एडिवी जस्ता परियोजनाबाट धरान नगरपालिकाले हात झिक्नु उपयक्त हुने वडाबासीको धारणा,धनकुटा, बुटवल र काभ्रेबाट एडिबीले हात झिक्दै : हेटौडा र नारायणघाटमा केही परिवर्तन भएन

धरान/नेपाल खानेपानी संस्थानको दशबर्ष अगाडि महानिर्देशक हुादा कौशलनाथ भट्टराईले धरानमा चतराबाट पानी ल्याउन बनाएको लागत इस्टिमेट हाल एडिबीको एजेन्ट बनेपछि अस्वीकार गर्नुको गृहय
कुरा गोरस धन्दा नै भएको बुझ्न अब धराने जनतालाई कठिन भएन ।
दश बर्ष अगाडिको बजार दर अनुसार बनाइएको लागत इस्टिमेटलाई हालको बजार दरसाग समायोजन गर्दा ८० देखि ९० करोडमा चतराबाट पानी ल्याउन सकिने र त्यसले दीर्घकालीन रुपमा
धरानको खानेपानीको समस्या समाधान हुने भएता पनि (२२.७ मिलियन) अर्थात २ अर्ब २० करोड ७ लाखमा २०३१ सम्मको अल्पकालीन योजना एडिबीले अगाडि
सारेपछि स्वस्फूर्त रुपमा धरानका वडाबासीहरुले विज्ञप्ती प्रकाशित गरी
विरोध जनाउन थालेका छन् ।
धरान नगरपालिका वडा नं. १३ का बासिन्दाहरुले आइतबार एक विज्ञप्ती प्रकाशित गरी एडिबी जस्ता परियोजनाबाट धरान नगरपालिकाले हात झिक्नु नै राम्रो भन्दै नेपाल खानेपानी संस्थान, धरान नगरपालिका, युएनडिपीलाई बोद्धार्थ दिएका
छन् । विज्ञप्तीमा भनिएको छ, पूर्वाञ्चलको सुन्दर नगरी धरानमा विगत केही बर्षदेखि हिउादमा दुई चार महिना पानीको समस्या हुने गरेको छ । यो समस्या समाधानका लागि सरकारी निकायले जनतासंग समन्वय गरी संयुक्तरुप्मा पहल गर्नुको सट्टा आ–आफ्नो डम्फू बजाउादा नगरमा असहज वातावरण सिर्जना भएको छ ।
विज्ञप्तीमा अगाडि भनिएको छ नेपाल सरकारको मन्त्री परिषद्को निर्देशन अनुसार हुन लागेको खानेपानी व्यवस्थापन बोर्ड गठनको निर्णय फिर्ता गरी धराने जनताको पानीको मुख्य स्रोत सर्दु जलाधार क्षेत्रको संरक्षण एवम् सम्बद्र्धन गर्न र एकीकृत सहरी विकास परियोजना मार्फत गर्न लागेको कामका लागि सरकारले छुट्याइएको ५१ करोड ८५ लाख सस्तो एवंम दीर्घकालीन रुपले धराने जनताको हितमा योजना बनाउनुपर्छ । धरान नगरपालिकाले जनतामा करको भार थोपर्ने, अनावश्यक ऋण लिएर व्याज तिर्नुपर्ने, नेपाल खानेपानी संस्थानले मासिक न्यूनत्तम १ सय १० मा पानी खुवाउदै आएकोमा सत प्रतिशत भन्दा बढी शुल्कमा पानी खान बाध्य बनाउने, जगलमा ड्रिल गर्ने अनि ड्रिल गरेर पानी खुवाउनुु पर्दा खानेपानी संस्थानले ३२ करोडमा काम गर्छु भन्दा भन्दै त्यही कामको लागि १ सय ६५ करोड खर्च गर्नुपर्ने, सीमित अवधि र अपारदर्शी एवम् अत्याधिक खर्चालु जसको उदाहरण पहिले २ अर्ब २० करोड ७ लाख भन्दै आएकोमा जनताको विरोध पछि १ सय ६५ करोड भन्नु जस्ता
