धरान/तराईलाई छुट्टै देश बनाउने उद्देश्यका साथ पृथकतावादी अभियान सञ्चालन गर्दै आएका चन्द्रकिशोर उर्फ सि.के. राउत शनिवार मोरङ्गको कर्सियाबाट पक्राउ परेका छन् ।
केही बर्ष अगाडिदेखि मधेश
(तराई) नेपालभित्र अटाउन नसक्ने र अलग्गै स्वतन्त्र देश हुने घोषणा गदै संगठन गर्दै हिडेका राउतका गतिविधिमाथि प्रहरी प्रशासनले निगरानी गर्दै आएको थियो । भाद्र २० गते शुक्रबार निजले विराटनगरस्थित राम जनकी मन्दिरमा स्वतन्त्र मधेश राष्ट्रका विषयमा छलफल चलाएका थिए ।
नेपालबाट मधेशलाई छुट्याएर मधेश देश बनाई ‘स्वराज’ गर्ने आन्दोलनमा लाग्न निजले युवाहरुलाई आग्रह गरेका थिए । बाहिरी रुपमा उनको सांगठनिक सञ्जाल सशक्त नदेखिए तापनि मधेशवादी दलभित्रका युवाहरुमा निजले राम्रै पकड जमाइसकेको निजका साथबाट बरामद दस्तावेजले पुष्टि गर्छ, पूर्व क्षेत्रीय प्रहरी कार्यालय स्रोतले भन्यो । मधेशवादी दलका भातृ संघ, संगठनमा यिनको पकड बलियो बन्दैगएको देखियो । सुनसरी, मोरङ्ग, सिराहा, सप्तरीमा निजले आफ्नो गतिविधिलाई तिब्र बनाएको
रैछन्, नेपालको उपनिवेशबाट छुट्टिएर मधेशलाई अलग देश नबनाएसम्म मधेशीहरु शोषण, अपमान, अधिकारबाट मुक्त हुने भन्ने आशयका पृथकतावादी भवना युक्त सामाग्री यिन्ले व्यापक वितरण गरेको पाइयो, प्रहरीले स्रोतले भन्यो ।
राष्ट्रिय अखण्डता र सार्वभौमिकतामािथ आाच आउने खुल्ला गतिविधि गर्दै हिाडे पनि सरकारले निजका गतिविधिमाथि खासै चासो दिएको देखिदैन । राष्ट्रिय अखण्डता र सार्वभौमिकतामाथि पटक पटक आाच आउने गतिविधि देखिएपछि प्रहरीले पक्राउ गरी अनुसनधान शुरु गरेको हो । मोरङ्ग प्रहरीका अनुसार केही सार्वजनिक मुद्दा ऐन अन्तर्गत मुद्दामा प्रहरीले म्याद थप गरेको छ । राउतका गतिविधि राज्य विप्लव वा राज्यद्रोह अन्तर्गत देखिन्छन् । आपत्तिजनक ९ बुादे कार्ययोजना सहितको पुस्तक समेत वितरण गरेका छन् । यसका अलावा उनले एउटा गाउामा १० संगठन निर्माण गर्ने, प्रत्येक संगठनमा १५ जना पृथकतावादी अगुवा तयार गर्ने, त्यसै मार्फत स्वतन्त्र मधेश देश सम्बन्धी सामाग्री वितरण गर्ने, हरेक मधेशी युवाहरुको मोवाइलमा त्यस सम्बन्धी गीत ट्रान्सफर्मर गर्ने, एउटा जिल्लामा २ सय ५० जना सम्मको परिषद् निर्माण गर्ने र १२ बर्ष भित्रमा मधेशलाई नेपालबाट छुट्याउने योजना सहितको दस्तावेज समेत राउतको साथबाट प्रहरीले बरामद गरेको छ ।
को हुन् सि.के. राउत
सप्तरी महादेवा गाविस वडा नं. ७ मा जन्मिएका रावत सन् २०११ सम्म अमेरिका बसेर फर्किएका व्यक्ति हुन् । सामान्य परिवारका राउतले काठमाण्डौमा इन्जिनियरिङ्ग पढेर क्याम्ब्रिज विश्व विद्यालयबाट कम्प्युटरमा पिएचडी गरेका छन् । राउत अमेरिकामा दर्ता गरिएको गैह आवासीय मधेशी संघ र स्वतन्त्र मधेश संगठनका संयोजक समेत हुन् । माओवादी नेता डा. बाबुराम भट्टराईको संयोजकत्वमा रहेका विवाद समाधान समितिलाई भदौ ५ गते उनले मधेशी बुद्धिजीविको नाताले मधेशलाई राज्यसाग छुट्टिन पाउने अधिकार संविधानमा राख्नुपपर्छ भनेका थिए ।
रिहा गर्न दबाब
राष्ट्रिय अखण्डतामाथि नै आाच आउने गतिविधि गरेको प्रमाणसहित प्रहरीले राउतलाई पक्राउ गरेपछि मधेशवादी दलमा त्यसले भुकम्प ल्याएको छ । सिके राउतका सम्बन्धमा यस भन्दा अगाडि कुनै चर्चा नै नगर्ने मधेशवादी दलहरुले राउतलाई छाड्न प्रहरीलाई दबाब दिएका छन् । यसबाट प्रष्ट हुन्छ मधेशवादी दलहरु समेत मधेशलाई नेपालबाट टुक्र्याउन चाहन्छन् । नत्र उनीहरुले देश टुक्र्याउने अभियानमा लागेका व्यक्तिलाई पक्राउ गर्दा दबाब दिने थिएनन् । सप्तरीमा राउतलाई पक्राउ गरेको विरोधमा विद्यार्थीहरुले गृहमन्त्री बामदेव गौतमको पुत्ला दहन गरेका छन् । उनलाई तत्काल रिहाइ गर्न माग गर्दै स्वतन्त्र मधेशी युवा विद्यार्थी संजालको आयोजनामा राजविराजमा व्यापक विरोध प्रदशन भएको थियो । उता मधेश राष्ट्रिय अभियानका संयोजक एवम् पूर्व मन्त्री जयप्रकाश प्रसाद गुप्ताले मधेशलाई अलग स्वतन्त्र राज्य बनाउने राउतको अभियानलाई समर्थन गर्न नसकिने भन्र्दैै सशस्त्र बाटो नआएकोले
राउतको रिहाइएको माग गरेका छन् ।
