिसक्नु भएको छ । त्यसका लागि पुन: सिनेटको वैठक बस्नु पर्दैन । प्रतिवेदनमाथि मन्त्रीले निर्णय गर्दा पुग्छ । कुल सचिव श्रेष्ठले भन्नुभयो मागेजति तलब दिन ४० करोड चाहिन्छ यो रकम कहााबाट ल्याउने ? पदाधिकारीले घर बेचेर तलब खुवाउने कुरा त आउादैन । तर यति हो तलब बढ्छ । समितिको प्रतिवेदन नआई यत्ति नै बढ्छ भनेर भन्न सकिन्न ।