कुराहरुलाई मनन गर्दा यस्ता परियोजनाले धरान नगरपालिकाको छवि धमिल्याउने र नगरबासीको अहित हुने हुादा यस्ता
परियोजनाबाट धरान नगरपालिकाले हात झिक्नु उपयुक्त हुन्छ । विज्ञप्तीमा भनिएको छ, नेपाल खानेपानी संस्थाले आउादो बर्षदेखि आफ्ना कर्मी कमजोरी हाटाउदै यस क्षेत्रबाट प्राप्त लाभ यसै क्षेत्रमा लगाउन प्रण गर्ने, १०–१२ बर्षे योजनामा अल्मलिनु भन्दा अन्य दीर्घकालीन योजना वा चतराबाट
रु ८०–९० करोडमा पानी ल्याउन सकिन्छ भने योजनालाई कार्यान्वयनका लागि नेपाल सरकारबाट प्राप्त हुने अनुदान प्राप्त गर्न सम्बन्धित निकायहरुको सहयोगमा पहल गर्ने र अपुग रकमका लागि खुल्ला हृदयले आफूले गर्न सक्ने अनि सम्बन्धित अन्य सरोकार पक्षहरुसाग छलफल चलाउनु उपयुक्त हुन्छ ।
यहाा स्मरणीय कुरा के छ भने एडिबीले जुन जुन ठाउामा नेपाल खानेपानी संस्थानका शाखाहरु मुनाफामा छन् त्यही त्यही ठाउामा हात हालेको छ । बुटवलमा अदालतले नै एडिबीका गतिविधि माथि रोक लगाइ दिएको छ । बुटवलका जनतालाई पहिला भ्रममा
राखेर काम गर्न थालेको एडिबीले धारा जडानका समयमा एउटा धारावापत ४० हजार रुपैयाा र पुराना जडान भइसकेका धाराबाट १५ हजार उठाउने घोषणा गरेपछि स्थानीय बासिन्दाले एडिबीका पाइप उखालेर फाल्ने काममात्र गरेनन् अदालतले समेत रोक गाइदियो । हाल बुटवलमा नेपाल खानेपानी संस्थानले २२ करोडको लागतमा झुम्सी खोलाबाट दीर्घकालीन रुपमा पानीको व्यवस्थापन गर्दैछ । काभ्रेमा पनि जनताले एडिबीलाई पानीको मुहान नदिने निर्णय गरिसकेका छन् । वनेमा नगर विकास समितिका अध्यक्ष राजेश श्रेष्ठका अनुसार एडिवी जस्ता व्यापारीलाई जनताले आफै पानीको मुहान नदिने निर्णय गरेका छन् । वनेपमा एडिबी नजाादा जनताले राम्ररी पानी खान पाएका थिए अहिले हाहाकार भएको छ । जनताको निर्णयमा राजनैतिक दलले समेत समर्थन जनाएका छन् । यता धनकुटाको अवस्था पनि यस्तै छ । खानेपानी संस्थानको शाखा कार्यालय नरहेको धनकुटामा धारा जडानवापत ३० हजार र पुरानाले अनिवार्य १५ हजार रुपैया जम्मा गर्नु पर्ने भन्दै बार्डले निर्णय गरेपछि धनकुटाका जनता एडिबीको विरुद्धमा उत्रिन थालेका छन् । एडिबीले सञ्चालन गरेको काठमाण्डौको खानेपानीको अवस्था पनि दुर्दान्त छ । नौ दिनमा एकदिन पानी आउाछ त्यो पनि खान नहुने ढल
मिसिएको । यसभन्दा अगाडि नेपाल खानेपानी संस्थानले पानी वितरण गर्दा प्रत्येक दिन धारामा पानी आउाथ्यो । उता हेर्टौडा र नारायणघाटको अवस्था पनि गए गुज्रिएको छ । कुनै नाटकीय परिवर्तन त्यहाा पनि भएको छैन ।

तपाईको प्रतिक्रिया