संघीय लिम्बुवानले निर्वाचन विथोल्ने

विर्तामोड÷अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान प्रदेश घोषणा गरिनुपर्ने माग
राख्दै एकदशक भन्दा अधिक समयदेखि आन्दोलनमा होमिएको सञ्जुहाङ पालुङ्वाले नेतृत्व गरेको लिम्बुवान पार्टीले स्थानीय निर्वाचन हुन नदिने रणनीति बनाएको छ । संधिानसभाको दोस्रो निर्वाचनमा सहभागी भएको सञ्जुहाङ्ग पालुङ्वाले लिम्बुवान प्रदेशको टुंगो नलगाई निर्वाचन गरिएमा त्यसले लिम्बुवान राज्यको मागलाई ओझेलमा पार्ने जनाएको छ ।
झापाको विर्तामोडमा आइतबार गठन गरिएको संघीय लिम्बुवान महिला परिषद्को केन्द्रीय समितिलाई माटो समाती खुवाइएको सपथग्रहणमा पार्टीले स्थानीय चुनाव हुन नदिने र भाँड्ने रणनीति अपनाएको हो । संघीय लिम्बुवान पार्टीका महासचिव सूर्य माखिमले लिम्बुवानी जनताको मागलाई वेवास्ता गर्नु घातक हुने चेतावनी दिनुभयो । संविधान कार्यान्वयनको नाममा चुनाव गर्न खोज्नुको परिणाम सरकारले लिनुपर्ने बताउनुभयो । नवगठित संघीय लिम्बुवान महिल परिषद्की केन्द्रीय अध्यक्ष दुर्गा सेन्दाङ्गले लिम्बुवानी जनतामाथि राज्यले सदैव ज्यादति गरेको आक्षेप लगाउदै अब राज्यको विभेद चिर्न पनि निर्णायक संघर्षमा जानुको विकल्प नरहेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो अब लिम्बुवानी महिलाहरुलाई सशक्तिकरण गरेर अघि बढ्ने र लिम्बुवान आन्दोलनलाई सफल पार्ने प्रष्ट पार्नुभयो । एक महिना अगाडि अर्थात फागुन ७ र ८ गते भएको अधिवेशनले दुर्गा सेन्दाङ्गको नेतृत्वमा १८ सदस्यीय केन्द्रीय महिला समिति गठन गरेको थियो ।

तपाईको प्रतिक्रिया